विकिपिडिया:आफैंमा रमाउनुहोस

यो एक निबन्ध हो । यो विकि निति नभई सुझाव पृष्ठ हो ।

विकिपिडियामा लेख्नु/सम्पादन गर्नु कहिलेकाहीँ अप्ठ्यारो काम पनि हुन सक्छ । प्रत्येक दिन अनेक प्रकारका समस्याहरू आई लाग्छन् र सुल्झिन्छन् । कहिलेकाँही लेखकहरू बीच एक आपसमा कुनै कारणमा मतभेद पनि हुन्छ । हामी चाहन्छौं कि तपाईं विकि सम्पादनलाई एक रमाइलो कार्यका रुपमा लिनुहोस् ।

विकिपिडियाको उद्देश्य एक स्वतन्त्र विश्वज्ञानकोश बनाउनु हो । तपाईं यहाँ मात्रै आत्म आनन्द प्राप्त गर्नका लागि सम्पादन गर्नुहुोस् । यस कुरालाई आफ्नो मनमा अवश्य राख्नुहोला । विकिपिडियालाई बोझ नठान्नुहोला । तपाईं ज्ञानका सागरमा पौडिनुहोस् तर नडुब्नुहोस् । यदी तपाईं विकिपिडियामा सम्पादन गर्दा रमाउनु हुन्न भने तपाईं सम्पादन गर्न हाललाई छाडिदिनुहोस् र पुन: पछि फर्कनुहोस् । विकिपिडियामा सम्पादनलाई एक असल कार्यका साथै रमाइलोको रुपमा लिनुहोस्, तपाईं के गर्दै हुनुहुन्छ, उक्त कुरा पनि बुझ्नुहोस् तर विकिपिडियामा सम्पादनलाई बोझयुक्त कार्यका रुपमा नलिनुहोस् ।

ध्यान राख्नुहोस्:

  1. उचित तरिकाहरू सहित संवाद गर्नुहोस् ।
  2. यदि तपाईंलाई अधिक कष्ट भयो भने प्रबन्धकहरुलाई बताउनुहोस्। आवश्यकता भएमा तपाईं विकि-छुट्टीमा पनि जान सक्नुहुन्छ।
  3. यो मात्र इन्टरनेट हो, आरामसित सम्पादन गर्नुहोस् ।

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड