मनमोहन अधिकारी

नेपाल का भुतपुर्ब प्रधानमन्त्री

मनमोहन अधिकारी (१९७७ जेठ २८ - २०५६ वैशाख १३) नेपालका पूर्व प्रधानमन्त्री, प्रजातान्त्रिक योद्धा तथा राजनीतिज्ञ थिए। उनी दक्षिण एसियाकै इतिहासमा पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री थिए।[२] उनी नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य थिए। वि.सं. २०४६ को जनआन्दोलन ताका नेकपा मार्क्सवादीका अध्यक्ष रहेका अधिकारी २०४७ मा नेकपा मालेसँग पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बन्न पुगेका थिए।

मनमोहन अधिकारी
मनमोहन अधिकारी
नेपालको ३१औँ प्रधानमन्त्री
कार्यकाल
२०५१ मङ्सिर १४ – २०५२ भदौ २७
एकाधिपतिवीरेन्द्र
पूर्वाधिकारीगिरिजाप्रसाद कोइराला
उतराधिकारीशेरबहादुर देउवा
व्यक्तिगत विवरण
जन्म१९७७ जेठ २८ [१]
लाजिम्पाट, काठमाडौँ
मृत्यु२६ अप्रिल १९९९(1999-04-26) (उमेर ७८)
काठमाडौँ, नेपाल
राजनीतिक दलनेकपा एमाले
आफन्तहरू

काठमाडौँको लाजिम्पाटमा जन्मेका अधिकारीले आफ्नो बाल्यकाल विराटनगरमा बिताएका थिए। उनलाई वि.सं १९९४ मा वाराणसी अध्ययन गर्नको लागि पठाइएको थियो। उनको बिएस्सीको अध्ययन सकिन लागेका बेला १९९८ मा, मनमोहन भारत छोड आन्दोलन आन्दोलनमा सहभागी भएका थिए।[३] उनलाई ब्रिटिस सरकारले गिरफ्तार गरेको थियो र अन्य नेताहरूसँगै कारागार चलान भएका थिए। यहाँबाट उनको अध्ययन पनि पुरा हुन पाएन।

भारत बसाईमा नै मनमोहन कम्युनिस्ट आन्दोलनमा लागेका थिए। उनी भारतीय कम्युनिस्ट पार्टीमा शामिल थिए। भारतबाट विराटनगर फर्केपछि उनी त्यहाँ एक कारखानामा काम गर्न थाले र ट्रेड युनियनको नेता बनेका थिए।

२००४ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नेमध्ये उनी पनि एक थिए। बङ्गलादेशको स्वतन्त्रता युद्धको क्रममा पनि उनी पक्राऊ परेका थिए।[४]

प्रधानमन्त्री

२०५१ को मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि २०५१ मङ्सिर १४ मा सबैभन्दा ठुलो दल नेकपा एमालेको तर्फबाट उनी अल्पमतको सरकारको‎ प्रधानमन्त्री बनेका थिए।[५]

मन्त्रिपरिषद्

मन्त्रीहैसियतकार्य विभाजन
मनमोहन अधिकारीप्रधानमन्त्रीराजदरबार सम्बन्धी
माधवकुमार नेपालउप प्रधानमन्त्रीरक्षा र परराष्ट्र
केपी शर्मा ओलीमन्त्रीगृह
चन्द्रप्रकाश मैनालीमन्त्रीस्थानीय बिकास र आपूर्ति
भरतमोहन अधिकारीमन्त्रीअर्थ
राधाकृष्ण मैनालीमन्त्रीकृषि र् भूमी सुधार तथा व्यवस्था
मोदनाथ प्रश्रितमन्त्रीशिक्षा, सस्क्रिती तथा समाज कल्याण
प्रदीप नेपालमन्त्रीसूचना तथा सञ्चार
पद्मारत्न तुलाधरमन्त्रीश्रम र स्वास्थ्य
अशोककुमार राईराज्यमन्त्रीनिर्माण तथा यातायात
शलिममियाँ अन्सारीराज्यमन्त्रीवन तथा भू-संरक्षण
प्रेमसिंह धामीराज्यमन्त्रीआवास तथा भौतिक योजना
सुवासचन्द्र नेम्वाङराज्यमन्त्रीकानून, न्याय तथा संसदीय व्य्वस्था र सामान्य प्रशासन
भीमबहादुर रावलराज्यमन्त्रीवाणिज्य र पर्यटन तथा नागरिक उड्ड्यन
हरिप्रसाद पाण्डेराज्यमन्त्रीउद्योग र जलस्रोत

नेपाल अधिराज्यको संविधान २०४७ अनुसार, अल्पमतको सरकारलाई नौ महिनासम्म अविश्वास प्रस्ताव ल्याउन नमिल्ने व्यवस्था रहेको थियो।[६] नौ महिना पछि प्रधानमन्त्री अधिकारीका विरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो। उनको सरकार बनेको ९ महिनापछि अन्य पार्टीले समर्थन नदिएका कारण ढल्यो जुन नेपालको इतिहासमा ‘’’९ महिने सरकार’’’को रूपमा चिनिन्छ।[६]

२०५२ जेठ ३० मा प्रधानमन्त्री अधिकारीले राजा वीरेन्द्र समक्ष २०५२ मङ्सिर ७ मा प्रतिनिधि सभाको निर्वाचन मिति तोकेर संसद विघटनको प्रस्ताव गरेका थिए। अघिकारीले सरकारलाई काम गर्न नदिइएकाले सार्वभौम सत्ता सम्पन्न जनतामा जानुपर्ने राजनैतिक आवश्यकता रहेको तर्क दिएका थिए। प्रधानमन्त्रीको सिफारिसमा संसद विघटन भएको थियो।[७] यो कदम विरुद्ध सर्वोच्च अदालतमा मुद्धा परेको थियो। २०५२/ भदौ /१२ मा अदालतले सरकारको निर्णय उल्ट्याइएको थियो।[८] त्यसपछि २०५२/ भदौ /२५ मा उनले राजीनामा दिएका थिए।[९]

वि.सं २०५१ सालमा “आफ्नो गाउँ आफै बनाऔँ ” कार्यक्रम, महिला र पुरुषको नाममा संयुक्त रजिष्ट्रेशन पास र गाउँगाउँमा सहकारी जस्ता कार्यक्रम उनको कार्यकालमा ल्याइएको थियो।[१०] उनको सरकारले जेठ नागरिकलाई आ. व. २०५२।५३ देखि सुरु भएको ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई मासिक १०० रुपैया वृद्ध भत्ता दिन सुरुवात गरेको थियो।[११]

मृत्यु

२०५६ मा चुनाव प्रचार प्रसार गर्ने क्रममा उनी बेहोस भए र उनको मृत्यु भयो। उनको मृत्यु पछि, माधवकुमार नेपाल उनको पार्टीको नेताको रूपमा आए।

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड