घनश्याम भुसाल

नेपालका राजनीतिज्ञ

घनश्याम भुसाल (जन्म: सेप्टेम्बर ११, १९६१ ) नेपाली राजनीतिज्ञ र नेपाल सरकारको पूर्व मन्त्री हुन्। उनी वि.सं. २०७४ को प्रतिनिधि सभा निर्वाचनमा लुम्बिनी प्रदेशको रुपन्देही ३ निर्वाचन क्षेत्रबाट निर्वाचित भएर प्रतिनिधिसभाको सदस्य भएका थिए।[२][३]

घनश्याम भुसाल
कृषि तथा पशुपंक्षी विकास मन्त्री
कार्यकाल
सन् २०१९ नोभेम्बर २१ – सन् २०२० डिसेम्बर २०
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीकेपी ओली
प्रतिनिधि सभा सदस्य
पद बहाली
सन् २०१८ मार्च ४
पूर्वाधिकारीबालकृष्ण खाँड
निर्वाचन क्षेत्ररुपन्देही ३
कार्यकाल
सन् १९९७ – सन् १९९९ मे
पूर्वाधिकारीधनपति उपाध्याय
उतराधिकारीरामकृष्ण ताम्राकार
निर्वाचन क्षेत्ररुपन्देही २
व्यक्तिगत विवरण
जन्म (1961-09-11) ११ सेप्टेम्बर १९६१ (उमेर ६२)[१]
राष्ट्रियतानेपाली
राजनीतिक दलस्वतन्त्र (सन् २०२२-वर्तमान)
अन्य राजनीतिक
संलग्नता
नेकपा माले (सन् १९९८–२००२)
नेकपा (एमाले) (सन् २००२–२०२२)

उनी खड्गप्रसाद ओली नेतृत्वको मन्त्रिपरिषदमा कृषि तथा पशुपन्छी विकास मन्त्री भएका थिए।[४] भुसालले पूर्वमन्त्री झलनाथ खनालको नेतृत्वमा ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय’ मन्त्रीसमेत भइसकेका छन्।

प्रारम्भिक र राजनीतिक जीवन

घनश्याम भुसालको जन्म सन् १९६१ सेप्टेम्बर ११ मा स्याङ्जा जिल्लाको पिडीखोलामा भएको थियो। उनी झबिसारा भुसाल र जग्गनाथ भुसालको तेस्रो सन्तान थिए। पछि उनको परिवार स्याङ्जाबाट रुपन्देही बसाइँ सरेको थियो जहाँ उनले विद्यार्थी नेताको रूपमा आफ्नो राजनीतिक जीवन सुरु गरेका थिए। उनी नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी सङ्गठन अनेरास्ववियुका महासचिव थिए।

प्रतिनिधि सभा २०७९

प्रतिनिधि सभा निर्वाचन, २०७९मा स्वतन्त्र का उम्मेदवार घनश्याम भुसालले रुपन्देही प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ २१,३०८[५]मत प्राप्त गरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार छविलाल विश्वकर्मासँग पराजित भए।[६]

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड