ललितपुर महानगरपालिका

काठमाडौं उपत्यकामा रहेको शहर, नेपाल

ललितपुर नेपालको बागमती प्रदेश स्थित ललितपुर जिल्लामा रहेको महानगरपालिका हो। ललितपुर काठमाडौँ उपत्यकामै काठमाडौँ सहरसँग उत्तरको सिमा जोडीएको सहर हो र युनेस्को विश्व सम्पदा सूचीमा सुचिकृत पाटन दरवार यसै सहरमा रहेको छ। नेपालका केही केन्द्रीय कार्यलय व्यापार गृह तथा आवास क्षेत्र रहेको यो सहरमा प्रसिद्ध कुम्भेश्वर मन्दिर, पटन बौद्ध विहार, कृष्ण मन्दिर आदी छन।

ललितपुर महानगरपालिका
पाटन
पाटन दरबार क्षेत्र
ललितपुर महानगरपालिकाको आधिकारिक छाप
ललितपुर महानगरपालिका is located in बागमती प्रदेश
ललितपुर महानगरपालिका
ललितपुर महानगरपालिका
नेपालमा रहेको ललितपुर
ललितपुर महानगरपालिका is located in नेपाल
ललितपुर महानगरपालिका
ललितपुर महानगरपालिका
ललितपुर महानगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°४०′उ॰ ८५°१९′पू॰ / २७.६६७°N ८५.३१७°E / 27.667; 85.317 ८५°१९′पू॰ / २७.६६७°N ८५.३१७°E / 27.667; 85.317
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाललितपुर जिल्ला
सामेल१९१८
सरकार
 • मेयरचिरीबाबु महर्जन
 • उप मेयरगीता सत्याल
क्षेत्रफल
 • जम्मा१५.४३ किमी (५.९६ वर्ग माइल)
जनसङ्ख्या
 (बि.स.२०६८)
 • जम्मा२२०८०२
 • घनत्व१४०००/किमी (३७०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टल कोड
४४७००
क्षेत्रीय सङ्केत०१
वेबसाइटललितपुर

भूगोल

ललितपुर बागमती नदीको दक्षिणी भागमा अवस्थित छ। यहाँको जनसङ्ख्या करिब बि.स.२०६८ को जनगणना अनुसार २,२०,८०२ रहेको छ र यसले कुल ४.५९ बर्ग किलोमिटर भू-भाग ओगटेको छ। पाटन नेपालको चौथो ठुलो सहर हो। यसका भोगौलिक निर्देशांकहरू यस प्रकार रहेका छन्-

  • अक्षांश २७°४०'४५.२५" उ.
  • देशान्तर ८५°१९'३७.२३" पू.

पर्यटकीय स्थलहरू

पाटन दरबार क्षेत्र

मुख्य लेख:पाटन दरवार क्षेत्र

प्राची‍न मल्ल दरबार ललितपुरको सबैभन्दा रमणीय स्थलमा पर्दछ। मङ्गलबजार भनेर पनि चिनिने यस दरबार क्षेत्र पर्यटकीय दृष्टिकोणले ज्यादै नै महत्त्वपूर्ण छ। पर्यटकहरूमा मात्र नभई स्थानीय बासिन्दामा पाटन दरबार क्षेत्र अत्यन्त लोकप्रिय छ। साँझ खुला हावा खान थुप्रै पाटनवासीहरू यहाँ आउने गर्दछन्। पाटन दरबार क्षेत्र एक धार्मिक क्षेत्र पनि हो। यहाँ कृष्ण मन्दिर, भिमसेनथान, नारायण मन्दिर जस्ता मन्दिरहरू पनि छन्। हरेक दिन बिहान यहाँ भक्तजनहरूको घुइँचो लाग्‍ने गर्दछ।

बंगलामुखी

पाटन दरवार क्षेत्रबाट करीब पाँच मिनेटको हिडाइँ पछि बंगलामुखी मन्दिर पुगिन्छ। बंगलामुखीमा हरेक बिहिवार मानिसहरू पूजा गर्न आउने गर्दछन्। जनाई पूर्णिमाको दिनमा यहाँ मेला लाग्ने गर्दछ।

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड