लुम्बिनी प्रदेश सभा

लुम्बिनी प्रदेश सभा लुम्बिनी प्रदेशको एकसदनात्मक प्रदेश सरकार र कानून निर्माण गर्ने निकाय हो। नेपालको सात प्रदेशमध्ये एक, लुम्बिनी प्रदेशको प्रादेशिक राजधानी रूपन्देही जिल्लाको बुटवलमा रहेको छ।[१] प्रादेशिक सभामा ८७ जना विधायक सदस्यहरू छन् जसमध्ये ५२ जना पहिलो पटक मतदान मार्फत निर्वाचित भएका थिए भने ३५ जना समानुपातिक तर्फबाट निर्वाचित भएका थिए। सभाको अवधि पाँच वर्षको रहेको छ।[२]

लुम्बिनी प्रदेश सभा
लुम्बिनी प्रदेेशको प्रथम सभा
प्रकार
प्रकारएकसदनात्मक
इतिहास
नयाँ कार्यकालको सुरुवात
२०७४ माघ २१
नेतृत्वकर्ता
सभामुख
पूर्णबहादुर घर्ती, नेकपा
पदासीन: २०७४ माघ २८
उप-सभामुख
कृष्णी थारू, नेकपा
पदासीन: २०७४ फागुन ५
मुख्यमन्त्री
शङ्कर पोखरेल, नेकपा
पदासीन: २०७४ फागुन ४
प्रतिपक्ष दलको नेता
वीरेन्द्रकुमार कनेडिया, नेका
पदासीन: २०७४ माघ २६
संरचना
राजनीतिक दल
सरकार (३८)

प्रतिपक्ष (१९)

अन्य प्रतिपक्ष (२२)

कार्यकाल अवधि
५ वर्ष
निर्वाचन
सिट:
  • ५२ सिट - सरल बहुमत प्रणाली
  • ३५ सिट - समानुपातिक
पछिल्लो निर्वाचन
मङ्सिर १० र मङ्सिर २१, २०७४
आउने निर्वाचन
२०७९
बैठक स्थल
उद्योग वाणिज्य सङ्घको भवन, बुटवल, रूपन्देही
वेबसाइट
pradeshsabha.p5.gov.np
संविधान
नेपालको संविधान

२०७४ प्रतिनिधिसभा निर्वाचन पश्चात्, वि.सं. २०७४ मा वर्तमान प्रथम प्रदेश सभाको गठन भएको थियो। निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को गठबन्धनले बहुमत प्राप्त गरेको थियो। आगामी निर्वाचन वि.सं. २०७९ मा यसको कार्यकाल सकिए पछि हुन्छ।

इतिहास

गण्डकी प्रदेश सभा नेपालको संविधान २०७२को धारा १७५ बमोजिम गठन भएको थियो। उक्त व्यवस्थाले मुलुकका प्रत्येक प्रदेशका लागि प्रादेशिक संसदको प्रत्याभूति गरेको छ। नेपालका सातै प्रदेशका लागि पहिलो प्रदेश सभा निर्वाचन २०७४ सालमा सम्पन्न भएको थियो र लुम्बिनी प्रदेश निर्वाचन प्रतिनिधिसभा तर्फको ८७ सिटका लागि सम्पन्न भएको थियो।[३] यस चुनावको परिणामस्वरूप नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गठबन्धनको विजय भएको थियो। २०७५ जेठ ३ मा, यी दुई पार्टीहरू एकआपसमा गाभिएर नेपाल कम्युनिष्ट पार्टीको गठन भएको थियो जसको कारण यसले अत्याधिक बहुमत प्राप्त गरेको थियो।[४] पछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट शङ्कर पोखरेलको नेतृत्वमा गठबन्धन सरकारको गठन भएको थियो। नेकपा माओवादीका पूर्णबहादुर घर्ती[५] प्रदेश सभाका प्रथम सभामुख हुन् भने प्रथम उप-सभामुख कृष्णी थारू हुन्।[६]

सभाहरूको सूची

निर्वाचन वर्षसभाकार्यकाल सुरुवातकार्यकाल अन्त्यमुख्यमन्त्रीसभामुख
२०७४पहिलो सभा२०७४ माघ १८बहालवालाशङ्कर पोखरेल (नेकपा)
(मन्त्रिपरिषद्)
पूर्णबहादुर घर्ती (नेकपा)

हालको संरचना

दलसंसदीय दलको नेतासिट
नेपाल कम्युनिष्ट पार्टीशङ्कर पोखरेल६१
नेपाली काङ्ग्रेसवीरेन्द्रकुमार कनेडिया१९
जनता समाजवादी पार्टी, नेपालसाहसराम यादव
राष्ट्रिय जनमोर्चातारा जिसी
जम्मा८७

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड