दक्षिणकाली नगरपालिका

नेपालको प्रदेश ३ मा अवस्थित नगरपालिका

दक्षिणकाली नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने काठमाडौ जिल्लामा अवस्थित एक नगरपालिका हो।[२][३] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काठमाडौँ जिल्लामा चाल्नाखेल, सेतीदेवी, शेषनारायण, दक्षिणकाली, टल्कु डुडेचौरछैमले यी ६ गाउँ विकास समितिहरूलाई समेटेर दक्षिणकाली नगरपालिका घोषणा गरिएको हो।[३][४] दक्षिणकाली नगरपालिकाको केन्द्रभने फर्पिङ्ग बजार रहको छ।[२]

दक्षिणकाली नगरपालिका
Dakshinkali Municipality
दक्षिणकाली सन् २००९ मा
दक्षिणकाली सन् २००९ मा
को अवस्थिति
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ जिल्ला
स्थापनामंसिर २०७१
सरकार
 • मेयरमोहन बस्नेत
 • उप मेयरबसन्ती तामाङ (डंगोल)
क्षेत्रफल
 • जम्मा४२.६ किमी (१६.४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२४,२९७
 • घनत्व५७०/किमी (१५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-१
वेबसाइटwww.dakshinkalimun.gov.np

क्षेत्र

नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ। काठमाडौबाट करीब एक घण्टाको दुरिमा रहेको यस नगर धार्मिक , पर्यटकिय , मौलिक , सान्स्कृतिक आदी महत्त्वको लागि धनी छ । प्राय नेवारको बाहुल्यता रहेको फर्पिङ बजार क्षेत्र अनी आसपासका क्षेत्रमा बाहुन छेत्री लगायत अन्य समुदायको बाक्लो उपस्थिती रहेको छ।[४]

पर्यटन

नेपालकै एउटा प्रमुख धार्मिक मन्दिर दक्षिणकाली, नेपालको पहिलो विद्युत फर्पिङ (चन्द्रज्योती) विद्युत, नेपालको पुरानो मध्यको एक फर्पिङ पाठशाला (हाल फर्पिङ मा बि), चार नारायण मध्यको एक शेषनारायण, गोपालेस्वर पिठ, असुरा गुफा, पद्मसम्भव गुफा, केही सुबिधासम्पन्न रिसोर्टहरू, हरियाली बातावरण यहाँको विशेषताहरू हुन ।

जनसङ्ख्या

दक्षिणकाली नगरपालिका साविकका चाल्नाखेल, सेतीदेवी, शेषनारायण, दक्षिणकाली, टल्कु डुडेचौरछैमले गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ६ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा दक्षिणकाली नगरपालिकाको कूल जनसङ्ख्या २४,२९७ हुन्छ।[१]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड