कालिकोट जिल्ला

कालिकोट जिल्ला नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। वि.सं. २०४० मा जिल्ला सदरमुकाम मान्मबाट माथी लेकको चुचुरो खांडाचक्रमा सारियो । जिल्लाको नामाकरण सन्दर्भमा विभिन्न भनाई भएतापनि कालीकोट जिल्लाको मुग्राहा गाविसको कालीका गाँउमा अवस्थित रहेको कालीदेवीको मन्दिर (माडु)बाट नै यस जिल्लाको नाम कालीकोट रहन गएको हो भन्ने जनधारणा रहेको पाइन्छ ।[१]

कालीकोट जिल्ला
कालिकोट जिल्लामा रहेको कर्णाली नदी
कालिकोट जिल्लामा रहेको कर्णाली नदी
कर्णाली प्रदेशमा कालिकोट जिल्लाको (गाढा पहेँलो) स्थानको अवस्थिति
कर्णाली प्रदेशमा कालिकोट जिल्लाको (गाढा पहेँलो) स्थान
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
सदरमुकाममान्मा (खाँडाचक्र नगरपालिका)
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिल्ला समन्वय समिति, कालिकोट
क्षेत्रफल
 • जम्मा१,७४१ किमी (६७२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१३६९४८
 • घनत्व७९/किमी (२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
भाषाहरूनेपाली
वेबसाइटआधिकारिक वेबसाइट

नामाकरण

कालिकोट जिल्लाकोको नामाकरण सम्बन्धी निम्न किँवदन्तिहरू पाइएका छन् :- १-मुग्राहाँ गा.वि.स.को कालिका गाउमा अवस्थीत रहेको कालिकादेवीको मन्दिर (मांडु)बाट नै यस जिल्लाको नाम कालिकोट रहन गएको २-कालिकोट जिल्लाको "कालिकोट" भन्ने गाउँको नामबाट तत्कालिन रा.पं.स. धर्म दत्त संज्यालले यो जिल्लाको नामाकरण गरेका थिए ।[१]

प्रशासनिक विभाजन

जिल्लामा ९ स्थानीय तहहरू छन्, जसमध्ये ३ नगरपालिका र ६ गाउँपालिका छन्।[२]

कालिकोट जिल्लाका स्थानीय तहहरू
स्थानीय तहवडा सङ्ख्याकेन्द्रजनसङ्ख्या
खाँडाचक्र नगरपालिका११मान्म२०,२८८
रास्कोट नगरपालिकाकालिकोट१६,२७२
तिलागुफा नगरपालिका११गजले१५,७६६
पचालझरना गाउँपालिकापडेक्षा१२,३४३
सान्नी त्रिवेणी गाउँपालिकामेहलमुडी१२,८४६
नरहरिनाथ गाउँपालिकाकुमालगाउँ२४,१८२
शुभकालिका गाउँपालिकासुकाटियाँ१७,९२०
महावै गाउँपालिकापाद्मघाट८,३२३
पलाँता गाउँपालिकापलाँता२४,१८२

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड