मन्थली नगरपालिका

मन्थली नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलमा पर्ने रामेछाप जिल्लामा अवस्थित एक नगरपालिका हो।[२][३] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा रामेछाप जिल्लामा मन्थली, भलुवाजोर, सुनारपानी, कठजोर, भटौली, चिसापानीसालुगाउँ विकास समितिहरू लाई समेटेर मन्थली नगरपालिका घोषणा गरिएको हो।[३][४] मन्थली नगरपालिकाको केन्द्रभने मन्थलीबजार रहको छ।[२] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[४]

मन्थली नगरपालिका
देश नेपाल
विकास क्षेत्रमध्यमाञ्चल
अञ्चलजनकपुर अञ्चल
जिल्लारामेछाप जिल्ला
स्थापनामंसिर २०७१
सरकार
 • मेयररमेश कुमार बस्नेत
 • उप मेयरमाया कुमारी कार्की
क्षेत्रफल
 • जम्मा१३७.४ किमी (५३.१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२८,६५७
 • घनत्व२१०/किमी (५४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-४८
वेबसाइटwww.manthalimun.gov.np

जनसङ्ख्या

मन्थली नगरपालिका मन्थली, भलुवाजोर, सुनारपानी, कठजोर, भटौली, चिसापानीसालु गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ७ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा मन्थली नगरपालिकाको कूल जनसङ्ख्या २८,६५७ हुन्छ।[१]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस


🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड