रत्ननगर नगरपालिका

रत्ननगर नगरपालिका नेपालको बागमती प्रदेशमा पर्ने चितवन जिल्लाको एक नगरपालिका हो। चितवन जिल्लाका तत्कालिन रत्ननगर र पञ्चकन्या गाउँ विकास समितिलाई वि.सं. २०५३ माघ ११ गते मिलाएर रत्ननगर नगरपालिका घोषणा गरिएको थियो। चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारा भनेर चिनिने यो नगरपालिकाभित्र नेपालको तेस्रो सबैभन्दा बढी पर्यटकहरूद्वारा भ्रमण गरिने सौराहा रहेको छ। वि.सं. २०७१ मङ्सिर १६ मा नेपाल सरकारको निर्णय र वि.सं. २०७१ पौष २८ गते नेपाल राजपत्रमा प्रकाशित भएअनुसार पिठुवाबछ्यौली गाविसहरू समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो। कुल १६ वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार ६९,८४८ रहेको छ।[३]

रत्ननगर
रत्ननगर नगरपालिका
Ratnanagar Munciplity
सौराहा तट
सौराहा तट
रत्ननगर is located in बागमती प्रदेश
रत्ननगर
रत्ननगर
नक्सामा रत्ननगर नगरपालिकाको अवस्थिति
रत्ननगर is located in नेपाल
रत्ननगर
रत्ननगर
रत्ननगर (नेपाल)
निर्देशाङ्क: २७°३७′उ॰ ८४°३०′पू॰ / २७.६१७°N ८४.५००°E / 27.617; 84.500 ८४°३०′पू॰ / २७.६१७°N ८४.५००°E / 27.617; 84.500
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाचितवन जिल्ला
नगरपालिकावि.सं. २०५३ माघ ११[१]
समावेश (गाविस)रत्ननगर र पञ्चकन्या
सम्मिलित (मिति)वि.सं. २०५३ माघ ११
समावेश (गाविस)पिठुवाबछ्यौली
सम्मिलित (मिति)वि.सं. २०७१ पौष २८[२]
सरकार
 • मेयरप्रलाद सापकोटा
 • उप मेयरयादव प्रसाद पाठक
क्षेत्रफल
 • जम्मा६८.६८ किमी (२६.५२ वर्ग माइल)
उन्नतांश
८० मिटर (२६० फिट)
जनसङ्ख्या
 • जम्मा६९८४८
 • घनत्व१०००/किमी (२६००/वर्ग माइल)
 • धर्मावलम्बी
हिन्दू मुस्लिम बौद्ध
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
हुलाक कोड
४४२०४[४]
वेबसाइटwww.ratnanagarmun.gov.np

नामकरण

टाँडीको नामले परिचित यस क्षेत्रमा तत्कालिन महारानी रत्न राज्यलक्ष्मी शाहको भ्रमण पछि तत्कालिन देवौली गाउँ पञ्चायतको नाम रत्ननगर गाउँ पञ्चायतमा नाम परिवर्तन गरिएको थियो।[५]

इतिहास

चितवन जिल्लामा रहेका नगरपालिकाहरू मध्ये रत्ननगर घोषणा क्रम अनुसार दोस्रो नगरपालिका हो।[५]

भूगोल

रत्ननगर नगरपालिकाको पूर्वमा खैरहनी नगरपालिका, पश्चिममा भरतपुर महानगरपालिका, उत्तरमा कालिका नगरपालिका र दक्षिणमा चितवन राष्ट्रिय निकुञ्ज रहेको छ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड