प्रकाश

प्रकाश एकप्रकारको शक्ति हो।विकिरणको आखाले देख्न सकिने प्रभागलाई प्रकाश भनिन्छ|[१]

प्रिज्मले प्रकाशको किरण छुट्यको

१९ औँ शताब्दीको सुरुसम्म प्रकाश एक रहस्य नै थियो। प्रकाशले गर्दा उज्यालो हुन्छ भनी सबैले बुझेका त थिए तर त्यसको गुण थाहा थिएन। प्रकाशको भेद खोल्न कयौँ परीक्षण गरियो। एक महत्त्वपूर्ण परीक्षण थोमस यङको थियो। यङले परीक्षणपछि भने- प्रकाशले कण सरह नभई तरङ सरह व्यवहार गर्छ तर तबसम्म पनि प्रकाशको गति पत्ता लागेको थिएन। सन् १८७८मा भौतिकशास्त्री ए.ए. मिचेलसनले प्रकाशको गति मापन र प्रकाशको गति असीमित नभएको प्रमाणित गर्न एक परीक्षण गरे। उनी प्रकाशको गति मापन गर्न सकिने मान्यतामा थिए।

जसका लागि उनले क्याम्पस नजिकपर्खालमा दुई वटा ऐनालाई केही दूरीमा एक अर्काको आमुन्नेसमुन्ने पर्ने गरी राखे। एक ऐनामा परेको प्रकाश परावर्तित भई अर्को ऐनामा पर्ने गरी सन्तुलन मिलाईएको थियो। दुबै ऐनाबीचको दूरी ६०५.४०२९ मिटर थियो। त्यसपछि मिचेल्सनले एक मेसिनद्वारा पहिलो ऐनालाई प्रतिसेकेन्ड २५६ पटकको दरले घुमाउन सुरु गरे भने अर्को ऐनालाई पहिले कै अवस्थामा स्थिर राखे।

अब उनले एक लेन्सद्वारा स्थिर रहेको ऐनामा प्रकाश फोकस गरे र त्यहाँबाट परावर्तित भई प्रकाश घुमिरहेको ऐनामा ठोक्कियो। पहिलो ऐना जोरसँग घुमिरहेकोले थोरै मात्र प्रकाश परावर्तित भइरहेको थियो। मिचेल्सनले घुमिरहेको ऐनाले परावर्तित गरिरहेको प्रकाश मापन गर्दा ५.२३६ इन्च मात्र पाए। त्यसपछि उनले त्यस तथ्याङ्कको प्रयोग गरी प्रकाशको गति हिसाब गरे। मिचेल्सनले प्रकाशको गति एक लाख ८६ हजार ३८० माइल प्रतिसेकेन्ड हुन्छ भनेका थिए।

आधुनिक उपकरणले प्रकाशको गति एक लाख ८६ हजार २८७.३९७ माइल प्रतिसकेन्ड मापन गरेको छ। यसरी हेर्दा मिचेल्सनको गणना लगभग सही थियो।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड