भानुभक्त आचार्य

नेपाली भाषाका आदिकवि

भानुभक्त आचार्य (वि.सं.. १८७१ असार २९–१९२५ असोज ६) एक नेपाली भाषाका कवि, लेखक, र दार्शनिक थिए। आचार्य आधुनिक नेपाली भाषाका प्रारम्भिक लेखकहरू मध्ये एक थिए जसले भविष्यका नेपाली साहित्यको जग बसालेका थिए। उनलाई आदिकविको उपनामले सम्मान गरिएको छ।

भानुभक्त आचार्य
भानुभक्त आचार्यको तस्विर
भानुभक्त आचार्यको तस्विर
जन्मवि. सं. १८७१ असार २९
चुँदी रम्घा, तनहुँ, नेपाल
मृत्युवि सं. १९२५ असोज ६
सेतीघाट, तनहुँ
पेशाकवि
धर्महिन्दु धर्म

प्रारम्भिक जीवन

भानुभक्तको जन्म विक्रम सम्वत १८७१ असार २९ गते धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रूपमा तनहुँ जिल्लाको चुँदी रम्घामा भएको थियो।[१] उनका हजुरबुवा श्रीकृष्ण आचार्य जुम्ला जिल्लाको सिन्जा उपत्यकाबाट तनहुँ जिल्लामा बसाइँ सरेका थिए।[२] उनलाई आफ्नो हजुरबुवा श्रीकृष्ण आचार्यले सानै उमेरदेखि शिक्षा दिएका थिए।[३] उनका बुबा धनञ्जय राणा शासन कालमा सरकारी जागिरमा काम गर्थ्ये।[३] भानुभक्तको हजुरबुवाले नक्षत्र बलिदान विधि, कपुृर स्तोत्र, तीर्थ श्राद्ध, कार्तिक महात्म्य, ज्योतिष रत्नमाला जस्ता पुस्तकहरू संग्रहित र लेखेका थिए।[२]

पाहाड्को अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया
खूब् उच्चाकुल आर्यवंशि हुन गै सत्कर्ममा मन् दिया।
विद्यामा पनि जो धुरन्धुर भई शिक्षा मलाई दिया
उन्को नाति म भानुभक्त भनी हूँ यो जानिचिन्ही लिया।।

भानुभक्तको वंशावली
श्रीकृष्ण आचार्य????
धनञ्जय आचार्यधर्मावतीदेवी
चन्द्रकलादेवीभानुभक्त आचार्यचन्द्रकान्तादेवी
रमानाथशिवशङ्करलक्ष्मी

योगदान

१९५ वर्षअघि उदाएका नेपाली वाङ्ग्मयका ज्योति भानुभक्त आचार्य राणाकालीन सङ्कटपूर्ण, अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक हुन्। मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतीक रागीवन र मृत्युका प्रतीक रामको राजमहलबाट वनबास यात्रा लोकहितका निम्ति जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श उनले प्रचार गरे।

नेपाली जगतमा एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्य, देशप्रेम, जनवात्सल्य जस्ता समग्र विषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर भानुभक्तले नेपालको राष्ट्रिय विभूति जस्तो सम्मान पाएका हुन्।

कृतिहरू

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड