इतिहास

इतिहास शब्द (इति + + आस; अस् धातु, लिट् लकार अन्य पुरुष तथा एक वचन)को तात्पर्य हो "यो निश्चय थियो"।

ग्रीसका मान्छेहरूले इतिहासको लागि "हिस्ट्री" (history) शब्दको प्रयोग गर्थे। "हिस्तरी"को शाब्दिक अर्थ "बुन्नु" थियो। अनुमान गर्न सकिन्छ कि ज्ञात घटनाहरूलाई व्यवस्थित ढंगबाट बुनेर यस्तो चित्र उपस्थित गर्ने कोशिश गरिन्थ्यो जुन सार्थक र सुसंबद्ध बन्न सकोस।

यस प्रकार इतिहास शब्दको अर्थ हो - परम्परादेखि प्राप्त उपाख्यान समूह (जस्तै कि लोक कथा), बीरगाथा) (जस्तै कि महाभारत) अथवा ऐतिहासिक साक्ष्य।

इतिहास अन्तरगत हामी जुन विषयको अध्ययन गर्छौँ त्यसमा अहिले सम्म घटित घटनाहरू अथवा त्यो सँग सम्बन्ध राख्ने घटनाहरूको कालक्रमानुसार वर्णन हुन्छ।

अर्को शब्दमा भन्दा अहिले सम्मको उल्लेखित विशिष्ट घटना नै इतिहास हो। अथवाप्राचीनतादेखि नवीनता तर्फ आउने मानवजाति सँग सम्बन्धित घटनाहरूको वर्णन नै इतिहास हो।

इतिहासको आधार र स्रोत

इतिहासको मुख्य आधार युगविशेष र घटनास्थलको त्यो अवशेषहरू नै हुन जुन कुनै न कुनै रूपमा प्राप्त हुन्छन्। जीवनको बहुमुखी व्यापकताकै कारण स्वल्प सामग्रीको आधारमा विगत युग अथवा समाजको चित्रनिर्माण गर्नु दु:साध्य छ। सामग्री जतिनै धेरै हुदैँ जान्छ त्यही अनुपातबाट बितेको युग तथा समाजको रूपरेखा प्रस्तुत गर्नु साध्य हुदैँ जान्छ । प्रर्याप्त साधनहरू हुँदा पनि भन्न सकिन्न कि कल्पनामिश्रित चित्र निश्चित रूपबाट शुद्ध अथवा सत्य नै होला। त्यसैले उपयुक्त कमीलाई ध्यानमा राखि केही विद्वान् बन्छन् कि इतिहासको संपूर्णता असाध्य जस्तै छ, फेरी पनि यदि हाम्रो अनुभव र ज्ञान प्रचुर बनोस, ऐतिहासिक सामग्रीको जाँच-पडतालले हाम्रो कला तर्कप्रतिष्ठत होस तथा कल्पना संयत र विकसित होस त अतीतको हाम्रो चित्र धेरै मानवीय र प्रमाणिक हुन सक्छ। सारांश यो हो कि इतिहासको रचनामा पर्याप्त सामग्री, वैज्ञानिक ढंगबाट त्यसको जाँच, त्यसबाट प्राप्त ज्ञानको महत्त्व बुझ्ने विवेक साथै साथ ऐतिहासक कल्पनाको शक्ति तथा सजीव चित्रणको क्षमताको आवश्यकता छ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्री

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड