जेन मलिक

बेलायती पप गायक

जेन जाभेद मलिक (उर्दु: زین ملک, /ˈzɛnˈmælɪk/; जन्म १२ जनवरी १९९३), पाकिस्तानी मूलका एक बेलायती गायक र गीतकार हुन्। वेस्ट योर्कसायरको ब्राडफोर्डमा जन्मे हुर्केका मलिकले सन् २०१० मा बेलायती सङ्गीत प्रतियोगिता द एक्स फ्याक्टरमा एकल प्रतिस्पर्धीको रूपमा प्रस्तुति दिएका थिए। एकल गायकको रूपमा प्रतियोगिताबाट बाहिरिएका मलिकलाई चार अन्य प्रतिस्पर्धी सहित प्रतिस्पर्धामा पुन: सामेल गराइएको थियो। सोही पाँच सदस्यीय युवा साङ्गीतिक समूहले 'वान डिरेक्सन'को रूपमा ख्याति प्राप्त गरेको थियो। मलिकले सन् २०१५ को मार्चमा समूह छोडेका थिए र पछि आरसिए रेकर्डको साथ एकल रेकर्डिङ सम्झौतामा हस्ताक्षर गरेका थिए।उनले आफ्नो पहिलो स्टुडियो गिती सङ्गालो माइन्ड अफ माइन (सन् २०१६) को साथ एक वैकल्पिक आर र बी सङ्गीत शैलीलाई अपनाएका थिए। सोही गिती सङ्गालोमा समावेश पिलोटक नामक गीतको सफलता पछि उनको चर्चा चुलिएको थियो। सो गीत बेलायत र अमेरिकाका एक चार्टहरूमा शीर्ष स्थानमा आएको थियो। उनले जारी गरेको पहिलो गिती सङ्गालो र गीत दुबै देशको चार्टमा शीर्ष स्थानमा आएको थियो र सो सफलता प्राप्त गर्ने उनी प्रथम बेलायती गायक बनेका थिए। अमेरिकी गायिका टेलर स्विफ्टको साथ "आई डन्ट वान लिभ फरेभर" र अस्ट्रेलियाली गायिका सियाको "डस्क टिल डाउन" नामक उनको गीत लोकप्रिय बनेका थिए। डिसेम्बर २०१८ मा, उनले आफ्नो दोस्रो स्टुडियो गिती सङ्गालो "इकारस फल्स" जारी गरेका थिए। मलिकले अमेरिकी सङ्गीत पुरस्कार , बिलबोर्ड सङ्गीत पुरस्कार र एमटिभी श्रव्य दृश्य सङ्गीत पुरस्कार सहित धेरै पुरस्कारहरू प्राप्त गरेका छन्।

जेन मलिक
सन् २०१५ मा मलिक
जन्मजेन जाभेद मलिक
(1993-01-12) १२ जनवरी १९९३ (उमेर ३१)
ब्राडफोरेड, वेस्ट योर्कशायर, इङ्ल्यान्ड
पेशा
  • गायक
  • गीतकार
कार्यकालसन् २०१०–हाल
साङ्गीतिक जीवन
विधा
  • समकालीन आर र बी
  • वैकल्पिक आ र बी
  • पप
वाद्ययन्त्रआवाज
लेबल
  • सिको
  • कोलम्बिया
  • आरसिए
सहयोगीवान डिरेक्सन
वेबसाइटinzayn.com
हस्ताक्षर
Autographed signature of Zayn Malik in ink

बाल्यकाल

जेन जाभेद मलिकको[१][२] जन्म १२ जनवरी १९९३ मा, इङ्ल्यान्डको, वेस्ट योर्कशायरमा भएको थियो।[३] उनको बुबा यासर मलिक पाकिस्तानी मुलका बेलायती नागरिक हुन् भने उनकी आमा ट्रिसिया ब्रानन मलिक बेलायती र आरल्यान्ड मुलकी हुन्।[४][५] उनले यासर मलिकसँग विवाह गरेपछि धर्म परिवर्तन गरी मुस्लिम बनेकी थिइन्।[४][६] जेन मलिकका एक दिदि दुनिया र दुई बहिनी वालिहा र साफा छन्।[७]

उनी इस्ट बोलिङ नामक सहरमा हुर्किएका थिए।[४] उनी मध्यम वर्गीय परिवारमा हुर्किएका थिए।[८] उनले ब्राडफोर्डमा लोवर फिल्ड प्राथमिक विद्यालय र टोङ महाविद्यालयमा पठनपाठन गरेका थिए।[९] मलिकले उनी बाह्र वर्षको उमेरमा विद्यालय सरे पछि आफ्नो उपस्थितिमा गर्व गरेको बताएका थिए।[१०] उनले मुख्यतया आर र बी , हिप हप , र रेग लगायतका विभिन्न प्रकारका सङ्गीतहरू सुनेर हुर्किएका थिए।[८] उनले विद्यालयमा र्‍याप गीतहरू लेख्न पनि सुरु गरेका थिए।[११] गायक जे सिन उनको विद्यालय भ्रमण गर्दा उनले पहिलो पटक मञ्चमा गीत प्रस्तुत गरेका थिए।[१२] मलिकले १५ देखि १७ वर्षको उमेरमा दुई वर्षका लागि बक्सिङ सिकेका थिए। [१३]आफ्नो सङ्गीत कार्यकाल सुरु गर्नु अघि उनले अङ्ग्रेजी शिक्षकको रूपमा सेवा गर्ने योजना बनाएका थिए। [१४]

कार्यकाल

छवि

२६ नोभेम्बर २०१४ मा, मलिक

एक्स फ्याक्टर अघिदेखि, मलिक ट्याटुको प्रशंसक रहेका थिए र उनले "ट्याटुहरू खोप्न मन पराउने सो पछाडिको सम्पूर्ण संस्कृति मन पराउने पनि बताएका थिए।[१५] उनको पहिलो ट्याटु उनको टुइटर खतामा खुलासा गरिएको थियो। मलिकले आफ्नो ट्याटुमा मावली हजुरबुबाको नाम वाल्तर (والتر) लेखेका थिए।[१६][१७][१८]त्यस बेलादेखि, मलिकले धेरै थप ट्याटुहरू खोपेका छन्।[१९][२०] साङ्गीतिक समूह छोडेपछि मलिकको सम्भावित एकल कार्यकालको बारेमा छलफल गर्दै, बिलबोर्डका सम्पादक जो लिन्चले उनलाई समूहको शान्त सदस्य भनेर वर्णन गरेका थिए।[२१]पाकिस्तानमा, मलिक विदेशमा रहने उल्लेखनीय पाकिस्तानीहरूको सूचीमा देखा परेका छन्।[२२] सन् २०११ मा, उनी ग्ल्यामरको "विश्वको सबैभन्दा कामुम पुरुष" सूचीमा २७औँ स्थानमा परेका थिए।[२३] सन् २०१४ मा, मलिक बेलायती जिक्यू पत्रिकाको सबैभन्दा राम्रो पोशाक लगाउने पुरुषको रूपमा नामित भएका थिए।[२४] सन् २०१५ मा, उनलाई बेलायती आकाशवाणी सञ्जाल क्यापिटलद्वारा गरिएको सर्वेक्षणमा उनलाई "एसियाका सबैभन्दा कमुक पुरुष"को रूपमा चयन गरिएको थियो।[२५] बेलायती अखबार इस्टर्न आईले गरेको एक विश्वव्यापी सर्वेक्षणमा आधारित रहेर म्यानचेस्टरको क्राउन क्लिनिकले गरेको "विश्वको शीर्ष दश स्नातकहरू" को सर्वेक्षणमा उनी दोस्रो स्थानमा पर्न सफल भएका थिए।[२६] उनी "शीर्ष ५० कामुक जीवित पुरुषहरू" सूचीमा छैठौँ स्थानमा परेका थिए।[२७] उनी सन् २०१६ मा, उनी ग्ल्यामर पत्रिकाको "१०० सबैभन्दा कामुक पुरुष" सूचीमा पाँचौँ स्थानमा रहेका थिए।[२८] अप्रिल २०१६ सम्म, फोर्ब्सले उनको अनलाइन सामाजिक सञ्जाल (ट्विटर, इन्स्टाग्राम, फेसबुक, युट्युब र पान्डोरा) मा ५ करोड अनुयायीहरूको अनुमान गरेको थियो।[२९][३०][३१]

व्यक्तिगत जीवन

मलिकले सन् २०१२ को सुरुवात तिर, लिटिल मिक्सकी सदस्य पेरी एड्वड्ससँग सम्बन्धमा कायम गरेका थिए।[३२] उनीहरूको विवाहको प्रतिज्ञा सन् २०१३ मा भएको थियो।[३३] ४ अगस्ट २०१५ मा, मलिकका प्रतिनिधिले उनीहरूको सम्बन्ध टुटेको वा थप सक्रिय नभएको घोषण गरेका थिए।[३४]

सन् २०१५ देखि, मलिक अमेरिकी मोडल गिगी हदिदसँग सम्बन्धमा रहेका थिए।[३५][३६][३७][३८][३९] भने हदिद उनको बहुचर्चित गीत पिलोटकको आधिकारिक श्रव्य दृश्यमा देखा परेकी थिइन्।[४०][४१] अगस्ट २०१७ मा, उनीहरू दुई जना सँगै भोग पत्रिकाको आवरणमा देखा परेका थिए। उनीहरूले भर्साचे नामक इतालेली कम्पनीको एक अभियानमा पनि जोडीको रूपमा देखा परेका थिए जसमा हदिद छविकर्ताको रूपमा रहेकी थिइन्।[४२][४३]अप्रिल २०२० मा, उनमी प्रेमिका हदिदले द टुनाइट शो विथ जिमी फलोनमा आफू गर्भवती भएको घोषण गरेकी थिइन्।[४४]

मलिकले अङ्ग्रेजी, उर्दू बोल्दछन् भने अरबी पढ्न सक्छन्।[४५] उनका अनुसार उनले साङ्गीतिक क्षेत्र बाहेक, अङ्ग्रेजी वा साहित्य विषयमा स्नातकोत्तर गर्ने योजना बनाएका छन्।[४६]

मलिक मुस्लिमको रूपमा हुर्किएका थिए।[८][२२] उनको मुस्लिमलाई विरोध गरेकोमा निशानमा रहेका थिए।[८][४७] सन् २०१४ को इस्रायल-घज सङ्घर्षमा मलिकले आफ्नो टुइटर खातामा "#स्वतन्त्र फिलिस्तीन (अनुवादित शीर्षक) नामको टुइट सार्वजनिक गरेका थिए[४८] जसका कारण निकै खराब प्रतिक्रिया उत्पन्न गरेको थियो भने मृत्युको चेतावनी समेत प्राप्त भएको थियो।[४९]सन् २०१७ मा, मलिकले बिना अभ्यास मुसलमानको रूपमा परिचित भएको तर धर्म वा आफ्नो सांस्कृतिक पृष्ठभूमिबाट परिभाषित हुन नचाहेको बताएका थिए।उनले पछि नोभेम्बर २०१८ मा बेलायती संस्करणको भोग पत्रिकामा उनले आफूले इस्लाम धर्म नमान्ने बताएका थिए।[५०][५१]

चलचित्रमा

चलचित्र; उनी आफैँ
वर्षशीर्षकटिप्पणी
सन् २०१३वान डिरेक्सन: दिस इस अस
सन् १०१३ह्वेर वि आर – द कन्सर्ट फिल्म'
सन् २०१८ओसन्स एटकामियो
दूरदर्शन; उनी आफैँ
वर्षशीर्षकटिप्पणी
सन् १०२०द एक्स फ्याक्टरप्रतियोगी; संस्करण ७
सन् २०१२आइकार्लीअतिथि भूमिका; संस्करण ६
सन् २०२२–२०१४सटर्डे नाइट लाइभसाङ्गीतिक अतिथि; संस्करण ७, संस्करण ३९, संस्करण ४०
सन् २०१४वान डिरेक्सन: द टिभी स्पेसल
सन् २०१६द टुनाइट सो स्टेरिङ जिम्मी फलोनसाङ्गीतिक अतिथि; (अङ्क ४१९)
सन् २०१६द टुनाइट सो स्टेरिङ जिम्मी फलोनसाङ्गीतिक अतिथि (अङ्क ४४०)
सन् २०१६द भ्वाइससाङ्गीतिक अतिथि; संस्करण १०

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड