सामग्रीमा जानुहोस्

चिना हराएको मान्छे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चिना हराएको मान्छे नेपाली हाँस्यकलाकार हरिवंश आचार्यको संस्मरणात्मक जीवनी हो ।

उक्त पुस्तक उनकी पहिली पत्नी मिराको दोस्रो पुण्यतिथिका अवसरमा वि.सं. २०७० वैशाख १६मा सार्वजनिक गरिएको हो ।

पुस्तकमा आचार्यको आत्मवृत्तान्तमा केन्द्रित भई बाल्यकाल, आफूलाई सफल कलाकार बनाउन भोगेका समस्या, मदनकृष्ण श्रेष्ठसँग भएको परिचय, विवाह, जीवनवृत्ति र अरू धेरै विषयलाई समावेश छ ।

‘चिना हराएको मान्छे’ संसारभरका नेपालीभाषीले पढ्न पाउने भएका छन् । विश्वको सबैभन्दा ठूलो अनलाईन स्टोर अमेजनमार्फत यो पुस्तक पढ्न पाइने प्रकाशक फाइनपि्रन्टले जनाएको छ ।

भर्खरै बिक्रीका लागि राखिएको उक्त पुस्तक अमेजनमा किन्न पाइने नेपाली भाषाको पहिलो कृति हो । ‘अन्तर्राष्ट्रिय अनलाईन स्टोरमा नेपाली पुस्तकको उपलब्धतापछि नेपाली पुस्तकको बजारले फड्को मार्नेछ, जसबाट नेपाली लेखक र प्रकाशक दुवै लाभान्वित हुनेछन्’ फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत निरज भारीले भन्नुभयो -’विदेश बस्ने नेपालीको संख्या करोडजस्तो छ ।

तर तिनको पहुँचमा हामी पुग्न सकिरहेका थिएनौँ । अमेजनमार्फत हामी ती पाठकसम्म पुग्न सक्ने भएको छौ, यो नेपाली प्रकाशन उद्योगको ठूलो उपलब्धी हो ।’ यो पुस्तक अमेजनमा २३.८५ डलर र ३९८ भारुमा किन्न सकिनेछ ।

यो पुस्तकको प्रकाशक फाइनप्रिन्ट हो ।

बाहिरी लिङ्कहरू

🔥 Top keywords: मुख्य पृष्ठविशेष:Searchलुम्बिनी प्रदेशमदन भण्डारीनेपालका प्रदेशहरूबागमती प्रदेशकर्णाली प्रदेशगौतम बुद्धनेपालका स्थानीय तहहरूसमाजउखान-टुक्कापृथ्वीनारायण शाहकोशी प्रदेशनेपालमधेश प्रदेशविशेष:RecentChangesनेपाली शब्दकोशSpecial:Searchनेपालको संविधान २०७२लक्ष्मीप्रसाद देवकोटाजलवायु परिवर्तनसङ्घीयतानेपालको भूगोलनेपालको इतिहासदिगो विकासजैविक विविधतास्थानीय तहगण्डकी प्रदेशनेपालको सर्वोच्च अदालतसन्दीप लामिछानेनेपालका बैङ्कहरूको सूचीनेपालका जातिहरूजिल्ला समन्वय समितिमानव विकास सूचकाङ्कसामाजिक सञ्जालपशुपतिनाथ मन्दिरहिन्दु धर्मसीतादोस्रो विश्व युद्ध