उमाशंकर अरगरिया

उमाशंकर अरगरिया एक नेपाली राजनीतिज्ञ हुन्। उनी वि.सं. २०७८ असार १० मा संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रीको रूपमा नेपालको इतिहासमा सबैभन्दा छोटो कार्यकाल, १८ दिनको लागि नेपाल सरकारको मन्त्रीको रूपमा सेवा गरेका थिए। नेपालको सर्वोच्च अदालतले वि.सं. २०७८ असार २८ मा गरेको निर्णयको आधारमा उनलाई पदबाट हटाइएको थियो।[२] उनी प्रतिनिधि सभा निर्वाचन, २०७४ मा तत्कालीन सङ्घीय समाजवादी फोरमको उम्मेदवारको रूपमा धनुषा २ निर्वाचन क्षेत्रबाट विजयी भएर नेपालको पहिलो सङ्घीय संसदको सदस्य बनेका थिए।[३] वि.सं. २०७९ को प्रतिनिधि सभाको निर्वाचन नजिकिदै गर्दा उनले जनता समाजवादी पार्टी छोडेर नेकपा (एमाले) प्रवेश गरेर प्रतिनिधि सभा निर्वाचन लडेका थिए।

उमाशंकर अरगरिया
संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री
कार्यकाल
वि.सं. २०७८ असार १० – वि.सं. २०७८ असार २८
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीकेपी शर्मा ओली
पूर्वाधिकारीभानुभक्त ढकाल
उतराधिकारीलिलानाथ श्रेष्ठ
प्रतिनिधि सभा सदस्य
कार्यकाल
वि.सं. २०७४ फागुन २० – वि.सं. २०७९ असोज २
पूर्वाधिकारीरामकृष्ण यादव
उतराधिकारीरामकृष्ण यादव
निर्वाचन क्षेत्रधनुषा २
व्यक्तिगत विवरण
जन्म (1977-10-13) १३ अक्टोबर १९७७ (उमेर ४६)[१]
धनुषा जिल्ला
राष्ट्रियतानेपाली
राजनीतिक दलनेकपा (एमाले) (वि.सं. २०७९–वर्तमान)
अन्य राजनीतिक
संलग्नता
जीवन साथीनिलम देवी अरगरिया
सन्तान(हरू)
अभिभावकs
  • राजाराम अरगरिया (पिता)
  • इश्वरी देवी (आमा)

राजनीतिक जीवन

उनका बुबा नेपाली कांग्रेसका सक्रिय सदस्य थिए जसकारण अगरिया पनि वि.सं. २०६४ सम्म नेपाली कांग्रेसको क्रियाशील सदस्य थिए। नेपाली कांग्रेसका तत्कालीन उपसभापति विजयकुमार गच्छदारउपेन्द्र यादवको नेतृत्वमा मधेशी जनअधिकार फोरम, नेपाल नामक राजनीतक दल गठन भएपछि उनी सो राजनीतिक दलसँग आवद्ध भएका थिए। वि.सं. २०६६ मा पार्टी फुटेपछि उनी विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) मा सदस्यता लिएका थिए। वि.सं. २०७४ मा पार्टी एकीकरण हुँदै नेपाल लोकतान्त्रिक फोरम गठन गरी अन्त्यमा नेपाली कांग्रेसमा विलय भएको थियो।[४]

निर्वाचन इतिहास

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड