गौरादह नगरपालिका

गौरादह नेपालको मेची अञ्चलको झापा जिल्लाको एक नगरपालिका हो।[१] गौरादह दमक नगरपालिका र गौरीगन्जको मध्यभागमा रहेको छ। यो नगरपालिका झापा क्षेत्र नम्बर ६ मा पर्छ। गौरादह जानलाई दमकबाट २ कि.मि.पुर्ब पडाजुगीबाट १० कि.मि. दक्षिण जानु पर्छ। गौरादह बजारमा सुन्दर पोखरीहरू रहेका छन।[१] स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा झापा जिल्लामा महारानीझोडा, जुरोपानी, कोहवरा, बैगुन्धुरा र साबिकको गौरादह गरी यी ५ गाउँ विकास समितिहरूलाई समेटेर गौरादह नगरपालिका घोषणा गरिएको हो।[२] गौरादह नगरपालिकाको केन्द्र भने साबिक गौरादह गाउँ विकास समितिको धोबिनिया चोक नजिक वडा नं ४ र ७ को बिचमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४६० वटा गाउँपालिका कायम भएका छन्।[१]

गौरादह नगरपालिका
देश नेपाल
विकास क्षेत्रपूर्वाञ्चल
अञ्चलमेची अञ्चल
जिल्लाझापा जिल्ला
स्थापना२०७२ आस्विन १
सरकार
 • मेयरछत्रपती सुबेडी
 • उप मेयरजल वर्षा राजबन्शी
क्षेत्रफल
 • जम्मा१४९.८६ किमी (५७.८६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४७,३९३
 • घनत्व३२०/किमी (८२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२३
वेबसाइटgauradahamun.gov.np

जनसङ्ख्या

महारानीझोडा, जुरोपानी, कोहवरा, बैगुन्धुरा र साबिकको गौरादह गरी यी ५ गाउँ विकास समितिहरूलाई मिलाएर गौरादह नगरपालिका बनाइएको हो।[३] त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ५ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर गौरादह नगरपालिकाको जनसङ्ख्या ६०,४५१[४] रहेको छ।[५]

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्


🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड