मारिफा

मारिफा (अरबी: المعرفة‎) (अनुवाद - ज्ञान) एक ग‌ैर नाफा मूलक अनलाइन विश्वकोश परियोजना हो जसले विकी प्रणालीको प्रयोग गर्दछ। यसले विकिपिडियाको समान अरबी विश्वकोश प्रदान गर्दछ। यसलाई १६ फेब्रुअरी २००७ मा नायल साफेईद्वारा स्थापित गरिएको थियो।[२][३] भातृ परियोजनाहरूमा पाण्डुलिपि दस्तावेज, स्रोत, सहयोगी पुस्तक, मञ्च, इडाँक खाता (असीमित भण्डारणको साथ), श्रव्य / श्रव्य दृश्य पुस्तकालय समावेश छन्।

मारिफा
गृह पृष्ठ
साइटको प्रकार
सन्दर्भ
उपलब्ध भाषाअरबी
मालिकमारिफा कोष
सर्जकनायल साफेई
युआरएलआधिकारिक वेबसाइट
अलेक्सा क्रमPositive decrease १२,३१९ (डिसेम्बर २०१९)[१]
व्यवसायिकह‌‌न
दर्तावैकल्पिक
चालु भएको मिति१६ फेब्रुअरी २०९७
वर्तमान स्थितिचालू

सेप्टेम्बर, २००७ मा, मारिफाले भारत सरकारबाट २५,००० पाण्डुलिपि तथा पुराना पुस्तकहरू अरबी लिपिमा प्राप्त गरेको थियो। यी पुस्तकहरू स्क्यान गरिएका चित्रहरू हुन् जुन भारतको उस्मानिया विश्वविद्यालय , हैदराबादमा भण्डारण गरिएको थियो। यी पुस्तकहरू अरबी, फारसी र अटोमन टुर्कीमा उपलब्ध थिए। मारिफाले उनीहरूको इलेक्ट्रोनिक प्रकाशन तुरून्त सुरू गर्दै तिनीहरूलाई निःशुल्क उपलब्ध गराएको थियो। अरबी सम्पदाको उल्लेखनीय विश्वव्यापी सांस्कृतिक केन्द्रहरू जस्तै सुलेमानी पुस्तकालय , इस्तानबुल र अजहर विश्वविद्यालय, काइरो सहितनर्थ क्यारोलिना विश्वविद्यालयले मारिफालाई अरबी पाण्डुलिपिहरूको लागि शीर्ष आठ स्रोतहरूमध्ये एकको रूपमा राखेका थिए।[४] मध्य पूर्व पुस्तकालय सङ्घले मारिफालाई आफ्ना सदस्यहरूलाई सिफारिस गर्दै भारत सरकारबाट अरबी र फारसी पुस्तक तथा हस्तलिपिहरू प्राप्त गर्नका लागि उद्धृत गरेको थियो।[५][६]

बहु सञ्चार माध्यम

लेख र मूल पाण्डुलिपिहरूको अतिरिक्त, मारिफाले यसको आगन्तुकहरूको लागि विविध प्रकारका सञ्चार माध्यमका परियोजनाहरू प्रदान गर्दछ। गृह पृष्ठमा, दर्शकहरूले संसारभरका विकास समाचारहरू भेट्टाउन सक्छन् जुन दैनिक रूपमा अद्यावधिक गरिन्छ। मारिफाले हालसालै एक श्रव्य दृश्य पुस्तकालय जोडेको छ जहाँ आगन्तुक, प्रशासक र अन्य आगन्तुकद्वारा उर्ध्वभरण गरिएका श्रव्य दृश्यहरू हेर्न सकिन्छ।

सन् २००९ को वसन्तमा, मारिफाले आगन्तुकहरूको लागि साप्ताहिक प्रत्यक्ष सम्मेलन व्याख्यानहरू प्रदान गर्न सुरु गरेको थियो मारिफाका सदस्यहरू र विश्वभरका आगन्तुकहरू उक्त अनलाइन सम्मेलनमा, विश्वव्यापी मुद्दाका बारेमा छलफल गर्न सक्दछन्। आगन्तुकहरू उनीहरूको कम्प्युटरमा वेब क्यामेरा र माइक्रोफोन राखेर र वास्तविक समयमा एक अर्कासँग कुराकानी पनि गर्न सक्दछन्। साप्ताहिक सम्मेलन एक अतिथि व्याख्याताले आफ्नो विशेषज्ञताको क्षेत्रको बारेमा बोल्दछन्। विगतका सम्मेलनहरूले यमनी सम्बन्ध विच्छेद आन्दोलन, सन् २००९ को इरानी राष्ट्रिय चुनाव र सोमालियाको वर्तमान सङ्कटको ऐतिहासिकताको आधारमा वार्ता समावेश गरेका छन्।

मारिफाले त्यस्ता सेवाका लागि खाता खोल्न सदस्यहरूलाई इडाँक खाताहरूको प्रस्ताव गर्दछ।

अरबी विकिपिडियासँग सम्बन्ध

मारिफाका संस्थापक, नायल साफेई सन् २००५ देखि सन् २००६ सम्ममा, विभिन्न लेखहरूको सङ्ख्यामा अरबी विकिपिडियामा योगदानकर्ताहरू मध्ये एक थिए। पछि उनीले अरबी विकिपिडियाको अधिग्रहणको रूपमा वर्णन गरेका थिए जसले गर्दा उनी प्रतिबन्धमा पुगेका थिए र उनले यसमा योगदान दिन छाडि मारिफाको गठन गरेका थिए।[७][८]

मारिफा, विकिपिडिया सहित धेरै अनुमति स्रोतहरूबाट सामग्रीहरूका साथ सुरु भएको थियो। मारिफाले यसको साइटको लागि विकी ढाँचाको प्रयोग गर्दछ तर यसले व्यक्ति, मुद्दा, र लेखहरूको प्रदान गर्दछ जुन अरबी विकिपिडियामा प्राय: फेला नपर्न सक्दछ।मारिफा प्राय: आधारभूत सामग्रीका लागि अङ्ग्रेजी र अरबी साइटहरूका सामग्रीहरूको प्रयोग गर्दछ तर मारिफाले थप विवरण, स्रोत, तस्वीर, र लेखहरूका लागि टिप्पणी प्रदान गर्दछ जुन अरबी विकिपिडिया नहुन सक्दछ। मारिफाका लेखहरू अरबीमा रहेका छन् तर बहुभाषी सूत्रबद्ध प्रणाली पनि समावेश छ।[९]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड