रामपुर नगरपालिका

रामपुर पाल्पा जिल्लामा अवस्थित एउटा नगरपालिका हो । साविक रामपुर गाबिसको बेझांड बजार रहेको ठाउँलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[२] यसलाई नगरपालिका घोषणा गर्दा रामपुर, गेझा, खालीवन, दर्छा र गाँडाकोट गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।

रामपुर
देश नेपाल
अञ्चललुम्बिनी अञ्चल
जिल्लापाल्पा जिल्ला
स्थापना२०७१ जेष्ठ ४
सरकार
 • मेयररमण बहादुर थापा (ने.का.)
 • उप मेयरविष्णु देवी घिमिरे आचार्य (ने.का.)
क्षेत्रफल
 • जम्मा१२३.३४ किमी (४७.६२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३५,३९६
 • घनत्व२९०/किमी (७४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७५
वेबसाइटwww.rampurmun.gov.np/ne

संक्षिप्त परिचय

रामपुर नगरपालिका नेपाल सरकारले २०७१ बैशाख २५ गते घोषणा गरेको ७२ नगरपालिका मध्येको एक विविध सम्भावना रहेको र भौगोलिक हिसावले ठूलो नगरपालिका हो । राजनीतिक विभाजनका हिसावले पश्चिमाञ्चल विकास क्षेत्र, लुम्बिनी अञ्चल, पाल्पा जिल्ला अन्र्तगत पूर्वि पाल्पामा अवस्थित सदावहार निर्मल, स्वच्छ एवं धार्मिक हिसावले पवित्र काली नदीको तटमा रहेको छ । परापूर्व कालमा नुन, उन र सुनको व्यापारको पैदल मार्ग बनेको रामपुर अहिलेको औद्योगिक तथा व्यापारीक केन्द्रको सम्भाव्य क्षेत्रको रूपमा रहेको छ ।

जिल्ला सदरमुकाम तानसेन देखी ६५ किलोमिटर पूर्वमा पर्ने यस रामपुर नगरपालिका राजधानी काठमाडौँ देखि पक्कि सडक हुंदै करिब ३७५ कि.मी. को दुरीमा छ भने प्रसिद्ध केलादी घाटमा निर्माण भएको पक्की पुल सुचारु भएपछि रामपुर काठमाडौँको दुरी छोटिएर २५० कि.मी. दुरी बनेको छ । यसको भौगोलिक अवस्थितिमा २७ डिग्री ३३ मिनेट देखी २७ डिग्री ५३ मिनेट उत्तरी अक्षांश र ८३ डिग्री ४६ मिनेट देखी ८३ डिग्री ५४ मिनेट पूर्वि देशान्तरमा रहेको छ । समुन्द्री सतहबाट ३५० मिटर देखी ११०० मिटर उचाईमा रहेको रामपुर नगरपालिकाले १२३.५ वर्ग कि.मि. क्षेत्र ओगटेको छ । पूर्वमा वाकामलाङ, पश्चिममा हेक्लाङ, सिलुवा, विरकोट उत्तरमा काली नदी पारी स्याङ्गजाको चापाकोट नगरपालिका, साँखर गा.वि.स., तनहुँको गजरकोट गा.वि.स. र दक्षिणमा पाल्पा जिल्लाको सहलकोट, झिरुवास, गल्धा गा.वि.स सिमानामा रहेका छन् ।

जनसङ्ख्या

रामपुर, गेझा, खालीवन, दर्छा र गाँडाकोट गाविसहरूलाई मिलाएर रामपुर नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर ३५,३९६ रहेको छ ।[३]

ब्यास बसपार्क

रामपुर नगरपालिका वडा नं ६ मा ब्यास बसपार्क[४] को घोषणा ।

सामुदायिक रेडियो

  • सामुदायिक रेडियो रामपुर

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड