पाटन नगरपालिका

संक्षिप्त परिचय

पाटन नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत बैतडी जिल्लामा अवस्थित एक नगरपालिका हो। पाटन नगरपालिका वि.सं. २०७१ सालमा गठन भएको हो।[१][२] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा बैतडी जिल्लामा पाटन, सकार, सिलंगा, भुमेश्वर, गुजर र बसन्तपुर यी ६ गाउँ विकास समितिहरूलाई समेटेर पाटन नगरपालिका घोषणा गरिएको हो।[२][३] पाटन नगरपालिकाको केन्द्र पाटन बजारमा रहको छ।[१][३]

पाटन नगरपालिका
पाटन नगरपालिका is located in सुदूरपश्चिम प्रदेश
पाटन नगरपालिका
पाटन नगरपालिका
नेपालको नक्सामा पाटन नगरपालिका
पाटन नगरपालिका is located in नेपाल
पाटन नगरपालिका
पाटन नगरपालिका
पाटन नगरपालिका (नेपाल)
निर्देशाङ्क: २९°२८′३६″उ॰ ८०°३३′५७″पू॰ / २९.४७६६७°N ८०.५६५८३°E / 29.47667; 80.56583 ८०°३३′५७″पू॰ / २९.४७६६७°N ८०.५६५८३°E / 29.47667; 80.56583
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबैतडी जिल्ला
स्थापनावि.सं. २०७१
क्षेत्रफल
 • जम्मा११९.६ किमी (४६.२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१९,९११
 • घनत्व१७०/किमी (४३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाक कोड
१०२००
क्षेत्रीय सङ्केत+९७७-९५
वेबसाइटwww.patanmun.gov.np/ne

संक्षिप्त परिचय

नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित पाटन नगरपालिकाको स्थापना एउटा दीर्घकालिन सोच “व्यवसायिक, औद्योगिक तथा बहुसांस्कृतिक समुन्नत नमुना शहर पाटन” का साथ २०७१/०८/१६ सालमा महाकाली अञ्चलको बैतडी जिल्लाको पाटनमा भएको हो र मिति २०७१/०८/१६गते देखि नै पाटन नगरपालिका हुन गएको हो । यो समुद्री सतहदेखि २४३९ देखि ६९३६ फीट (११३४ मि . देखि २००० मि. ) को उचाइँमा र काठमाडौँ देखि ८३३.३ कि. मि.को दूरीमा स्थित रहेको छ । पाटन नगरपालिकामा कूल १० वडा रहेका छन् । २१९.२६ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको पाटन नगरपालिकाको भु–आकृतिक स्वरुप करिब मध्य पहाडी र पहाडी भूभाग रहेको छ भने यसको पूर्वमा सिगास गाउँपालिका , पश्चिममा द.न.पा / मे.न.पा , उत्तर मा सुर्नाया गा.पा / दोगाडा केदार र दक्षिणमा डडेल्धुरा जिल्ला रहेको छ । यसको शालाखाला अधिकतम तापक्रम ३३ - ३७ डिग्री र न्यूनतम तापक्रम चिसो मौसम मा २ डिग्री सम्म रहेको पाइन्छ । साल २०६८ को तथ्यांक अनुसार यस नगरपालिकाको कुल जनसंख्या ३०४३५ रहेको छ भने यस क्षेत्रको जनसंख्या वृद्धिदर १.३५ अनुमानित गरिएको छ । प्रमुख चाडपर्व स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाती तथा समुदायका मानिसहरुको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ । जस्तैः दशैं, तिहार, माघि, होली, गौरा, औल्के, मागे संक्रान्ति, कृष्ण जन्माष्टमि, बकर इद, उल इद फितर, आइतबारी, छठपर्व, बुद्ध जयन्ती, क्रिष्मस यहाँका प्रमुख चाड पर्वको रुपमा रहेको पाइन्छ ।[४]

जनसङ्ख्या

पाटन, सकार, सिलंगा, भुमेश्वर, गुजर र बसन्तपुर गाविसहरूलाई मिलाएर पाटन नगरपालिका बनाइएको हो। राष्ट्रिय जनगणना २०६८ अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर पाटन नगरपालिकाको जनसङ्ख्या १९,९११ रहेको छ।[५]बसन्तपुर गाविसको वडा नं १, २, ३, ४ र ५ वटा वडाहरू मिलाएर पाटन नगरपालिकाको वडा नं ९ र वडा नं ६, ७, ८ र ९ मिलाएर वडा नं १० निर्माण गरिएको छ। पाटन नगरपालिका बैतडी जिल्लाको पहिलो खुला दिशामुक्त नगरपालिका हो।[स्रोत नखुलेको]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड