प्युडिपाई

फेलिक्स आर्भिद उल्फ सेलबर्ग[‡ ३] स्वीडेनी: [ˈfěːlɪks ˈǎrːvɪd ɵlf ˈɕɛ̂lːbærj] ( ) (जन्म २४ अक्टोबर १९८९), अन्तगरजाल मञ्चमा प्युडिपाईको रूपमा परिचित, इङ्ल्यान्डमा आधारित एक स्विडेनी युट्युब व्यक्तित्व, हास्य कलाकार, टिप्पणीकार, र समाजसेवी हुन् जो प्राथमिक रूपमा हास्यप्रधान कार्यक्रम तथा खेलहरूमा टिप्पणीकारको रूपमा परिचित छन्।[३]

प्युडिपाई
जुलाई २०१९ मा सेलबर्ग
व्यक्तिगत जानकारी
जन्मलिक्स आर्भिद उल्फ सेलबर्ग
(1989-10-24) २४ अक्टोबर १९८९ (उमेर ३४)
गोथेनबुर्ग, स्विडेन
गृहनिवासब्राइटन, इङ्ल्यान्ड
पेसायुट्युब कलाकार
जीवनसाथी(हरू)
मार्जिया बिसोग्निन
(
वि २०१९)
हस्ताक्षर
वेबसाइटpewdiepie.store
युट्युब जानकारी
चर्चित नामप्युड्स
च्यानल
सक्रिय वर्षसन् २०१०–हाल
प्रकृति
  • प्रत्यक्ष खेल
  • अनुदैनिकी
  • हास्य
  • टिप्पणी
पाठक१०.६ अर्ब
कूल झलक२६ खर्ब
सञ्जालकुनैपनि होइा (पूर्व माचिनिमा र पछि मार्कर स्टुडियोज)
सहकार्य
  • मार्जिया सेलबर्ग
  • ज्याकसेप्टिसये
  • ज्याक डगलस
  • मार्किप्लायर
  • मिस्टर बिस्ट
  • सिनामोन टोस्ट केन
प्ले बटन
१,००,००० पाठकहरूसन् २०१२[क]
१०,००,००० पाठकहरूसन् २०१२[ख]
१०,०००,००० पाठकहरूसन् २०१३[‡ २]
५०,०००,००० पाठकहरूसन् २०१६ [१]
100,000,000 subscribersसन् २०१९[२]
अद्यावधिक २५ जुलाई २०२०

सन् २०१० मा उनको उपनाममा युट्युब च्यानल दर्ता गरेपछि, सेल्बुर्गले मुख्य रूपबाट त्रासपूर्ण र कार्यप्रधान भिडिओ खेलहरूका लागि टिप्पणी समाविष्ट चलदृश्यहरू आफ्नो खाता मार्फत सार्वजनिक गर्दथे। उनको च्यानलले अर्को दुई वर्षमा लोकप्रियतामा उल्लेखनीय बृद्धि हासिल गरेको थियो र जुलाई २०१२ मा उनको च्यानलका सदस्यहरू सङ्ख्या १० लाख पुगेको थियो। समय बित्दै जाँदा, उनको सामग्रीको शैलीमा विविधीकरण हुँदै अनुदैनिकी, हास्यप्रधान छोटा चलचित्र, र ढाँचा अनुसार सञ्चालित कार्यक्रम र साङ्गीतिक चलदृश्यहरूको पहुँचमा पुगेको थियो।

१५ अगस्ट २०१३ मा सेलबर्ग सबैभन्दा धेरै सदस्य भएको युट्युब च्यानल बनेको थियो। तथापि सन् २०१३ को अन्त्यमा युट्युबले नै सञ्चालन गरेको च्यानलले उनलाई उछिन्दै सर्वाधिक अनुसरण गरिएको युट्युब खाता बन्न पुगेको थियो भने पपछि डिसेम्बर २०१३ मा यी दुईवटा खाताहरू शीर्ष स्थानका लागि प्रतिस्पर्धा गरिरहेका थिए जहाँ उनले नै २३ डिसेम्बर २०१३ मा बाजि मारेका थिए। यस पश्चात् भारतीय रेकर्ड लेबल कम्पनी टि-सेरिजले सन् २०१७ को सुरुवात तिर उनलाई उछिन्दै शीर्ष स्थानमा पुगेको थियो। सन् २०१८ मा, यी दुईवटा युट्युब च्यानलको द्वन्द टि-सेरिजले एकदमै धेरै सदस्यहरू प्राप्त गरेसँगै सुरु भएको थियो। सन् २०१९ को अप्रिलमा उनको च्यानलमा महत्वपूर्ण बृद्धि भएको थियो, तथापि, २ अगस्ट २०२० सम्म, उनको च्यानल युट्युबमा सर्वाधिक सदस्यता भएको च्यानलको रूपमा दोस्रो स्थानमै रहेको थियो जहाँ उनको च्यानलका सदस्यहरूको सङ्ख्या १०.६ करोड रहेको थियो। २९ डिसेम्बर २०१४ देखि १४ फेब्रुअरी २०१७ सम्म, उनको च्यानल युट्युबमा सर्वाधिक हेरिएको युट्युब च्यानलको रूपमा रहेको थियो। २७ मे २०२० सम्म, उनको च्यानलले २५ अर्ब भन्दा बढी दृश्यहरू प्राप्त गरिसकेको छ जहाँ प्युडिपाई नामक उनको च्यानल युट्युबको मञ्चमा १६औँ सबैभन्दा धेरै हेरिएको च्यानलको रूपमा रहेको छ। उनको च्यानलको ग्राहक र अवलोकनको आधारमा, व्यक्तिद्वारा सञ्चालित खाताहरू मध्ये सर्वाधिक धेरैको दर्जा सूचीकृत छ। [४]

युट्युबमा सेलबर्गको लोकप्रियता र सञ्चार माध्यममा उनको व्यापक उपस्थितिले उनलाई सबैभन्दा उल्लेख गरिएको अनलाइन व्यक्तित्व र सामग्री निर्माताहरू मध्ये एक बनाएको छ। सन् २०१६ मा, टाइम पत्रिकाले उनलाई विश्वको १०० प्रभावशाली व्यक्तिहरू मध्ये एक नामकरण गरेको थियो।[५][६]

बाल्यकाल र शिक्षा

सेलबर्गले सालमार प्रविधि विश्वविद्यालयमा अध्ययन गरेका थिए।

सेलबर्गको जन्म २४ अक्टोबर १९८९ मा, स्विडेनको गोथेनबुर्गमा भएको थियो। उनी सोही सहरमा हुर्किएका थिए।[७][८] उनको आमाको नाम लोत्ता क्रिस्तिन योहान्ना (जन्म:७ मे १९५८) हो भने उनको बुबाको नाम उल्फ क्रिस्तियन सेलबर्ग (जन्म: ८ जनवरी १९५७) हो। उनी आफ्नो दिदी फान्नीसँग हुर्किएका थिए। उनकी आमा भूतपूर्व प्रमुख जानकारी अधिकृतको रूपमा कार्यरत थिइन् जहाँ उनले सन् २०१० मा, स्विडेनमा, वर्ष अधिकृतको रूपमा नामकरण प्राप्त गरेकी थिइन्।[९] उनका बुबा कार्यकारी अधिकृत हुन्।[९]

बाल्यकालमा, सेलबर्गको कलातर्फ चासो थियो र उनले मारियो एन्ड द सोनिक हेजहोग जस्ता लोकप्रिय भिडिओ खेलका पात्रहरू चित्रण गर्नुका साथसाथै आफ्नो सुपर निन्तेन्दो मनोरन्जन प्रणालीका भिडिओ खेलहरू खेल्ने तरिका र खेलको रमाइलो पक्षका बारेमा विस्तृत वर्णन गर्ने गर्दथे।[१०] उच्च विद्यालयमा अध्ययनरत रहँदा, उनले साथीहरूसँग इन्टरनेट क्याफेमा भिडिओ खेलहरू खेल्नका लागि कक्षा छोड्ने पनि गर्दथे।[११][१२] त्यसपछि उनले गोथनबुर्गमा रहेको सलमार प्रविधि विश्वविद्यालयबाट औद्योगिक अर्थशास्त्र र प्रविधि व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेका थिए तर सन् २०११ मा उनले विश्वविद्यालय छाडेका थिए।[१२] उनले युट्युबमा व्यावसायिक कार्यजिवन सुरु गर्नका लागि सलमार विश्वविद्यालय छोडेको बताइएको थियो। सन् २०१७ मा, सेलबर्गले आफ्नो अध्ययनको क्रममा उनको रुचि नभएको कारणले गर्दा पढाई छोडेको स्पष्ट पारेका थिए।उनका अनुसार," सामान्यतया, विश्वविद्यालय छोडेर युट्युबमा भविष्य देख्नु भनेको मुर्खता बाहेक केही होइन"।[१३][१४]

एडोब फोटोसपको प्रयोग गरेर विभिन्न प्रकारका तस्वीरहरू हेरफेर गर्ने बारे वर्णन गर्दै उनले यसको फाइदा र मज्जाको बारेमा पनि छलफल गरेका थिए।[१४] सालमारबाट छुटेपछि यो जोशलाई अनुसरण गर्दै, उनी फोटोसप प्रतियोगितामा प्रवेश गरेका थिए र एक प्रख्यात स्कान्डिनेभियाली विज्ञापन आयोग मार्फत यस सम्बन्धमा तालिम पनि प्राप्त गरेका थिए।[‡ ४] युट्युबमा सामग्री निर्माण गर्न पनि रुचि राखेका उनले, प्रशिक्षुता हासिल गरिसेकपछि, युट्युब भिडिओमा काम गर्न र कम्प्युटर किन्नको लागि आफूले हेरफेर तथा परिमार्जन गरेका तस्वीरहरूको सीमित संस्करणका मुद्रणहरू बेच्न सुरु गरेका थिए।[‡ ४]

दान कार्य

सेलबर्गको लोकप्रियताले उनीहरुलाई अनुदान संचयनको लागि समर्थन जुटाउन अनुमति दिएको छ। फेब्रुअरी २०१२ मा, सेलबर्ग किङ अफ द वेब नामक एक अनलाइन प्रतियोगितामा सहभागी भएका थिए। उनले समग्र उपाधि गुमाउन पुगेका थिए, तर उनी १ देखि १५ फेब्रुअरी २०१२ को मतदान अवधिको लागि "इन्टरनेटको दुनियाँमा खेलहरूको राजा"को बन्न पुगेका थिए। निम्न मतदान अवधिको अवधिमा, सेलबर्गले मत आफ्नो पक्षमा पार्दै प्रतियोगिता जित्न सफल भएका थिए र जितेको नगदलाई विश्व वन्यजीन्तु कोषमा दान गरेका थिए। उनले सन्त जुड बाल अनुसन्धान अस्पतालको लागि पैसा जुटाएका थिए र उनले "वाटर क्याम्पेन च्यारिटी" नामक एक अभियानको सुरुवात गरेका थिए जसको उद्देश भनेको उनको युट्युब च्यानलले प्राप्त गरेको १ करोड भन्दा सदस्यहरू मार्फत च्यारिटी: वाटर नामक एक गैरलाभकारी संस्थाका पैसा दान गर्नु थियो। सेलबर्गले अधिकतम $१०,००० सम्म, अभियान सङ्कलन गर्ने घोषणा गरेका थिए जहाँ उनले सार्वजनिक गरेको भिडिओले प्राप्त गरेको प्रत्येक ५०० अवलोकन बापत उनले १ डलरको दरले दान दिएका थिए। सेललबर्गले $२५०,००० अमेरिकी डलर जुटाउने लक्ष्य राखेका थिए तर यस अभियानको अन्त्य सम्म उनले $४४६,६१२ डलर उठाउन सफल भएका थिए। सेललबर्गले फेब्रुअरी २०१६ मा च्यारिटी: वाटरको लागि अर्को परोपकार अभियानको आयोजना गरेका थिए। अभियानले लक्ष्य गरिएको $१,००,००० डलर भन्दा पनि बढी रकम ($१५२,२३९) सङ्कलन गरेको थियो।

जुन २०१४ मा उनको च्यानलले, २ करोड ५० लाख सदस्यहरू पार गरेको उपलक्ष्यमा यनले सेभ द चिल्ड्रेनको लागि अर्को परोपकार अभियानको घोषणा गरेका थिए। यसले $२,५०,००० को लक्ष्य पार गर्दै $६,३०,००० रकम सङ्कलन गरेको थियो। स्विडेनी पत्रिका आइकनसँगको एउटा अन्तर्वार्तामा उनले यी अभियानहरू समय बित्दै जाँदा अघि बढाउने इच्छा व्यक्त गरेका थिए र जोन र हान्क ग्रीनलाई परोपकारका लागि अनौँठो भिडिओहरू बनाउने विचार दिएकोमा उनीहरूले उनीहरूलाई श्रेय दिएका थिए। यी भिडिओहरूलाई खेल निर्माता र विज्ञापनदाताहरूद्वारा $५०,००० सम्मको मूल्यहरूको लागि खरीद गरिएका थिए।

डिसेम्बर २०१६ मा, उनले क्रिन्गेमास नामक एक प्रत्येक्ष समारोहको आयोजना गरेका थिए जसलाई २ दिन सम्म सञ्चालन गरिएको थियो। प्रत्यक्षप्रवाहको क्रममा, तिनीहरूले वान क्याम्पेन नामक एब गैरलाभकारी संस्थाको एक लागि पैसा जुटाउन मद्दत गरेका थिए जसले अफ्रिकामा एचआइभी/एड्सको सङ्क्रमण हटाउन मद्दत गरेको थियो। पहिलो दिन पछि, कोष सङ्कलनकर्ताले $२००,००० भन्दा बढी रकम जुटाएका थिए भने प्रत्यक्ष प्रवाहको अन्त्य सम्ममा युट्युबले उनीहरूको लक्ष्य $१००,००० लाई दोब्बर गरेको थियो। उनीहरूले बिल र मेलिन्डा गेट्स फाउन्डेसनको सहयोगमा जम्मा १० लाख भन्दा बढी रकम सङ्कलन गरेको थियो।

३ डिसेम्बर २०१८ मा, आंशिक रूपमा भारतीयहरूमाथि निर्देशित उनका भिडिओहरूमा नस्लवादी टिप्पणीहरूको प्रतिक्रियामा, सेलबर्गले भारतीय बालबालिकालाई सहयोग पुर्‍याउने उद्देशका गो फन्ड मी मार्फत चाइल्ड राइट्स एन्ड यु (अनुवादित शीर्षक: बाल अधिकार र तपाई) मा रकम जुटाउन सुरु गर्ने घोषणा गरेका थिए।उनले ४ डिसेम्बरमा अनलाइन मार्फत प्रत्यक्ष समारोहको आयोजना गर्दै, यसको सबै रकम चाइल्ड राइट्स एन्ड यु लाई दान गरेका थिए। उनले यस अभियान मार्फत $२००,००० भन्दा बढि रकम सङ्कलन गरेका थिए।

२१ जुलाई २०१९ मा, सेल्बर्गले जुन २०१९ मा इन्टरनेट व्यक्तित्व एटिकाको आत्महत्याको क्रममा मानसिक रोगको बारेमा राष्ट्रिय गठबन्धनका लागि अमेरिकी अभिनेता ज्याक ब्ल्याकको साथ गो फन्ड मीमा कोष सङ्कलन गर्न सुरु गरेका थिए। जुन २०१९ मा, सेल्बर्ग र ज्याक ब्ल्याकले संयुक्त रूपमा माइनक्राफ्ट खेल्दै उनीहरूको कोष सङ्कलन कार्यलाई सहयोग पुर्‍याएका थिए। सेलबर्गले आफ्नो कोष सङ्कलन कार्य मार्फत उठाएको $१०,००० डलर दान गरेका थिए जहाँ उनले मानसिक रोगको बारेमा राष्ट्रिय गठबन्धनका लागि $३०,००० भन्दा बढी रकम उठाएका थिए।

सन् २०१७ को बेलायतको मानसिक स्वास्थ्य जागरूकता सप्ताहको अंशको रूपमा सेलबर्गले यसभन्दा अगाडि मानसिक स्वास्थ्यको विषयमा बोलेका थिए जसमा उनीसँगको आफ्नो सङ्घर्ष पनि बताएका थिए। उनले एक भिडिओमा मानसिक स्वास्थ्यलाई सहयोग पुर्‍याउन विभिन्न स्रोतहरू बारे प्रकाश पारेका थिए।

सेप्टेम्बर २०१९ मा आफ्ना १० करोड ग्राहकहरू प्ले बटनहरू प्राप्त गरेको अवसरमा, उनले एक भिडिओमा एक अन्तर्राष्ट्रिय यहूदी गैर-सरकारी संस्था एन्टी-डिफेमेसन लिगलाई $५०,००० डलर दाने घोषणा गरेका थिए।सेबर्गको समर्थकहरूले यसलाई विवादास्पद कार्य र एन्टी-डिफेमेसन लिगको धारणा उद्धृत गर्दै उनको निर्णयको आलोचना गरेको थियो।आफ्नो प्रारम्भिक घोषणाको दुई दिन पश्चात, उनले अर्को भिडिओमा आफ्नो चन्दा फिर्ता लिने निर्णय गरेको जानकारी दिएका थिए।उनले एन्टी-डिफेमेसन लिगलाई चन्दा दिन सल्लाह दिइएको उनले बताएका थिए। उनले भविष्यमा, तर एक उपयुक्त छनोट गर्न आफ्नो सामान्य प्रक्रिया पार गरिसकेपछि सोही संस्थालाई दान दिने समेत प्रष्ट पारेका थिए।३१ अक्टोबर २०१९ मा, उनले टिम ट्री नामक एब संस्थालाई दान दिएका थिए जहाँ उनको दान वनफडानी विरुद्ध रहेको थियो।

व्यक्तिगत जीवन

उनकी श्रीमति मार्जिया सेलबर्ग, उनका साथ केही विशेष दृश्यहरूमा देखा परेकी छिन्।

१९ अगस्ट २०१९ मा, सेलबर्गले लामो समय देखिको आफ्नो इटालेली प्रेमिका मार्जिया बिसोग्निनसँग विवाह गरेका थिए।[१५] उनीहरूको भेट सन् २०११ मा, उनकी श्रीमतीको साथको मार्फत भएको थियो। अनलाइन सम्बन्ध कायम गरेपछि उनी, मार्जियालाई भेट्न इटाली पुगेका थिए।[१६] उनीहरू घरि स्विडेन त इटालीमा बसोबास गर्दथे भने पछि उनीहरू इङ्ल्यान्डको ब्राइटनमा बस्न थालेका थिए।[७][१६][१७] जुलाई २०१३ मा, उनीहरू संयुक्त अधिराज्य समुद्रको वरिपरि बस्न सकिने र राम्रो इन्टरनेट जडान हुने हुँदा त्यहाँ गएको बताएका थिए।[१८] उनीहरूको जापानमा एउटा घर समेत रहेको छ।[१६][‡ ५]

आफ्नो राजनैतिक विश्वासको बारेमा सेलबर्गले आफू अराजनैतिक भएको बताएका थिए[१९] जहाँ र उनी "बामपन्थी र दक्षिणपन्थी" बीच "कहीँ रहेको बताएका थिए।[२०] उनका धार्मिक विचारहरू अस्पष्ट छन्, किनकि उनले एक सन् २०१९ को भिडिओमा " मैले आफूलाई धार्मिक रूपमा कसरी हेर्छु भनेर मलाई पनि थाहा छैन" भनेर बताएका थिए।[२१]

टिप्पणीहरू

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

ढाँचा:प्युडिपाई

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड