चलचित्र

 विषेशत चलचित्रलाई यसरी परिभाषित गर्न सकिन्छ चलचित्र भनेको मनोरञ्जनको सञ्चारमा मात्र  सिमित नरही कुनैपनि ब्यक्तिमा लुकेर रहेको अन्तरनिहित प्रतिभालाई क्रमश प्रस्टफुटित गर्ने माध्यमलाई चलचित्र भनिन्छ। - 

-

'चलचित्र, सिनेमा वा फिल्म एक प्रकारको सञ्चार माध्यम हो जसमा चल्ने चित्र र आवाजको प्रयोग गरेर कथालाई प्रस्तुत गरिन्छ। संसारभरका मानिसहरू मनोरञ्जनका लागि चलचित्र हेर्दछन्। धेरैजसो चलचित्रहरू यसरी बनाइन्छ कि ठुला पर्दा भएका सिनेमाघर वा चलचित्र भवनमा देखाउन सकियोस।

१९औं शताब्दीबाट नै ग्रीक चलचित्रको निर्माणका लागि विभिन्न अनुसन्धान भएतापनि चलचित्रको शुरुवात सन् १९९५ मा फ्रान्सबाट भएको हो। जसको निर्माण अगष्ट लुमिएर र लुई लुमिएर नाम गरेका दुई फ्रान्सेली दाजुभाईहरूले गरेका थिए।[१] सन् १८२४ मा पिट् मार्क रोगटले फोटोहरूलाई नै छिटो–छिटो घुमायो भने वास्तवमै चलिरहेको (मूभ) भ्रम दिन सक्छ भन्ने धारणा राखेपछि चलचित्रको बारे सोच्न र काम गर्न थालियो। सन् १८९५ मा यसै सिद्धान्तमा आधारित रहेर लुमियर दाजुभाइले एउटा कारखानाको तस्वीरहरू खिचेर मूभिङ इमेजका रूपमा प्रस्तुत गरे। शुरूका यस्ता चलचित्रमा ध्वनि हुँदैन थियो ।[२] and its sexist treatment of women.[३][४] १९२७ मा बनेको द ज्याज् सिंगर ध्वनिसहितको पहिलो चलचित्र हुन पुग्यो। त्यसअघि नै सन् १९१३ मा भारतमा दादा साहेब फाल्केले राजा हरिश्चन्द्र नामक अमूक(ध्वनि नभएको) चलचित्र बनाएर एसियामा सिनेमा सम्बन्धी उत्सुकता बढाइसकेका थिए।

नेपाली भाषामा वि सं २००६ मा मात्रै चलचित्र बने पनि, नेपाली लाई चलचित्रको परिचय गराउने श्रेय तत्कालिन प्रधान मन्न्री देव शमसेर लाई जान्छ । वि सं १९५८ तिर नै टुडिखेलमा उन्ले तमासाको रूपमा 'मुभी' देखाउन लगाएका प्रमाणहरू देखिन्छ । यसको विग्यापन गोर्खापत्रको पहिलो अंकमा देख्न पाईन्छ ।

नेपाली चलचित्रको इतिहास

भारतमा 'राजा हरिश्चन्द्र' बनेको ३७ वर्षपछि सन् १९५० मा डीबी परियारले त्यही धार्मिक कथामा नेपाली भाषाको चलचित्र 'सत्य हरिश्चन्द्र' बनाए। कलकत्तामा त्यो चलचित्र बनाउन उनलाई सघाउनेमा ठाकुरप्रसाद, पीके बनर्जी र हरिप्रसाद मुखर्जी थिए। यसको सफलताबाट उत्साही परियारले सन् १९५१ मा 'नेपाली फिल्म कम्पनी' खोलेर पाँच वटा फिल्मका लागि आवश्यक लगानीकर्ता खोजेका थिए। यसका लागि परियारको कम्पनीले प्रभात साहित्यिक मासिकको १९५१ मार्च अङ्कमा 'नयाँ युगको सबभन्दा ठूलो खबर, नेपाली जनताले गर्व गर्नुपर्ने कुरा' भन्दै विज्ञापन छापेको थियो।

नेपालमा पहिलोपटक निर्मित चलचित्रको आमाको प्रदर्शन विक्रम संवत २०२२ सालको असोजमा भयो।तर सरकारी लगानीमा निर्मित यो चलचित्र निर्माण हुनु अगावै विक्रम संवत २०१८ सालमा निजि लगानीमा निर्माण थालिएको चलचित्र माइतीघर भने आमा भन्दा पछाडी मात्र सार्वजनिक भयो।

नेपाली चलचित्रले चार दशक भन्दा लामो इतिहास बनाईसकेको छ।धेरै संख्याका दर्शकको भने थुप्रै कारणले मन जित्न सकेको छैन्। नेपाली चलचित्र सम्बन्धि जानाकारी प्राप्त गर्न सहज छैन। विश्व सन्जाल बनेको इन्टरनेटमा पनि यस्ता सामग्रीको उपस्थिति न्यून छ तर हाल आएर केही वेबसाइटहरूले यसको अभाव खड्किन नदिने कोसिस गरेका छन्। सिनेकर्मीको इन्टरनेटमा कम पहुच र रुचिका कारण यसले अझै व्यवसायिक रूप लिन सकेको छैन।

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

नेपाली चलचित्र

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड