माफाल्दा

माफाल्दा, चित्रकथाकी एउटा पात्र अर्थात् कपाल जिङग्रीङ भएकी एउटी सानी केटीको नाम हो। माफाल्दाका सृजक कीनो हुन्। आफ्नो सृजक जस्तै माफाल्दा पनि अर्जेन्टिनी हुन्। उनी एउटा मध्यम वर्गीय परिवारमा जन्मेकी हुन्। ल्याटिन अमेरिका तथा युरोपमा माफाल्दा निक्कै लोकप्रिय छिन्। उ प्रमुख पात्र भएको चित्रकथाहरूले प्राय: राजनीतिक विषय छोएको हुन्छ। माफाल्दा सँधै अत्यन्तै मीहीन पाराले हँसाउछिन्, जो कि वास्तवमा कीनोको आफ्नो विशेष स्टाईल हो। फुच्ची माफाल्दाका साथीसंगीहरू थुप्रै छन् तर सबैको यो संसारलाई हेर्ने तरिका आ-आफ्नै ढंगको छ। यी मध्ये विर्सनै नसकिनेहरू यसप्रकार छन्-मानोलिटो, अर्जेटिनामा उ भन्दा ठूलो पुँजीवादी सायदै कोही होला। सुसानिता, स्वतन्त्र विचारधारा भएकी तर भविष्यको लोग्ने एवं छोराछोरीमा अत्यन्तै समर्पित केटी। फिलिपे, कमिकको काल्पनिक दुनियाँमा रुमल्लिने दार्शनिक टाईपको दन्तुरे केटो। अनि माफाल्दा ? माफाल्दा रेडियो सुन्छे, विटल्सको गीतमा नाच्छे अनि संसारका विसंगतिहरू देखि दु:खी हुन्छे।

चित्र:Mafalda - 3924482936.jpg
माफाल्दा

References

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड