जुम्ला जिल्ला

जुम्ला जिल्ला नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने उच्च हिमाली जिल्ला हो । चन्दननाथ नगरपालिकाको खलङ्गा बजार जुम्ला जिल्लाको सदरमुकाम तथा यस क्षेत्रको शिक्षा, स्वास्थ्य तथा व्यापारिक केन्द्र पनि हो। १२औँ सताब्दीका राजा नागराजको राज्य स्थापना भएको जिल्लाको रूपमा पनि यो जिल्ला चिनिन्छ। नागराज हुँदै शोभान शाहीसम्मको जुम्ला एक स्वतन्त्र, स्वाधीन र खस सभ्यताको नेतृत्वदायी राज्य हो । यहाँ रैका राजवंश को एक शक्तिशाली राज्य मुकाम थियो। जुम्लाको रैका मल्ल राजाको राज्यको अर्को स्थान दुल्लु मानिन्थ्यो। यिनै ताम्रपत्रमा रैका/राईका आदेशलेखाउने जुम्लाको रैका मल्ल राजाको वंशज १४औं सताब्दी पछि डोटी गयो। यहाँका रैका राजा डोटी बिस्थापित भए पछि यस जिल्ला क्षेत्रमा कल्याल राजाको आधिपत्य स्थापित भएको थियो। यस भेगका कल्याल शाही ठकुरीहरू रैका राजा पछि स्थापित जुम्ला कल्याल बलिराजाका सन्तान हुन्।

जुम्ला जिल्ला
सिन्जा उपत्यका
कर्णाली प्रदेशमा जुम्ला जिल्लाको (गाढा पहेँलो) स्थानको अवस्थिति
कर्णाली प्रदेशमा जुम्ला जिल्लाको (गाढा पहेँलो) स्थान
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
सदरमुकामचन्दननाथ नगरपालिका
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिल्ला समन्वय समिति, जुम्ला
क्षेत्रफल
 • जम्मा२,५३१ किमी (९७७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१०८९२१
 • घनत्व४३/किमी (११०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
भाषाहरूनेपाली
वेबसाइटआधिकारिक वेबसाइट

नामकरण

परापूर्व कालदेखि यस जिल्लाको सदरमुकाममा रहेको स्वामी दत्तात्रेय मूर्तिलाई डस्न/टोक्न दुईवटा अजिंगर (नाग) आउँदा भेट्टाउन नपाउँदै स्वामी दत्तात्रेयको शक्तिले ती दुवै नाग एकैचोटी भष्म भए। यसरी भष्म भएका ती नागहरू पछि जुम्ल्याहा पहाडको रूपमा देखिएकाले जुम्ल्याहा शब्दको अपभ्रंश हुँदै यस जिल्लाको नाम जुम्ला रहन गएको हो भन्ने जनश्रुती छ।

प्रशासनिक विभाजन

जिल्लामा ८ स्थानीय तहहरू छन्, जसमध्ये १ नगरपालिका र ७ गाउँपालिका छन्।[१]

जुम्ला जिल्लाका स्थानीय तहहरू
स्थानीय तहवडा सङ्ख्याकेन्द्रजनसङ्ख्या
चन्दननाथ नगरपालिका१०भारतीवाडा२०,८८४
कनकासुन्दरी गाउँपालिकाविराट१२,९७७
सिंजा गाउँपालिकानराकेाट१२,७७८
हिमा गाउँपालिकाकालिकाखेतु१२,६१२
तिला गाउँपालिकाडुण्डेली१६,०७५
गुठिचौर गाउँपालिकाधलमुडी११,३४५
तातोपानी गाउँपालिकालिताकोट१४,६३८
पातारासी गाउँपालिकाडिल्लीचौर१७,१३५

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड