जिरी नगरपालिका
जिरी नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलमा पर्ने दोलखा जिल्लामा अवस्थित एक नगरपालिका हो।[२][३] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा दोलखा जिल्लामा जिरी, ठूलोपाताल र माली गाउँ विकास समितिहरू लाई समेटेर जिरी नगरपालिका घोषणा गरिएको हो।[३][४] जिरी नगरपालिकाको केन्द्रभने जिरीबजार रहको छ।[२] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[४]
जिरी नगरपालिका | |
---|---|
देश | नेपाल |
विकास क्षेत्र | मध्यमाञ्चल |
अञ्चल | जनकपुर अञ्चल |
जिल्ला | दोलखा जिल्ला |
स्थापना | मंसिर २०७१ |
सरकार | |
• मेयर | टंक बहादुर जिरेल |
• उप मेयर | कृष्णमाया बुढाथोकी |
क्षेत्रफल | |
• जम्मा | ९९.६ किमी२ (३८.५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १३,६४८ |
• घनत्व | १४०/किमी२ (३५०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-४९ |
वेबसाइट | jirimun |
जनसङ्ख्या
जिरी नगरपालिका जिरी, ठूलोपाताल र माली गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार जिरी, ठूलोपाताल र माली गाविसहरूको जनसङ्ख्यालाई जोड्दा जिरी नगरपालिकाको कूल जनसङ्ख्या १३,६४८ हुन्छ।[१]
परिचय
जिरी नेपालको जनकपुर अञ्चल, दोलखा जिल्लामा अवस्थित व्यापारिक केन्द्र हो। राजधानी काठमाडौँबाट १ सय ८८ किलोमिटर दुरीमा रहेको(६ घण्टाको बस यात्राबाट )छ। यो स्थान अरनिको राजमार्गको खाडीचौरबाट १ सय १० किलोमिटर टाढा पर्छ। तामाकोशीको गडगहाडट, चारैतिर हरीयाली, डाँडाबाट झररिहेका सुन्दर झरना तथा ग्रामीण परिवेशले मनमा नयाँ उमङ्ग जगाउँछ। पहिले हवाई यातायातको सुबिधा नहुँदा, पर्यटकहरू सगरमाथा जान यतैबाट जानपर्ने भएकोले नेपालको स्विजरल्याण्डको उपाधि पाएको जिरी, सगरमाथाको प्रवेशद्वार पनि भनिन्छ। यहाँका रैथाने वासिन्दालाई जिरेल भनिन्छ।[५]
विकास
जिरी काठमाडौँबाट टाढा भए पनि यसको विकास लोभलाग्दो छ। स्विजरल्याण्ड सरकारले जिरीको भू-बनौट आफ्नो जस्तै लागेर यसको विकासमा लामो समयदेखि सहयोग गर्दै आएको छ । २०१४ सालदेखि स्वीस सरकारको सहयोगमा जिरी बहुउद्देशीय विकास परियोजना प्रारम्भ भएको हो। परियोजनाले कृषि सडक, शिक्षा तथा ग्रामीण विकासमा सहयोग गररिहेको छ । स्वीस सरकारको सहयोगमा जिरीमा स्तरीय अस्पताल, भौतिक सुविधासम्पन्न विद्यालय, सबैका घरमा गोठ तथा चर्पी बनेका छन् । स्वीस सरकारको सहयोगमा वृक्षारोपण भएपछि यहाँका सबै डाँडा सल्लाका रुखका कारण हरिया छन् । धेरै डाँडामा चियाखेती गरिएको छ। चिया बगानका कारण पनि जिरीको सौन्दर्य बढेको छ । यहाँ उत्पादित अर्थोडक्स चिया विश्वप्रसिद्ध छ । स्थानीय चीज कारखानामा उत्पादित चीजले राम्रो बजार लिएको छ । जर्मनी र नेपालीको संयुक्त लगानीमा सञ्चालित लामा प्रजनन केन्द्र पनि रहेका कारण यो क्षेत्र कृषि पर्यटनका लागि पनि राम्रो क्षेत्र हो । जिरेल जातिकाे बसोबास रहेको जिरीमा राम्रा होटल तथा लज छन् । विद्यालय-कलेजका विद्यार्थी, नवविवाहित जोडी तथा ट्रेकिङ गर्न रुचाउनेहरूका लागि जिरी महत्त्वपूर्ण क्षेत्र मानिन्छ । चैत-वैशाखमा गुराँसले राताम्य हुने बाटो पुस-माघमा हिउँले पुरिन्छ । शरद ऋृतु मौसम भने जिरी घुम्ने उपयुक्त समय हो ।[५]
तस्विर सङ्ग्रह
- जिरी बजार नेपाल
- जिरी नगरपालिका
सन्दर्भ सामग्रीहरू
बाह्य कडीहरू
यो पनि हेर्नुहोस
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |