बालकृष्ण सम

कवि, नाटककार, चित्रकार तथा साहित्यकार

बालकृष्ण सम नेपाली साहित्यका नाटककार र चित्रकार थिए । वि.सं. २००७ सालको क्रान्तिपछि सबै नेपालीसँग बराबर भएको देखाउन उनले'शमशेर जङ्बहादुर राणा' हटाई 'सम' थपेका थिए। उनी जनरल समर शमशेरका पुत्र थिए।

बालकृष्ण सम
प्रज्ञा भवन कमलादी, काठमाडौँमा रहेको बालकृष्ण समको सालिक

जन्म

बालकृष्ण समको जन्म वि.सं. १९५९ साल माघ २४ गते काठमाडौँको ज्ञानेश्वरमा भएको थियो।

शिक्षा

औपचारिक रूपमा उनले आई.एस्सी. सम्मको मात्र अध्ययन गरेका भए तापनि आफ्नै अध्ययनबाट उनले पूर्वीय एवं पाश्चात्य कला, साहित्य, धर्म, दर्शन, विज्ञान, इतिहास आदिको गम्भीर विवेचना गर्ने सामर्थ्य प्राप्त गरेका थिए। Lifeबहुमुखी प्रतिभाका धनी बालकृष्ण समले कविता, नाटक, कथा, प्रवन्ध, निवन्ध, जीवनी आदि विभिन्न क्षेत्रमा कलम चलाएका छन्। समलाई नेपाली साहित्यमा नाट्यसम्राट्को विशिष्ट सम्मान प्राप्त भएको छ। नेपाली साहित्यलाई बौद्धिकताको छाप दिने सम चित्रकार, अभिनेता, वक्ता र दार्शनिक चिन्तक पनि थिए। उनी रेडियो नेपालका निर्देशक र गोरखापत्रका सम्पादक पनि भएका थिए। दश वर्षमा कविता लेखी साहित्यिक यात्रा सुरु गरेका समको वि.सं. १९७७मा लेखिएको ' तानसेनको झरी ' प्रथम नाटक हो भने प्रथम प्रकाशित नाटकचाहिँ 'मुटुको व्यथा' (१९८६) हो। यसरी सुरु भएको उनको नाट्ययात्रा वि.सं. २०३५ सम्म चलिरह्यो। उनले नाटकका अतिरिक्त कविता, कथा, निबन्ध, आत्मसंस्मरण आदिमा पनि सशक्त कलम चलाएका छन्। कवितालाई बढी रुचाए पनि उनी नाटककै कारण प्रसिद्धिको शिखरमा पुगेका हुन्।

सेवा, पेसा र संलग्नता

कृतिहरू

डेढ दर्जनभन्दा बढी नाटक प्रकाशन गरेका समका प्रमुख नाटकहरूमा मुटुको व्यथा (१९८६), मुकुन्द-इन्दिरा (१९९४), प्रह्लाद (१९९५), अन्धवेग (१९९६), भक्त भानुभक्त (२०००), प्रेमपिण्ड (२००२), अमरसिंह (२०१०), स्वास्नीमान्छे (२०३३) आदि पर्दछन्। यी नाटकमध्ये मुटुको व्यथा, मुकुन्द-इन्दिरा, आदि सामाजिक हुन् भने अमरसिंह, भक्त भानुभक्त, भीमसेनको अन्त्य आदि ऐतिहासिक हुन्। त्यस्तै, ध्रुब, प्रह्लाद आदि पौराणिक नाटक हुन् भने स्वास्नीमान्छेचाहिँ स्वैरकल्पनात्मक प्रयोगवादी नाटक हो। अन्त्यका हिसाबले हेर्दा ध्रुब, प्रह्लाद, मुकुन्द-इन्दिरा आदि संयोगान्त तथा मुटुको व्यथा, अन्धवेग, प्रेमपिण्ड आदि दुःखान्त भएका छन्। उनका बोक्सी, नालापानीमा, बिरामी र कुरुवा, रणदुल्लभ जस्ता उत्कृष्ट र सबल एकाङ्कीहरू पनि प्रकाशित छन्। सङ्ख्यात्मक र गुणात्मक दुवै हिसाबले सम नेपाली नाटकका सर्वोच्च प्रतिभा वा नाट्यसम्राट् हुन्। कवितात्मक वा गद्यात्मक, संयोगान्त वा दुःखान्त, एकाङ्की वा पूर्णार्ङ्की, जुनैमा पनि सम सबलदेखिन्छन्।

लघुनाटक (एकाङ्की) देखि प्रेमपिण्ड जस्तो महानाटक दिएर नेपाली साहित्यलाई समृद्ध पार्ने सम बहुमुखी र नेपालीले गर्व गर्न लायक प्रतिभाशाली साहित्यकार हुन्। आधुनिक नेपाली नाटकका प्रारम्भकर्ताका रूपमा पनि उनको उत्तिकै ख्याति छ। नेपालका विश्वकोष मानिने समको साहित्यिक योगदानलाई कदर गरेर उनलाई रोयल नेपाल एकेडेमीका (हाल नेपाल प्रज्ञा प्रतिष्ठान) सदस्य र पछि उपकुलपतिसमेत बनाइयो।

क्र०सं०पुस्तकको नामविधाप्रकाशित गरेको साल (वि०सं०)
आगो र पानीखण्डकाब्य२०११
चिसोचूल्होमहाकाव्य२०१५
बालकृष्ण समका कविताकविता सङ्ग्रह२०३८
मुटुको व्यथानाटक१९८६
प्रह्लादनाटक१९९५
ध्रुबनाटक१९८६
अन्धवेगनाटक१९९६
मुकुन्द-इन्दिरानाटक१९९४
भक्तभानुभक्तनाटक२०००
१०नाटक२००२
११प्रेमपिण्डनाटक२००९
१२अमरसिंहनाटक२०१०
१३भीमसेनको अन्त्यनाटक२०१२
१४तलमाथिनाटक२०२३
१५तानसेनको झरीनाटक२०२६
१६अमितवासनानाटक२०२७
१७स्वास्नीमान्छेनाटक२०३३
१८मोतीरामनाटक२०३३
१९उ मरेकी छैननाटक२०३५
२०बोक्सीएकाङ्की१९९९
२१भतेरएकाङ्की२०१०
२२तपोभूमीएकाङ्की२०१४
२३चार एकाङ्कीएकाङ्की२०२०
२४माटोको ममताएकाङ्की२०२६
२५बिरामी र कुरुवाएकाङ्की२०२७
२६नियमित आकस्मिताप्रबन्ध२००५
२७मेरो कविताको आराधन उपासना १प्रबन्ध२०२३
२८मेरो कविताको आराधन उपासना २प्रबन्ध२०२९
२९समका तीन नाटकनाटक२०५९
३०समका एकाङ्कीएकाङ्की२०५९
३१Heroes of Nepalजीवनी1971

सम्मान/पुरुस्कार

उनको नाममा 'बालकृष्ण सम फाउन्डेसन' नामक साहित्यिक संस्था पनि स्थापना भएको छ।

मृत्यु

उनको मृत्यु वि.सं. २०३८ साल साउन ६ गते, पशुपति आर्यघाट, काठमाडौँमा भएको थियो।

यी पनि हेर्नुहोस्


सन्दर्भ सामग्रीहरू


🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड