रेकर्ड निर्माता

रेकर्ड निर्माता वा सङ्गीत निर्माताले ब्याण्ड वा कलाकारहरूका सङ्गीतहरूमा ध्वनि रेकर्डिङ र उत्पादनको निरीक्षण र प्रबन्ध गर्ने काम गर्दछन्। रेकर्ड निर्माता रेकर्डिङ प्रक्रियाको बेलामा धेरै, फरक फरक भूमिकाहरूमा रहेका हुन्छन्। उनीहरूले यस परियोजनाको लागि सङ्गीत विचारहरू सङ्कलन गर्न सक्छन्, ब्याण्ड वा कलाकारहरूसँग काम गर्नका लागि कभर गीत वा मूल गीतहरू चयन गर्न र तिनीहरूका गीत वा शब्दहरू सुधार गर्न मद्दत गर्दछन्।

रेकर्ड निर्माता
डेनमार्कमा चलिरहेको रेकर्डिङ
पेशा
नामरेकर्ड निर्माता, सङ्गीत निर्माता
पेशाको किसिम
व्यावसायिक
क्रियाकलाप क्षेत्र
सङ्गीत उद्योग
विवरण
दक्षतासाधन सम्बन्धि जानकारी, किबोर्ड सम्बन्धि जानकारी, गीतलेखन, व्यावस्था, स्वर प्रशिक्षण
रोजगारीको
क्षेत्र
रेकर्डिङ स्टुडियो
सम्बन्धित कार्य
रेकर्डिङ इन्जिनियर, कार्यकारी निर्माता, चलचित्र निर्माता, कलाकार र प्रदर्शक

एक सङ्गीतकारले:

  • स्टुडियो सङ्गीतकारहरूका एकलहरू चयन गर्दछ
  • लेखनमा सहयोग[१]
  • गीत व्यवस्थामा परिवर्तन गर्न र
  • स्टुडियोमा गायक/गायिका वा सङ्गीतकारहरूलाई स्वर प्रशिक्षण दिन्छन्।

निर्माताले सामान्यतया सम्पूर्ण प्रक्रियालाई प्रवर्द्धनबाट ध्वनि रेकर्डिङ र मिश्रणको चरणहरूमा पर्यवेक्षण गर्दछ र केहि अवस्थाहरूमा, अडियो मास्टरिङका चरणको सबै तरिकामा पनि काम गर्दछन्। निर्माताले यी भूमिकाहरू आफैले पनि प्रदर्शन गर्न सक्छन्, वा इन्जिनियर चयन गर्न र इन्जिनियरहरूलाई सुझावहरू प्रदान गर्न मद्दत गर्दछन्। निर्माताले, सङ्गीतकार र इन्जिनियरहरूलाई काम गरे बापत तिर्न सक्छन् र उनिहरूले परियोजना रेकर्ड लेबलको बजेट भित्र पूरा भयो कि भएन भनेर पनि सुनिश्चित गर्दछन्।

उपकरण र प्रविधि

मिक्सिङ कन्सोन

रेकर्ड निर्माताहरूले धेरै प्रविधिहरू प्रयोग गर्दछन्। आधुनिक-दिनहरूको रेकर्डिङमा, रेकर्डिङ र मिश्रण कार्य सामान्यतया डिजिटल ध्वनि कार्यस्थलहरू जस्तै प्रो टुल्स, लोजिक प्रो, अब्लेटन, क्युबेस, र एफएल स्टुडियो प्रयोग गरी कम्प्यूटर भित्र केन्द्रीकृत गरिन्छ जुन प्रायः थर्ड पार्टि (तेस्रो पक्ष) आभासी स्टूडियो प्रविधि प्लगइन्स प्रयोग गरिन्छ।[२] लोजिक प्रो र प्रो टुल्स उद्योग मानक डिजिटल ध्वनि कार्यस्थान मानिन्छन्।[३][४] तथापि, त्यहाँ मुख्य मिक्सर, आउटबोर्ड इफेक्ट गियर, सङ्गीत उपकरण डिजिटल इन्टरफेस नियन्त्रकहरू, र रेकर्डिङ उपकरण पनि रहेका छन्।

जबकि धेरै सङ्गीत उत्पादन परिष्कृत सफ्टवेयर प्रयोग गरी गरिन्छ, केहि सङ्गीतकार र निर्माताहरू पुरानै एनालग प्रविधि माइन्युट्रिनै रोज्दछन्। नयाँ प्रक्रिया र नयाँ उपकरणहरूको वृद्धिले सङ्गीतकार र निर्माताहरूको लागि नियन्त्रण र हेरफेर स्तरलाई कम गरेको निर्माता अल्बिन ज्याक दावी गरेका छन्।[५]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड