अली अस्फाक

अली अस्फाक् (जन्म ६ सेप्टेम्बर १९८५), आदर्श नाम "धगन्डेई " एक माल्दिभ्सका व्यवसायीक फुटबल खेलाडी हुन् । जुन हाल माल्दिभ्सको राष्ट्रिय टिमबाट खेल्दछन् भने माल्दिभ्सको टिसी स्पोर्ट्स क्लबबाट व्यवसायीक फुटबल खेल्ने गर्दछन् । उनी मैदानमा विपक्षी टिम विरूद्व स्ट्राइकर वा अग्रपंक्तिबाट उत्रने गर्दछन् । अली दक्षिण एसियाका एक उत्कृष्ट फुटबल खेलाडीहरू मध्य एक हुन् । वर्तमान समयको दक्षिण एसियाली राष्ट्रहरू अझ साफमा राष्ट्रहरूका उत्कृष्ट फुटबल खेलाडीहरूको सुचिमा अली अस्फाक्को नाम पनि सुनिल क्षेत्री र भाईचुङ् भुटीया]] सँगै आउने गर्दछन्।[१][२] यिनी आफ्नो उत्कृष्ट द्रिब्लीङ्, विपक्षी खेलाडीलाई छक्काउने जस्ता अद्वितीय फुटबल कौशलका कारण अत्याधुनिक दक्षिण एसियामा र एसिया हुदै बाहिर पनि चिर परिचित छन् । उनी एक फ्रिकीकका लागि माहिर खेलाडी हुन्, भने उत्कृष्ट गोल फिनिसिङका लागि पनि प्रसिद्ध खेलाडी हुन् । उनी विपक्षी टिमका डिफेन्डर तथा गोलरक्षकलाई छक्काएर विपक्षी टिमको पोष्ट भित्र गोल गर्न खप्पिस रहेका छन् । उनी माल्दिभ्सको फुटबल इतिहासमा एक उत्कृष्ट खेलाडीहुन् भन्ने तथ्य २०१३ मा उनले गरेको एउटा गोलले प्रमाणित गर्दछ । जुन गोललाई फुटबल इतिहास तथा विववरणहरूको अवलोकन गर्ने अन्तर्राष्ट्रिय फुटबल सङ्घ ले सन् २०१३ सालको दोस्रो सर्वोत्कृष्ट गोलको दर्जा दिएको थियो ।[३][४] उनी २०१४ मा दक्षिण एसियाली उत्कृष्ट खेलाडी समेत घोषीत भएका थिए । उक्त उपाधि eultimategoal.com. द्वारा विरण गरिएको थियो । [५] उनले २०१६ मा माल्दिभ्सको राष्ट्रिय टिमबाट आफ्नो खेल जीवनको ५० अन्तर्राष्ट्रिय गोल पुरा गरेका थिए [६]

अली अस्फाक्
अली अस्फाक्
व्यक्तिगत जानकारी
जन्म मिति (1985-09-06) ६ सेप्टेम्बर १९८५ (उमेर ३८)
जन्म स्थानमनले, माल्दिभ्स
उचाइ१.७८ मी (५ फिट १० इन्च)
खेल्ने स्थान(हरू)अग्रपंक्ति
क्लब जानकारी
वर्तमान टोली
टिसी स्पोर्ट्स क्लब
सङ्ख्या३२
वरिष्ठ करियर*
वर्षटोलीउपस्थिति(गोल)
२००१-२००५क्लब भ्यालेन्सीया१०९(१०४)
२००६-२००७न्यु रादिअन्ट५९(३०)
२००७-२००८DPMM एफसी(२)
२००८-२०११भीबि स्पोर्ट्स क्लब८५(९३)
२०१२-२०१३न्यु रादिअन्ट५१(६६)
२०१४-२०१६PDRM एफए७०(४६)
२०१६माजीया एस&आर१२(८)
२०१७-२०१८न्यु रादिअन्ट३७(३३)
२०१८ –टिसी स्पोर्ट्स क्लब१२(१६)
अन्तर्राष्ट्रिय करियर
२००६-२०१०माल्दिभ्स यु-२३(२०)
२००३-२०१८माल्दिभ्स७८(५२)
सम्मान
 माल्दिभ्स
दक्षिण एसियाली खेलकुद
Third place२०१० बङ्गलादेशयु-२३ टिम
साफ च्याम्पियनसिप
विजेता२००८ माल्दिभ्स तथा श्रीलङ्कासिनियर
उप-विजेता२००९ बङ्गलादेशसिनियर टिम
एएफसी च्यालेन्ज कप
Third place२०१४ माल्दिभ्ससिनियर टिम
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २४ अगस्त २०१७
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १५ नोभेम्बर २०१७

खेल कार्यकाल

अन्तर्राष्ट्रिय जीवन

अली अस्फाक्ले १८ वर्षको उमेरमा २००३ डिसेम्बर महिनामा माल्दिभ्सका तर्फबाट अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका थीए । उनले हाल सम्म माल्दिभ्सका तर्फबाट ७० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । यस्तै माल्दिभ्सका लागि ५० भन्दा बढी अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् । यसोत उनी माल्दिभ्सका राष्ट्र फुटबल टिमका सदावाहार उच्च गोलकर्ताहुन् ।

क्लब जीवन

अली अस्फाक्ले आफ्नो व्यवसायीक फुटबल खेल क्लब भ्यालेन्सीयाबाट गरेका थिए । उनले भ्यालेन्सीयामा लगभग पाँच सिजन विताएका थिए । उनले २००१ मा क्लब भ्यालेन्सीयाबाट डिभेहि लिगका रूपमा आफ्नो व्यवसायीक फुटबल करिअरको पहिलो उपाधि जितेका थिए ।यस्तै गरी उनी २००३, २००४ तथा २००५ गरी तीन वर्ष लगातार माल्दिभ्स फुटबलका उच्च गोलकर्ता भएका थिए । २००६ मा भने उनी न्यु रादिअन्ट क्लबमा गए । त्यस क्लबमा पनि उनले आफ्नो उत्कृष्ट प्रदर्शनी गर्द‌ माल्दिभ्स फुटबलमा सनसनी मच्चाउन सफल रहे । त्यहा उनले अनेक फुटबल उपाधिहरू जिते । यस्तै २००७ मा अस्फाक् हेभेरू उत्कृष्ट खेलाडी भएका थिए ।

जितेका उपाधिहरू

पुरस्कार तथा सम्मान

फुटबल बाहिर

सन्दर्भ सामाग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड