उष्णदेशीय चक्रवात

गर्मिदेशहरूमा आऊने चक्रवातहरू-मोहन पुडासैनि

उष्णदेशीय चक्रावत एक उच्च गतिमा घुमीरहेको हुणडरी प्रणाली हो । निम्न चाप युक्त केन्द्र, प्रवल हुरी, उच्च वर्षा निम्त्याउने बिजुली र वज्रध्वनि सहितको आँधी यो प्रणालीका विशेषताहरू हुन । यी उष्ण प्रदेशीय चक्रावत हरू अक्कर तुलनात्मक रूपमा तातो पानीको ठूलो भागमा उत्पति हुने गर्छन् । यी प्रणालीहरूको उर्जाको स्रोत समुन्द्र सतहबाट हुने पानीको वाष्पिकरण हो । यसरी वाष्पिकरण पछि बनेको जलवाष्प वायुमणडलको माथिल्लो भागमा पुगेर चिसो हुन्छ र अन्तत पूर्ण संतृप्ति को अवस्था सृजना भए पछि पुन संघनन भई पानीमा परिवर्तीत हुन्छ । यो उर्जाको स्रोत उष्णदेशीय बाहेकका अन्य प्रदेशीय हुणडरी प्रणालीहरु, मध्य-अक्षांशीय चक्रावत भन्दा फरक छ । मध्य-अक्षांशीय चक्रावतहरु जस्तै उत्तर-पूर्वी हुणडरीयूरोपेली हिमहुरी हरूको उर्जाको स्रोत भने समतलीय तापक्रम विभेद हो । उष्ण प्रदेशीय चक्रावत प्रणालीमा हुने प्रवल चक्रीय हुरीको कारण चाहिँ जव हावा पृथ्वीको अक्षको भित्री भाग पटि बहन थाल्छ, पृथ्वीको चक्रीय गतिको कारण (आंशिक)कोणीय संवेगको संरक्षण सिद्धान्त लागू हुन्छ र यो चक्रवती वायू प्रणालीको सिर्जना हुन्छ । त्यसैले उष्णदेशीय चक्रावतहरु भूमध्य रेखाको ५ डिग्री भित्रको पट्टी मा बिरलै मात्र सृजना हुन्छन । [१] उष्णदेशीय चक्रावत हरूको व्यास सामान्यत १०० र ४००० किमी (६२ र २५०० मील) को बिचमा हुने गर्छ ।

हरिकेन ईसावेलअन्तराष्ट्रीय अन्तरिक्ष स्टेशन को कक्षबाट सन् २००३ को सातौँ अभियान ताका देखिएको दृष्य । . चक्रावतको आँखा, आँखाको भित्तो र वरिपरिको वर्षा पट्टी । उष्णदेशीय चक्रावतका गुणहरु अन्तरिक्षबाट स्पष्टरूपमा देखिएका छन ।

सन्दर्भ सामग्री

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड