कोशी प्रदेश सभा

कोशी प्रदेश सभा कोशीको एकसदनात्मक प्रदेश सरकार र कानून निर्माण गर्ने निकाय हो। नेपालको सात प्रदेशमध्ये एक कोशी प्रदेशको प्रादेशिक राजधानी मोरङ जिल्लाको विराटनगरमा रहेको छ[१]। कोशी प्रदेश सभामा ९३ जना सदस्य रहेका छन् जसध्ये ५६ जना पहिलो पटक मतदान मार्फत निर्वाचित हुन्छन् भने ३७ जना समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित हुने गर्छन्। यो सभाको अवधि पाँच वर्षको हुने गर्छ।[२]

कोशी प्रदेश प्रदेश सभा
दोस्रो कोशी प्रदेश प्रदेश सभा
प्रकार
प्रकारएकसदनात्मक
इतिहास
स्थापित२०७४
नयाँ कार्यकालको सुरुवात
२०७४ फागुन ६
नेतृत्वकर्ता
खाली
पदासीन: २०७४ माघ २८
उपसभामुख
सृजना दनुवार, एमाले
पदासीन: २०७४ फागुन ३
नेतृत्व
(मुख्यमन्त्री)
केदार कार्की, नेपाल कम्युनिस्ट पार्टी (एमाले
पदासीन: २०७९ पौष २५
प्रतिपक्ष दलको नेता
भीम आचार्य, एमाले
पदासीन: २०७८ कात्तिक १६
संरचना
राजनीतिक दल
सरकार (५०)

प्रतिपक्ष (३९)

अन्य प्रतिपक्ष (१)

खाली (२)
कार्यकाल अवधि
५ वर्ष
निर्वाचन
समानान्तर मतदान:
अघिल्लो निर्वाचन
२०७४
पछिल्लो निर्वाचन
२०७४ मङ्सिर १० र मङ्सिर २१
आउने निर्वाचन
२०७९
बैठक स्थल
जिल्ला समन्वय समितिको कार्यालय, विराटनगर, मोरङ
वेबसाइट
assembly.p1.gov.np
संविधान
नेपालको संविधान २०७२

इतिहास

नेपालको संविधान बमोजिम वि.सं. २०७४ मा प्रदेश सभाको स्थापना भएको थियो। प्रदेश सभाको पहिलो निर्वाचन वि.सं. २०७४ मा भएको थियो। निर्वाचनमा नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)ले बहुमत प्राप्त गरेको थियो। कोशी प्रदेश सभाको उद्घाटन वि.सं. २०७४ माघ २२ गते भएको थियो। नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)बाट प्रदीपकुमार भण्डारी पहिलो सभामुख बनेका थिए भने एमालेबाटै शेरधन राई मुख्यमन्त्रीमा निर्वाचित भएका थिए।

यस प्रदेशको पूर्व नाम प्रदेश नं. १ रहेको थियो। वि.सं. २०७४ माघ ४ गते नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले विराटनगरलाई प्रदेशको अस्थायी राजधानीको रूपमा कायम गरेको थियो।[३] वि.सं. २०७६ बैशाख २३ गते प्रदेश सभा बैठकले प्रदेशको स्थायी राजधानी विराटनगरलाई तोक्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको थियो।[४] यसै प्रकार वि.सं. २०७९ फागुन १७ गते दोस्रो कोशी प्रदेश सभा बैठकले प्रदेशको नाम कोशी प्रदेश पारित गरेको थियो।[४]

सभाहरूको सूची

निर्वाचन वर्षसभाकार्यकाल सुरुवातकार्यकाल समाप्तसभामुखमुख्यमन्त्रीदल
२०७४पहिलो सभावि.सं. २०७४ माघ २२वि.सं. २०७९प्रदीपकुमार भण्डारीशेरधन राई
(मन्त्रिपरिषद्)
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
भीम आचार्य
(मन्त्रिपरिषद्)
राजेन्द्रकुमार राई
(मन्त्रिपरिषद्)
नेकपा (एकीकृत समाजवादी)
२०७९दोस्रो सभावि.सं. २०७९ मङ्सिर ४वि.सं. २०८४बाबुराम गौतमहिक्मतकुमार कार्की
(मन्त्रिपरिषद्)
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)

समितिहरू

नेपालको संविधानको धारा १९५ मा प्रदेश सभाहरूलाई कार्यसञ्चालन कार्यविधिको व्यवस्था गर्न विशेष समितिहरू गठन गर्ने अधिकार प्रदान गरिएको छ।

क्र.संसमिति
न्याय, प्रशासन र कानून
सुशासन र योजना
वित्त
सार्वजनिक लेखा
सामाजिक विकास
उद्योग, पर्यटन र वातावरण
प्राकृतिक स्रोत र पूर्वाधार विकास

वर्तमान संरचना

राजनीतिक दलसंसदीय दलको नेतासिट[५]
नेकपा (एकीकृतक मार्क्सवादी–लेनिनवादी)हिक्मतकुमार कार्की४०
नेपाली कांग्रेसउद्दव थापा२९
नेकपा (माओवादी केन्द्र)इन्द्रबहादुर आङ्बो१३
राष्ट्रिय प्रजातन्त्र पार्टीभक्तिप्रसाद सिटौला
नेकपा (एकीकृत समाजवादी)
सङ्घीय समाजवादी पार्टी
जम्मा९३

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड