भिट्टेल

भिट्टेल समूह (भियतनामी: Tập đoàn Công nghiệp Viễn thông Quân đội), एसियाली राष्ट्र भियतनामको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक निगम हो। यो पूर्णतया सरकारी स्वामित्वमा रहेको कम्पनी हो र यसको सञ्चालन भियतनामको रक्षा मन्त्रालयले गर्दछ।

भिट्टेल समूह
व्यवसाय प्रकार
सरकारी कम्पनी
उद्योगदूरसञ्चार
स्थापितसन् १९६९
केन्द्रीय कार्यालयहनोई, भियतनाम
मुख्य व्यक्ति
लि डाङ डुङ (अध्यक्ष)
उत्पादनहरूमोबाइल सञ्जाल तथा दूरसञ्चार सेवाहरू
राजश्ववृद्धि $११ अर्ब (सन् २०१५)[१]
खुद आम्दानी
वृद्धि $२ अरब (सन् २०१५)[२]
कर्मचारी सङ्ख्या
५०,०००
मूल सङ्गठनभियतनाम शैन्य दूरसञ्चार समैह
वेबसाइटviettel.com.vn

सन् २०१७ सम्म, भिट्टेलका देश भित्र र बाहिर गरेर ५०,००० जना भन्दा बढी कर्मचारीहरू रहेका छन् [३] र यसले १० करोड १० लाख प्रयोगकर्ताहरूलाई सेवा प्रदान गरेको छ। [४]

यो सन् २०२० मा आंशिक रूपमा निजीकरण हुने बताइएको छ।

इतिहास

सन् २०१० मा, भिट्टेलले तेस्रो पुस्ता सेवाको सुरुवात गरेको थियो।[५]

डिसेम्बर २०११ मा, भिट्टेलले इभिएन दूरसञ्चारको अधिग्रहण गरेको थियो र अधिग्रहणको एक वर्ष पछि यसले आधिकारिक रूपमा खाताहरू स्थानान्तरण गरेको थियो।[६]

सन् २०१२ मा, भिट्टेलले मोबाइल फोनहरूको उत्पादन गर्दै चिनियाँ कम्पनी हुवावेसँग सहकारीता भङ्ग गरेको थियो। हुवावेले यस अघि भिट्टेलका फोनहरू उत्पादन गर्ने गरेको थियो।[७]

त्यस वर्ष, यसले विदेशी कामबाट पहिलो पटक लाभ उठाएको थियो। उक्त लाभ मुख्यतया कम्बोडियालाओसमा आधारित थियो।[८]

सन् २०१४ मा, भिट्टेलले तेस्रो पुस्ता सञ्जाल विस्तार गर्ने हेतु ताञ्जानियामा १ बिलियन अमेरिकी डलरको लगानी गर्ने घोषण गरेको थियो। [९][१०]

सन् २०१५ मा, भिट्टेलले चौथो पुस्ता सञ्जालको प्रक्षेपण गरेको थियो।[११]

सन् २०१७ मा, भिट्टेलले भियतनाममा चौथो पुस्ता सेवा सञ्चालनमा ल्याएको थियो।

सन् २०१८ मा, यसले आफ्नो नाम "Tập đoàn Viễn thông Quân đội"बाट "Tập đoàn Công nghiệp Viễn thông Quân đội" मा परिवर्तन गरेको थियो।

गतिविधि

घरेलु

सन् २०१२ को तथ्याङ्क हेर्ने हो भने भिट्टेलको राजस्वको आधारमा बजार साझेदारी ४०.६७% रहेको थियो। यसको मुख्य प्रतिस्पर्धीहरू, भिनाफोन (भियतनाम हुलाक तथा दूरसञ्चार समूहको स्वामित्वमा) जसको ३०% बजार साझेदारी रहेको छ र मोबिफोन १७.९% बजार साझेदारी रहेको छ। यसले लगभग ९०% बजार नियन्त्रण गरेको भने बाँकी ८% भियतना मोबाइल, ३.२% का साथ जी मोबाइल (पूर्व बिलाइन) र एस-फोन ०.१% ले बजार नियन्त्रण गरेका छन्। भिट्टेलको ५ करोड ८९ लाख ग्राहकहरू रहो छन् जबकि भिनाफोन र मोबिफोनका लगभग ७ करोड ग्राहकहरू रहेका छन् भने जी मोबाइल र भियतनाफोनको १ करोड ग्राहकहरू रहेका छन्।[६]

भिट्टेलले लाओस, कम्बोडिया, हाइटी, मोजाम्बिक र पेरूमा पनि दूरसञ्चार सेवाहरू विकास गरिसकेको छ।

अन्तर्राष्ट्रिय

भिट्टेल ग्लोबल इन्भेस्टमेण्ट संयुक्त पूँजी कम्पनी (भिट्टेल ग्लोबल)ले सबै विदेशी लगानीलाई हेर्दछ। भिट्टेलले सफलता पूर्वक एसिया, अफ्रिका, उत्तर अमेरिका र दक्षिण अमेरिका गरी ४ वटा महादेशहरूमा दूरसञ्चार सेवा विकास गरिसकेको छ। [१२]

यसले विदेशी कार्यहरूबाट पहिलो पटक सन् २०१२ लाभ उठाएको थियो। [८] उक्त लाभ मुख्यतया कम्बोडिया र लाओसमा आधारित थियो र पछि यसले सन् २०१४ मा विदेशी कार्यहरूबाट १.२ बिलियन अमेरिकी डलर राजस्व पनि हात पारेको थियो।

कम्पनीले सन् २०१५-२०१७ को अवधिमा विदेशी विस्तार प्रयोजनको लागि $ २.२३ बिलियन भन्दा बढी लगानी गर्न योजना बनाएको थियो।[१३] कम्पनी विकासशील देशहरूमा विस्तारमा ध्यान केन्द्रित रहेको छ र निकट भविष्यमा प्रजातान्त्रिक गणतन्त्र कङ्गो, इन्डोनेसिया, बङ्गलादेश, नेपाल, उत्तर कोरिया, बेलारूस र युक्रेनमा आफ्नो सेवा विस्तार गर्ने बताएको थियो।[१४]

सहायक र संयुक्त कम्पनी

भिट्टेलको मालिक, भियतनामको शैन्य दूरसञ्चार समूह (Tập đoàn Viễn thông Quân đội),ले विभिन्न अन्य कम्पनीहरूलाई पनि नियन्त्रण गर्दछ। [१५][१६]भियतनाम वितरण ( भिट्टेल आयात र निर्यात कम्पनी) एक इलेक्ट्रोनिक्स खुद्रा कम्पनी हो। यो भियतनाममा हेउलेट प्याकार्ड र फुजत्सुको आधिकारिक वितरक मध्ये एक हो।[१५] खुद्रा र त्यसपछिको बिक्री सेवा सञ्जाल विकासमा एचपीले भिट्टेललाई समर्थन गर्दछ।

  • भिट्टेल नयाँ सेवा विकास
  • भिट्टेल हुलाक
  • भिट्टेल लगानी र रियल इष्टेट
  • भिट्टेल अन्तर्राष्ट्रिय लगानी
  • भिट्टेल फुटबल प्रशिक्षण केन्द्र

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड