गण्डकी प्रदेश सभा

गण्डकी प्रदेश सभा गण्डकी प्रदेशको एकसदनात्मक प्रदेश सरकार र कानून निर्माण गर्ने निकाय हो। नेपालको सात प्रदेशमध्ये एक गण्डकी प्रदेशको प्रादेशिक राजधानी कास्की जिल्लाको पोखरामा रहेको छ।[५] प्रादेशिक सभामा ६० जना विधायक सदस्यहरू छन् जसमध्ये ३६ जना पहिलो पटक मतदान मार्फत निर्वाचित हुन्छन् भने २४ जना समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित हुने गर्छन्। यो सभाको अवधि पाँच वर्षको हुने गर्छ।[६]

गण्डकी प्रदेश सभा
दोस्रो गण्डकी प्रदेेश सभा
प्रकार
प्रकारगण्डकी प्रदेशको एकसदनात्मक व्यवस्थापिका
इतिहास
नयाँ कार्यकालको सुरुवात
वि.सं. २०७९ पुस १८
नेतृत्वकर्ता
सभामुख
कृष्णप्रसाद धिताल[१], माके
पदासीन: वि.सं. २०७९ पुस ३०
उपसभामुख
बिना कुमारी थापा[२], एमाले
पदासीन: वि.सं. २०७९ माघ २
मुख्यमन्त्री
खगराज अधिकारी, एमाले
पदासीन: वि.सं. २०७९ पुस २५[४]
प्रतिपक्ष दलको नेता
सुरेन्द्र पाण्डे[३], नेका
पदासीन: वि.सं. २०७९ पुस २५
संरचना
राजनीतिक दल
सरकार (३३)

प्रतिपक्ष (२७)

कार्यकाल अवधि
५ वर्ष
निर्वाचन
समानान्तर प्रणाली:
पछिल्लो निर्वाचन
२०७९
आउने निर्वाचन
२०८४
बैठक स्थल
सहरी विकास प्रशिक्षण केन्द्र, पोखरा, कास्की
वेबसाइट
pradeshsabha.gandaki.gov.np
संविधान
नेपालको संविधान

इतिहास

गण्डकी प्रदेश सभा नेपालको संविधान २०७२ को धारा १७५ बमोजिम गठन भएको थियो। उक्त व्यवस्थाले मुलुकका प्रत्येक प्रदेशका लागि प्रादेशिक संसदको प्रत्याभूति गरेको छ। वि.सं. २०७४ सालमा गण्डकी प्रदेशको प्रदेश सभा निर्वाचन तर्फको ६० सिटका लागि सम्पन्न भएको थियो।[७] यस चुनावको परिणामस्वरूप नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गठबन्धनको विजय भएको थियो। वि.सं. २०७५ जेठ ३ मा यी दुई राजनीतिक दलहरू एकआपसमा गाभिएर नेपाल कम्युनिस्ट पार्टीको गठन भएको थियो जसको कारण यसले अत्याधिक बहुमत प्राप्त गरेको थियो।[८] पछि नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट पृथ्वी सुब्बा गुरूङको नेतृत्वमा गठबन्धन सरकारको गठन भएको थियो। नेकपा माओवादीका नेत्रनाथ अधिकारी[९] प्रदेश सभाका प्रथम सभामुख निर्वाचित भएका थिए भने प्रथम उप-सभामुख एमालेकी सृजना शर्मा थिइन्।[१०]

सभाहरूको सूची

निर्वाचन वर्षसभाकार्यकाल सुरुवातकार्यकाल अन्त्यसभामुखमुख्यमन्त्रीराजनीतिक दल
२०७४पहिलो सभावि.सं. २०७४ माघ १८वि.सं. २०७९ असोज १नेत्रनाथ अधिकारी[११]पृथ्वीसुब्बा गुरुङ[१२](मन्त्रिपरिषद्)नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
कृष्णचन्द्र नेपाली पोखरेल(मन्त्रिपरिषद्)नेपाली कांग्रेस
२०७९दोस्रो सभावि.सं. २०७९ पुस १८पदासीनकृष्णप्रसाद धितालखगराज अधिकारी('मन्त्रिपरिषद्')नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)

समितिहरू

नेपालको संविधानको धारा १९५ मा प्रदेश सभाहरूलाई कार्यसञ्चालन कार्यविधिको व्यवस्था गर्न विशेष समितिहरू गठन गर्ने अधिकार प्रदान गरिएको छ।

क्र.संसमितिसदस्यता
कार्य व्यवस्था परामर्श११
व्यवस्थापिका१३
सार्वजनिक खाता१३
वित्त र विकास१४
प्रदेश मामिला११

हालको संरचना

राजनीतिक दलसंसदीय दलको नेतासिट[१३]
नेपाली कांग्रेससुरेन्द्रराज पाण्डे२७
नेपाल कम्युनिस्ट पार्टी (एमाले)खगराज अधिकारी२२
नेपाल कम्युनिस्ट पार्टी (माके)हरिबहादुर चुमान
राष्ट्रिय प्रजातंत्र पार्टी
नेपाल कम्युनिस्ट पार्टी (एस)
जम्मा६०

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड