दशरथचन्द नगरपालिका
दशरथचन्द नेपालको सुदूरपश्चिम प्रदेशमा पर्ने बैतडी जिल्लाको एक नगरपालिका तथा जिल्ला सदरमुकाम हो। खलङ्गा गाउँ विकास समिति लगायत अन्य पाँचवटा गाविसहरू दशरथचन्द, त्रिपुरासुन्दरी, बाराकोट, थालाकाडा र जगन्नाथ मिलाएर वि.सं. २०५३ चैत्र १४ गते यस नगरपालिकाको गठन गरिएको थियो। वि.सं. २०७३ फाल्गुन २२ मा गुरुखोला, देहिमाडौँ, दुर्गाभवानी, नागार्जुन गाविसहरू र दुर्गास्थान गाविसका तीन वडा समेत यसमा गाभेर यस नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।[३][४][५] कुल ११ वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार ३४,५७५ रहेको छ। यहाँ कुल ७,२५७ घरधुरी रहेका छन्।
दशरथचन्द नगरपालिका | |
---|---|
निर्देशाङ्क: २९°३३′१७″उ॰ ८०°२५′३६″पू॰ / २९.५५४७२°N ८०.४२६६७°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | बैतडी जिल्ला |
नगरपालिका | वि.सं. २०५३ चैत्र १४[१] |
समावेश (गाविस) | खलङ्गा, दशरथचन्द, थालीगडा, त्रिपुरासुन्दरी, बाराकोट र जगन्नाथ |
सम्मिलित (मिति) | वि.सं. २०५३ चैत्र १४ |
समावेश (गाविस) | गुरुखोला, देहिमाडौँ, दुर्गाभवानी, नागार्जुन र दुर्गास्थान |
सम्मिलित (मिति) | वि.सं. २०७३ फाल्गुन २२[२] |
सरकार | |
• मेयर | पुष्कर राज जाेशी |
• उप मेयर | काैशिला चन्द |
जनसङ्ख्या | |
• जम्मा | ३४५७५ |
• धर्म | हिन्दू |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
हुलाक कोड | १०२०० |
क्षेत्रीय सङ्केत | ०९५ |
वेबसाइट | [१] |
जनसङ्ख्या
वि.सं. २०६८ को जनगणना अनुसार दशरथचन्द नगरपालिकाको जनसङ्ख्या ३४,५७५ रहेको छ।[६]
शिक्षा
केही वर्ष पहिलेसम्म यहाँका विधार्थीहरू अध्ययनका लागि भारतको पिथौरागढ र अन्य सहरहरूमा जाने गर्थे तर आफ्नै देशमा शैक्षिक संस्थाहरूको उपलब्धताका कारण आजभोली यो दर धेरै घटेको छ। आजभोली अधिकांश विधार्थीहरू स्थानीय स्तरमै अथवा धनगढी, महेन्द्रनगर र काठमाडौँ गएर आफ्नो अध्ययनलाई निरन्तरता दिने गरेका छन्।[स्रोत नखुलेको]
दशरथचन्द नगरपालिकाभित्र रहेका विद्यालय तथा कलेजहरू:
- श्री विरेन्द्रउच्च माध्यमिक बिद्यालय शाहीलेक
- जगन्नाथ प्राथमिक बिद्यालय, गढी
- जगन्नाथ प्राथमिक बिद्यालय, मडाला
- मेजर जेंसेसकी चिल्ड्रेन एकेडेमी गोठलापानी (निजी बिद्यालय)
- जगन्नाथ क्याम्पस
धर्म
यहाँ रहेका धार्मिक स्थलहरूमा जगन्नाथ मन्दिर बैतडी र त्रिपुरासुन्दरी भगवतीको मन्दिर प्रसिद्ध रहेका छन्।
जाति
यहाँ बढी जसो ब्राह्मण, क्षेत्री, ठकुरी र दलितको बसोबास रहेको छ ।