आश अल मलिक
आश अल मलिक (अरबी: النشيد الوطني السعودي अन-नासिद अल-वतनी अस्-साउदी), एसियाली राष्ट्र साउदी अरबको राष्ट्रिय गान हो। यसलाई पहिलो पटक सन् १९५० मा शब्द बिना औपचारिक रूपमा अपनाइएको थियो। साउदी अरबका राजा अब्दुलाजिज मिश्रमा गएको बेलामा उक्त धुनलाई तत्कालीन मिश्रका राजा फारूकले उपहार दिएका थिए।[१] त्यसपछि यसलाई सन् १९८४ मा पुनः इब्राहिम अल खाफाजीले लेखेका गीतहरूको साथ अपनाइएको थियो। यसको मूल रचना सन् १९४७ मा अब्दुल रहमान अल खतिबद्वारा गरिएको थियो र यसको धुन संस्करणलाई पछि सिरज उमरले मिलाएमा थिए।[२][३][४]
साउदी अरबको राष्ट्रिय गान | |
लेखक | इब्राहिम अल खाफाजी, सन् १९८४ |
---|---|
सङ्गीत | अब्दुल रहमान अल खतिब, सन् १९४७ |
लागू | सन् १९५०, सन् १९८४ |
सङ्गीत नमूना | |
इतिहास
सन् १९४७, साउदी अरबमा राष्ट्रिय गान नभएकाले, राजा अब्दुलाजिज मिश्रमा गएका थिए र मिश्री सङ्गीतकार अब्दुल रहमान अल खतिबलाई राष्ट्रिय गान बनाउन आग्रह गरेका थिए र यसरी "आश अल मलिक"को सृजना भएको थियो। यो धुन एक अरबी शैलीमा आधारित छ, र क्षेत्रमा अन्य अरब राज्यहरूको राष्ट्रिय गानसँग मिल्दोजुल्दो पनि रहेको छ। सन् १९५८ मा, मोहम्मद तलातले पहिलो पटक गीत लेखेका थिए जुन प्रायः सुनिएको थिएन, त्यसैले राजा फाहादले सन् १९८४ मा कवि इब्राहिम खफाजीलाई गीतहरूको नयाँ सङ्गालो ल्याउन आग्रह गरेका थिए जुन गीत ६ महिना भित्रमा २९ जून १९८४ पूरा भएको थियो।[४] हालसम्म पनि खफजाको गीतहरू आधिकारिक रूपमा प्रयोग गरिन्छ।[२] साउदी अरबका नागरिकहरूले सन् १९८४ को इद उल फितरको उत्सवको क्रममा पहिलो पटक उनीहरूको राष्ट्रिय गान सुनेका थिए।[४] पहिलो पटक सार्वजनिक गरिएको राष्ट्रिय गानलाई राज्यका प्रमुख रेडियो तथा दूरदर्शनले त्यस दिन उनीहरूको कार्यक्रमको आरम्भमा प्रसारण गरेका थिए।[१]
अवलोकन
आश अल मलिक" लाई साउदी अरबका नागरिकहरूले "राष्ट्रिय गान " (النشيد الوطني) वा ले आलम वाल वातन ) भनेर चिन्छन्। यद्यपि यसलाई प्राय: जसो यसको पहिलो शब्द (سارعي) वा स्याररी भनेर चिनिन्छ। गीतले देशलाई महानतामा हतार गर्न, झण्डा उठाउन, भगवानको महिमा गर्न, र साउदी अरबका राजालाई लामो आयु प्रदान गर्न आग्रह गर्दछ। यसको धुन समेटिएको संस्करणलाई "शाही सलाम" (السلام الملكي) (आश सलाम अल मलिक) पनि भनिन्छ जुन यो शाही परिवारका वरिष्ठ सदस्य र कूटनीतिक व्यक्तित्वहरूलाई अभिवादन गर्दा बजाउने समारोहको नाम पनि हो।[१]
शब्द
अरबी | अरबी उच्चारण | नेपाली अनुवाद |
---|---|---|
سارعيللمجد والعلياء |
|
सन्दर्भ सामग्रीहरू
बाह्य कडीहरू
- जानकारी र गीतको साथ साउदी अरबको राष्ट्रिय गानको श्रव्य
- वासिङ्टन डिसीमा साउदी अरबको शाही दूतावास मा एक श्रव्य पृष्ठ छ जसमा यसको धुन र गीति संस्करणहरूमा समावेश छ]
- राष्ट्रिय गानको जानकारी