लिलानाथ श्रेष्ठ

नेपालका राजनीतिज्ञ

लिलानाथ श्रेष्ठ एक नेपाली राजनीतिज्ञ, पूर्व मन्त्री र सङ्घीय संसद प्रतिनिधि सभाका सदस्य हुन्।[२] उनी पूर्व कानून, न्याय तथा संसदीय मामिला मन्त्री हुनुका साथै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पनि थिए। विद्यार्थीका रूपमा राजनीतिमा लागेका उनी सिरहा जिल्लाका प्रमुख कम्युनिष्ट राजनीतिज्ञ बनेका छन् । वि.सं. २०७० को संविधानसभा निर्वाचनमा पराजित भएता पनि उनले वि.सं. २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सिराहा ३ निर्वाचन क्षेत्रबाट विजयी हुँदै संसद भवनसम्मको यात्रा तय गरेका थिए।

लिलानाथ श्रेष्ठ
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
कार्यकाल
२०७७ पुष १० – २०७८ असार २८
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीकेपी ओली
पूर्वाधिकारीशिवमाया तुम्बाहाम्फे
उतराधिकारीज्ञानेन्द्रबहादुर कार्की
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
कार्यकाल
२०७८ असार १० – २०७८ असार २८
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीकेपी ओली
पूर्वाधिकारीLaxman Lal Karna
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
कार्यकाल
२०७८ असार १० – २०७८ असार २८
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीकेपी ओली
पूर्वाधिकारीUma Shankar Aragriya
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
कार्यकाल
२०७८ असार १० – २०७८ असार २८
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीकेपी ओली
पूर्वाधिकारीगणेशकुमार पहाडी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
कार्यकाल
२०७७ असोज २८ – २०७७ पुष १०
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीकेपी ओली
पूर्वाधिकारीParbat Gurung
उतराधिकारीजुली कुमारी महतो
कार्यकाल
२०७८ असार १० – २०७८ असार २८
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीकेपी ओली
पूर्वाधिकारीजुली कुमारी महतो
उतराधिकारीउमा रेग्मी
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०७४ फागुन २०
पूर्वाधिकारीसीतादेवी यादव
निर्वाचन क्षेत्रसिराहा ३
व्यक्तिगत विवरण
जन्म२०१८ माघ १५[१]
राष्ट्रियताNepali
राजनीतिक दलनेकपा एमाले

जीवनी

श्रेष्ठको जन्म सन् १९६२ जनवरी २८ मा सिराहाको चन्द्रलालपुरमा जीतबहादुर र धनमाया श्रेष्ठको घरमा भएको थियो। उनले कानून विषयमा स्नातक गरेका छन्। उनको दुई छोरा र एक छोरी छन्।[३]

राजनीतिक जीवन

उनी सन् १९८० मा विद्यार्थीको रूपमा राजनीतिमा प्रवेश गरेका थिए। उनी नेकपा माले, अनेरास्ववियु विद्यार्थी सङ्गठनको सदस्य र पछि नेकपा (एमाले) युवा सङ्गठनको प्रमुख सदस्य बनेका थिए।[३] उनी सिरहा जिल्लामा नेकपा एमालेको लामो अनुभव बोकेका स्थायी नेता हुन्।[३] सन् २०१८ मा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को एकतापछि उनलाई नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सिरहाको ‘जिल्ला इन्चार्ज’ नियुक्त गरिएको थियो।[४]

निर्वाचन इतिहास

उनी वि.सं. २०७० को संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट दोस्रो संविधानसभाको उम्मेदवार भए पनि नेकपा (माओवादी) पार्टीका अध्यक्ष प्रचण्डसँग पराजित भएका थिए।[३]

वि.सं. २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सिराहा ३ निर्वाचन क्षेत्रबाट उनी पहिलो पटक प्रतिनिधिसभामा निर्वाचित भएका थिए।[५] उनी वाम गठबन्धनको नेकपा एमालेको प्रतिनिधित्व गर्दै सिराहा ३ निर्वाचन क्षेत्रबाट निर्वाचित भएका हुन्। उनले सो निर्वाचनमा २३,२७२ मत ल्याएका थिए भने उनको निकटतम प्रतिद्वन्द्वी अश्वेश्वर यादवले २१,२२० मत प्राप्त गरेका थिए।[६]

निर्वाचनवर्षनिर्वाचन क्षेत्रनतिजामतराजनीतिक दलस्रोत
संविधानसभा निर्वाचन २०७०वि.सं. २०७०सिरहा ५पराजित१४,३२३नेकपा एमाले[७][८]
प्रतिनिधिसभा निर्वाचन, २०७४वि.सं. २०७४सिराहा ३विजयी२३,२७२नेकपा एमाले[९]
प्रतिनिधिसभा निर्वाचन २०७९वि.सं. २०७९सिराहा ३विजयी२८,०६४नेपाल कम्युनिष्ट पार्टी (एमाले)[१०]

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड