लुकास पोडोलस्की

जर्मन फुटबल खेलाडी

लुकास 'जोसेफ' पोडोल्स्की (जर्मनेली उच्चारण: [ˈluːkas poˈdɔlski] वा IPA: [ˈwukaʂ poˈdɔlski] जन्म:४ जुन १९८५) जर्मन फुटबलर हुन् जो टर्कीस क्लब गालातासराय र जर्मनी राष्ट्रिय फुटबल टोलीबाट फरवार्डको रूपमा खेल्दछन् । उनी २०१५ जनवरीमा इङ्ग्लीस क्लब आर्सनलबाट ऋणमा इन्टर मिलान प्रवेश गरेका थिए भने २०१५ सम्मर ट्रान्सफर विन्डो खुल्नासाथ उनी टर्कीस क्लब गालातासरायमा ट्रान्सफर गरिएका थिए । उनी विशेष गरी आफ्नो बायाँ खुट्टाले बायाँ दिशाबाट गर्ने सशक्त प्रहारका कारण चिनिन्छन् । एफसी कोल्नबाट २००३ मा सिनियर क्लब करियर सुरू गरेका उनले बायर्न म्युनिखमा स्थानान्तरण हुनु अघि ८१ क्याप जितेका थिए । २००९ मा एफसी कोल्नमा फर्कनुअघि उनले बायर्नलाई २००८ को बुन्डेसलिगा उपाधि जिताएका थिए । २०१२ मा उनले प्रिमियर लिग क्लब आर्सनलका लागि खेल्ने निर्णय गरे जसलाई २०१४ को एफए कप जिताउन उनी सफल भए । पोल्याण्डमा जन्मिएका पोडोल्स्कीले २००४ मा जर्मन टोलीबाट फुटबल जीवन सुरू गरे र त्यसयता उनले जर्मन राष्ट्रिय फुटबल टोलीबाट ६ वटा प्रमुख अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका छन्, जसमा २०१४ को फिफा विश्वकप विजय पनि समावेश छ ।

लुकास पोडोल्स्की
२०१४ मा लुकास पोडोल्स्की
व्यक्तिगत जानकारी
पुरा नामलुकास जोसेफ पोडोल्स्की[१]
उचाइ१.८२ मी (६ फिट ० इन्च)[२]
खेल्ने स्थान(हरू)अग्रपंक्ति[३]
क्लब जानकारी
वर्तमान टोली
गालातासराय
सङ्ख्या११
युवा करियर
१९९१–१९९५एफसी ०७ बेगहिम
१९९५–२००३१. एफसी कोल्न
वरिष्ठ करियर*
वर्षटोलीउपस्थिति(गोल)
२००३१. एफसी कोल्न II(०)
२००३-२००६१. एफसी कोल्न८१(४६)
२००६–२००९बायर्न म्युनिख७१(१५)
२००७–२००८बायर्न म्युनिख II(०)
२००९–२०१२१. एफसी कोल्न८८(३३)
२०१२–२०१५आर्सनल६०(१९)
२०१५इन्टर मिलान (ऋण)१७(१)
२०१५-गालातासराय३४(१५)
अन्तर्राष्ट्रिय करियर
२००१-२००२जर्मनी यू-१७(२)
२००२–२००३जर्मनी यू-१८(४)
२००३जर्मनी यू-१९(६)
२००४जर्मनी यू-२१(०)
२००४–२०१६जर्मनी१२९(४८)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १२ सेप्टेम्बर २०१५
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १२ सेप्टेम्बर २०१५

सम्मान

क्लब

कोल्न
  • २. बुन्डेसलिगा: २००४-०५[४]
बायर्न म्युनिख[४]
आर्सनल[४]
गालातासारे
  • टर्कीस सुपर कप: २०१५

अन्तर्राष्ट्रिय

जर्मनी[४]

व्यक्तिगत

  • FIFA World Cup Best Young Player: 2006
  • Silbernes Lorbeerblatt: 2006, 2010,[५] 2014[६]
  • UEFA Euro 2008 Team of the Tournament[७]
  • UEFA Euro 2008 Silver Boot
  • Arsenal Player of the Month: April 2014[८]
  • 2.Bundesliga top goalscorer: 2004-05

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Awards
पूर्वाधिकारी जीलेट उत्कृष्ट युवा खेलाडी
२००६
पछिल्लो
थोमस मुलर
पूर्वाधिकारी
रूड भान निस्टेलरोय & वाइने रुनी
यूइएफए यूरो सिल्भर बुट
२००८
पछिल्लो
Incumbent
🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड