बर्दघाट नगरपालिका

बर्दघाट नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने नवलपरासी जिल्लामा अवस्थित एक नगरपालिका हो ।[२] बर्दघाट बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[३] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल जेष्ठ ४,२०७१ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा माकरपञ्चनगर गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।[४] आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा बर्दघाट पनि नगरपालिका बनेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन ।

बर्दघाट
Bardaghat
बर्दघाटको आधिकारिक छाप
देश नेपाल
अञ्चललुम्बिनी अञ्चल
जिल्लानवलपरासी जिल्ला
स्थापना२०७१ जेष्ठ ४
सरकार
 • मेयरधिरज शर्मा बस्याल
 • उप मेयरमाया देवी पौडेल
जनसङ्ख्या
 (बि.स.२०६८)
 • जम्मा३४,४१७[१]
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७८
वेबसाइटwww.bardghatmun.gov.np

परिचय

चितवन उपत्यकाबाट दाउन्ने पहाड भएर पश्चिम लाग्दा दाउन्ने पहाड सकिने बित्तिकै आउने नवलपरासी जिल्लाको प्रमुख वाणिज्य केन्द्र बर्दघाट हो । यो त्रिवेणी धाम जाने सडक र महेन्द्र राजमार्गको चोक बजार हो । बढदै गएको सञ्चार, खानेपानी तथा विद्युतको उपलब्धताले बर्दघाट द्रुततर गतीमा सहरीकरण तर्फ अघि बढीरहेको छ । बर्दघाटबाट सदरमुकाम परासी ३० कि.मी.को दुरीमा रहेको छ भने त्रिबेणी धाम २५ कि.मी.को दुरीमा रहेको छ । भरतपुर ७७ कि.मी. छ भने बुटवल ३८ कि.मी. रहेको छ ।

जनसङ्ख्या

माकरपञ्चनगर गाविसहरूलाई मिलाएर बर्दघाट नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर बर्दघाट नगरपालिकाको जनसङ्ख्या ३४,४१७ रहेको छ ।[१]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

ढाँचा:नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का स्थानीय तहहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड