नेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८

राष्ट्रिय जनगणना २०६८ नेपालमा गरिएको एघारौँ जनगणना हो। यस जनगणनाले देशव्यापी रूपमा तथ्याङ्क सङ्कलन गरेको थियो। राष्ट्रिय जनगणनाको अन्तिम प्रतिवेदन अनुसार नेपालको जनसङ्ख्या २ करोड ६४ लाख ९४ हजार पाँच सय चार पुगेको छ[२]

एघारौँ राष्ट्रिय जनगणना
२०६८

← २०५८वि.सं. २०६८२०७८ →

सामान्य जानकारी
देशनेपाल
परिणाम
कुल जनसङ्ख्या२,६४,९४,५०४ (वृद्धि १.३५%[१])
अधिकांश जनसङ्ख्या भएको ​विकास क्षेत्रमध्यमाञ्चल (९६,५६,९८५)
न्युनतम जनसङ्ख्या भएको ​विकास क्षेत्रसुदूर-पश्चिमाञ्चल (२५,५२,२१७)

केन्द्रीय तथ्यांक विभागले प्रकाशित गरेको राष्ट्रिय जनगणना २०६८ को प्रारम्भिक नतिजा अनुसार नेपालको जनसङ्ख्या २,६६,२०,८०९ जना पुगेको देखिन्छ, जुन दश वर्षअघि (२०५८ साल) को जनसङ्ख्या २,३१,५१,४२३ को तुलनामा ३४,६९,३८६ ले बढी देखिन्छ। यसरी दश वर्षमा नेपालको जनसङ्ख्या १४.९९ प्रतिशत बढेको देखिन्छ। विगत दश वर्षको सरदर बार्षिक वृद्धिदर (Exponential Growth) १.४० प्रतिशत देखिन्छ। वि.सं. २०४८ देखि २०५८ सम्मको दश वर्षमा सरदर वार्षिक जनसङ्ख्या वृद्धिदर २.२५ प्रतिशत रहेको थियो।[३]

राष्ट्रिय जनगणना २०६८ को प्रारम्भिक नतिजामा जम्माजम्मी ४७,६७,१९६ वटा घर/भवन वा आवासीय संरचनाहरू देखिएका छन्। ती घर वा आवासीय संरचनामा जम्माजम्मी ५६,५९,९८४ परिवार बसोबास गरेका देखिन्छन्। दश वर्षअघिको परिवार सङ्ख्या ४२,५३,२२० थियो। यसप्रकार विगत १० वर्षमा कुल १४,०६,७६४ परिवार थप भएको देखिन्छ। २०६८ सालमा परिवार र घरको अनुपात १:१.१९ रहेको छ; जसको अर्थ प्रत्येक १०० वटा घर/भवन वा आवासीय संरचनामा औसतमा ११९ परिवारहरू बसोबास गर्दछन्। जनगणना २०६८ को अन्तिम नतिजा अनुसार नेपालको कुल जनसङ्ख्या २,६४,९४,५०४ पुगेको छ।

वि.सं. २०६८ (सन् २०११) सालको नेपालको जनगणनाको अन्तिम नतिजाको संक्षिप्त विवरण[४]

  • कुल जनसङ्ख्या: २,६४,९४,५०४
  • पुरुष:४८.५० प्रतिशत(१,२८,४९,०४१)
  • महिला: ५१.५० प्रतिशत(१,३६,४५,४६३)
  • लैंगिक अनुपात: ९४.१६
  • जनघनत्व:१८० प्रतिवर्ग किलोमिटर
  • परिवार संख्या: ५४,२७,३०२
  • पूर्वाञ्चलको जनसङ्ख्या: ५८,११,५५५(२१.९३)
  • मध्यमाञ्चलको जनसङ्ख्या: ९६,५६,९८५(३६.४५)
  • पश्चिमाञ्चलको जनसङ्ख्या: ४९,२६,७६५(१८.६०)
  • मध्यपश्चिमाञ्चलको जनसङ्ख्या: ३५,४६,९८५(१३.३९)
  • सुदूरपश्चिमाञ्चलको जनसङ्ख्या: २५,५२,५१७(९.६३)

नेपालका जात/जातिहरू

क्रमाङ्कजात/जातिहरू (राष्ट्रिय जनगणना २०६८)जनसङ्ख्याप्रतिशत
क्षत्री४,३९८,०५३१६.६०%
पहाडी ब्राह्मण/बाहुन३,२२६,९०३१२.१८%
मगर१,८८७,७३३७.१२%
थारु१,७३७,४७०६.५६%
तामाङ१,५३९,८३०५.८१%
नेवार१,३२१,९३३४.९९%
कामी१,२५८,५५४४.७५%
मुस्लिम१,१६४,२५५४.३९%
यादव१,०५४,४५८३.९८%
१०राइ६२०,००४२.३४%
११गुरुङ५२२,६४११.९७%
१२दमाई/ढोली४७२,८६२१.७८%
१३ठकुरी४२५,६२३१.६१%
१४लिम्बु३८७,३००१.४६%
१५सार्की३७४,८१६१.४१%
१६तेली३६९,६८८१.४०%
१७चमार/हरिजन/राम३३५,८९३१.२७%
१८कोइरी/कुशवाहा३०६,३९३१.१६%
१९मुसहर२३४,४९००.८९%
२०कुर्मी२३१,१२९०.८७%
२१सन्यासी/दसनामी२२७,८२२०.८६%
२२धानुक२१९,८०८०.८३%
२३दुसाध/पासवान/पासी२०८,९१००.७९%
२४राउटे६१८०.००%
२५नुराङ२७८०.००%
२६कुसुन्डा२७३०.००%
-अन्य२८२,३२११.०७%
-जम्मा२६,४९४,५०४१००.००%

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड