पाख्रीबास नगरपालिका

पाख्रीबास नगरपालिका नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलमा पर्ने धनकुटा जिल्लामा अवस्थित एक नगरपालिका हो।[२][३][४]

पाख्रीबास नगरपालिका
देश नेपाल
विकास क्षेत्रपूर्वाञ्चल
अञ्चलकोशी अञ्चल
जिल्लाधनकुटा जिल्ला
स्थापना२०७१ मंसिर १७
सरकार
 • मेयरबृष बहादुर राई
 • उप मेयरदेबकला पौडेल (तिम्सिना)
क्षेत्रफल
 • जम्मा११७.८ किमी (४५.५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१७,९४९
 • घनत्व१५०/किमी (३९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२६
वेबसाइटwww.pakhribasmun.gov.np

जनसङ्ख्या

पाख्रीबास नगरपालिका पाख्रीबास गाविससहित आसपासका सान्ने, फलाँटे, घोर्लिखर्कमुगा गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार पाख्रीबास, सान्ने, फलाँटे, घोर्लिखर्कमुगा गाविसहरूको जनसङ्ख्यालाई जोड्दा पाख्रीबास नगरपालिकाको कूल जनसङ्ख्या १७,९४९ हुन्छ।[१]

परिचय

स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा धनकुटा जिल्लामा पाख्रीबास गाविससहित आसपासका सान्ने, फलाँटे, घोर्लिखर्कमुगा गाउँ विकास समितिहरू लाई समेटेर पाख्रीबास नगरपालिका घोषणा गरिएको हो।[४][५] पाख्रीबास नगरपालिकाको केन्द्रभने साविकको पाख्रीबास गाविसको कार्यालय रहको छ।[२] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[३][५]

चुनौती

५ वटा गाविस मिलाएर बनाइएको धनकुटाको पाख्रीबास नगरपालिकाको आन्तरिक आय वाषिर्क करिब ६ लाख छ। हालैको नगर परिषद्ले आगामी वर्षका लागि ५ करोड बराबरको बजेट अनुमान गरेको छ। अधिकांश ग्रामीण बस्ती भएको पाख्रीबासका सडक, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको विकास मुख्य चुनौती हो। नगरको आर्थिक, सामाजिक र भौतिक विकासका लागि यिनै चार विषयलाई प्राथमिकतामा राखिएको छ। नवघोषित नगरका सबै स्थानमा १४८ किमि सडक विस्तार भएको छ। तर पाख्रीबास लेगुवाबाहेकका यी कुनै सडकमा नियमित गाडी चल्दैनन्।[६]

हिलेबाट पाख्रीबास बजार हुँदै डिकुरेसम्मको करिब ७ किलोमिटर सडकमा केही अघि गरिएको ओटासिल भत्किसकेको छ। यसैले नगरका सडक व्यवस्थित गर्नु मुख्य चुनौती हो। पुरानो पाख्रीबासबाहेक खासै बजार क्षेत्र विस्तार हुन सकेको छैन।[६]

घोर्लिखर्कको डिकुरे, फलाँटेको बस्तीचोक, मुगाको राम्चे र सान्ने गाविसको पञ्चमी जस्ता स्थान भर्खरै स-साना बजारका रूपमा विकास हुँदैछन्। तथ्यांकअनुसार ८५ प्रतिशत जनतामा विद्युत् सेवाको पहुँच छ। नगरमा मिसाइएका पाँच वटै गाविसका नाममा जम्मा २० रोपनी जमिन छ। खेल मैदानका लागि ५४ रोपनी जग्गा बन्दोबस्त भए पनि पूर्वाधार निर्माण भएका छैनन्।[६]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस


🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड