पेट्रोनस टावर

पेट्रोनस टावरलाई (मलाया भाषा: Menara Petronas, or Menara Berkembar Petronas) पेट्रोनस जुम्ल्याहा टावर भनेर पनि चिनिन्छ । क्वालालम्पुर ,मलेशियामा रहेको छ । उच्च भवन तथा सहरी बस्ति परिषदको परिभाषा र  मूल्याङ्कन अनुसार यो १९९८ देखि २००४ सम्म विश्वको सबैभन्दा अग्लो भवन रहेको थियो र हालसम्मकै अग्लो जोडी टावर हो। भवनहरू क्वालालम्पुर टावरको नजिकै रहेको  क्वालालम्पुरको ऐतिहासिक स्थल हो।

पेट्रोनस जुम्ल्याहा टावर
मेनारा बेर्केम्बर पेट्रोनस
<mapframe>: Attribute "zoom" has an invalid value
उचाइ
विश्वको अग्लो १९९८. देखि २००४ सम्म[I]
पूर्ववर्तीविलिस टावर
परावर्तीताइपेइ १०१
सामान्य विवरण
प्रकारव्यापारिक कार्यालय तथा पर्यटकीय आकर्षण
वास्तुकलाको ढाँचाउत्तर आधुनिक
स्थानजलान अम्पांग, क्वालालम्पुर, मलेसिया
निर्देशाङ्क३°०९′२९″N १०१°४२′४३″E / ३.१५८°N १०१.७१२°E / 3.158; 101.712 १०१°४२′४३″E / ३.१५८°N १०१.७१२°E / 3.158; 101.712
जग पूजा मिति१ जनवरी १९९२ (1 January 1992)
निर्माणकार्यको थालनी१ मार्च १९९३ (1 March 1993)
सम्पन्न१ मार्च १९९६ (1 March 1996)
उद्घाटन मिति३१ अगस्ट १९९९ (31 August 1999)
पूनर्निमाण१५ सेप्टेम्बर २०११ (15 September 2011)
लागतयुएस$१.६ billion[२]
स्वामित्वके.एल.सी.सी होल्डिंग एस.डी.एन. Bhd
उचाइ
वास्तुकला४५१.९ मी (१,४८३ फिट)[१]
चुच्चो४५१.९ मी (१,४८३ फिट)
छाना३७८.६ मी (१,२४२ फिट)
मथिल्लो तला३७५ मी (१,२३० फिट)[१]
प्राविधिक विवरण
तला८८ (+५ भूमिगत)[१]
भुईँ तला क्षेत्र३,९५,००० मी2 (४२,५२,००० वर्ग फिट)
लिफ्ट४०
योजना तथा निर्माण
वास्तुकारसिजर पिली[१]
विकासकर्ताके.एल.सी.सी होल्डिंग एस.डी.एन. Bhd[१]
संरचनात्मक इन्जिनियरथोर्न्तन तोमसेत्ति[१]
मुख्य ठेकदारटावर १: हाजमा कर्पोरेसन
टावर २: सामसुङ इन्गीनीरिंग एण्ड कन्स्ट्रक्सन र कुक्दोंग इन्गीनीरिंग एण्ड कन्स्ट्रक्सन
सिटि सेन्टर r: बि.एल. हर्बर्ट इन्टर्नेशनलl
सन्दर्भ
[१][३][४][५][६]

इतिहास

यो टावरको डिजाइन अर्जेन्टिनी बस्तुविद सिजर पिलीले गरेका हुन् । पेट्रोनस टावरको योजना १ जनवरी १९९२ मा सुरु भएको  थियो । डिजाइनको वायुको गतिको परीक्षण संरचना भर परीक्षण गरिएको थियो ।  माटो उत्खननको लागि ५०० ट्रकहरु प्रयोगमा थिए र प्रत्येक रात सतहबाट ३० मिटर (९८ फिट)खनिन्थ्यो ।

जटिल संरचनाको निर्माण १ अप्रिल १९९४ मा सकियो । फर्निचर र आन्तरिक सजावटको कम १ जनवरी १९९६ मा सकियो , टावर १ र २ को  शिखरको (गजुर)को काम १ मार्च १९९६ मा सकियो । भवनको आधिकारिक उद्घाटन मलेसियाका प्रधानमन्त्री डा. महाथीर बिन मोहम्मद ले १ अगस्ट १९९९ मा गरे[७] यो जुम्ल्याहा टावरको निर्माण क्वालालम्पुर रेस ट्रयाकको स्थलमा गरिएको थियो ।[८]

उल्लेखनीय घटनाहरू

सतहबाटहेर्दापेट्रोनसटावर
  • पेट्रोनस जुम्ल्याहा टावरको रातको दृश्य
    १५ अप्रिल १९९९ मा, फेलिक्स बौमगार्टनर पेट्रोनस टावरको सफा गर्ने क्रेनबाट हाम फालेर बेस जम्पिंगको बिस्व किर्तिमान कायम गरे । [९][१०]
  • सेप्टेम्बर ११ को हमलामा वोर्ल्ड ट्रेड सेन्टर ध्वस्त भए पछि १२ सेप्टेम्बरमा हजारौ मानिसलाई हटाएर खाली गरियो । बम निस्क्रिय पर्ने टोलीले कुनै बम फेला पारेन । भवन खाली गर्ने क्रममा कुनै क्षति भएन। [११]
  • ४ नोबेम्बर २००५ साँझ, मा सिनेमा कम्प्लेक्समा आगलागी भयो तर कुनै क्षति भएन ।[१२]
  • १ सेप्टेम्बर २००९ को बिहान , फ्रेन्च आरोहीले बिना कुनै सुरक्षा सामग्री खाली खुट्टा र हातले मात्र टावर २ को चुचुरोमा दुई घण्टामा पुगे ।[१३] [१४]

विशेषता

सुरिया के.एल.सी.सी

सुरिया के.एल.सी.सीको प्रवेशद्वार

सुरिया के.एल.सी.सी १,४०,००० मी2 (१५,००,००० वर्ग फिट)  पेट्रोनस टावरको आधारमा फैलिएको सुपर मार्केट हो ।[१५] 

के.एल.सी.सी पार्क

के.एल.सी.सी.पार्क

१७ एकड (६.९ हेक्टर) मा फैलिएको यो पार्कमा पानीको फोहोरा , बिजुली बत्तिको नाजारा , पौडी पोखरी र बालबच्चाको खेल्न ठाउँ छ ।

आकाशे पुल

सेवा भवन।

सेवा भवन पेट्रोनस टावरको पुर्व तर्फ रहेको छ र यहाँ पेट्रोनस टावरलाई शितल बनाउन चिलर प्लान्ट रहेको छ ।

तस्बिरहरू

सन्दर्भ सामग्री

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड