वेलकम टु न्यु योर्क (गीत)

"वेलकम टु न्यु योर्क" अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्ट को गीत हो जुन उनको पाँचौँ स्टुडियो एल्बम १९८९ लागि रेकर्ड गराइएको थियो। एल्बमको दोस्रो एकलको रूपमा यस गीत २० अक्टोबर २०१४ मा बिग मेसिन रेकर्ड्स र रिपब्लिक रेकर्डस् द्वारा रेडियोमा सार्वजनिक गरिएको थियो। स्विफ्टले यस गीतबाट आर्जित सबै रकमलाई न्यू योर्क सिटि डिपार्टमेन्ट अफ एजुकेसनका लागि दान गरेकी थिइन्।[२]

"वेलकम टु न्यु योर्क"
टेलर स्विफ्टको एकल
सार्वजनिक२० अक्टोबर २०१४ (2014-10-20)
ढाँचाडिजिटल डाउनलोड
किसिमसिन्थ-पप[१]
लम्बाई:३२
लेबलबिग मेसिन
गीतकार(हरू)
रेकर्ड निर्माता(हरू)
  • रायन टेडर
  • टेलर स्विफ्ट

पृष्ठभूमि र सार्वजनिक

स्विफ्ट १९८९ विश्व भ्रमणमा "वेलकम टु न्यु योर्क"को प्रस्तुति दिँदै

वेलकम टु न्यु योर्क गीतलाई पहिलो पटक डिजिटल डाउनलोड द्वरा आइट्युन्समा २० अक्टोबर २०१४ मा सार्वजनिक गरिएको थियो। यो गीत १९८९ एल्बमको सुरुवाती गीतको रूपमा रहेको छ।[३] डिजिटलमा सार्वजनिक गर्नु भन्दा अगाडि स्विफ्टले आफ्नो आधिकारिक युट्युव खातामा ३० सेकेन्डको नमुना सङ्गीत सार्वजनिक गरेकी थिइन्। स्विफ्टले गीतको बारेमा इ! अनलाइनसँगको अन्तरबार्तामा भनेकी छन्,"मैले त्यो सहरमा पाएको प्रेरणा वर्णन गर्न कठिन छ र मैले मेरो जीवनमा अनुभव गरेको प्रेरणाको कुनै अन्य बललाई तुलना गर्न गाह्रो छ"।[४][५] उनले सञ्चार माध्यमसँगको अन्तरबार्तामा,"तपाईँ यस प्रकारको सङ्गीत र यो पहिलो गीत विशेष गरी प्रतिबिम्बित देख्न सक्नुहुन्छ"।[६] गीतको बारेमा बर्णन गर्दै स्विफ्टले एल्बममा पहिलो गीतको रूपमा वेलकम टु न्यु योर्क सार्वजनिक गर्न चाहन्थिन् किनभने "न्यूयर्क सहरले मेरो जीवनको कथाको लागि पछिल्लो दुई वर्षमा महत्त्वपूर्ण परिदृश्य स्थान बनेको छ" भनेकी थिइन्।[७]

बनावट

वेलकम टु न्यु योर्क गीत एक सिन्थ-पप सङ्गीत हो जसलाई टेलर स्विफ्ट र रायन टेडरले लेखेका हुन्।[८] यस गीतलाई स्विफ्ट, टेडर र नोयल जेनकेनल्ल द्वरा निर्माण गरिएको थियो।[९] यस गीतको लम्बाइ ३ मिनेट ३२ सेकेन्ड रहेको छ। यस गीत मध्यम गतिमा रेकर्ड गराइएको छ भने गीत ११७ बीत प्रति मिनेटले चल्छ।[१०] यस गीतमा स्विफ्टको आवाज डि४ देखि डि५ सम्म फैलिएको छ।[११]

चार्ट प्रस्तुति

वेलकम टु न्यु योर्क गीतले बिलबोर्ड हट १०० चार्टमा शीर्ष ४८ मा आएको थियो। २२ जनवरी २०१५ मा गीतले अमेरिकामा १ मिलियन प्रतिलिपी बिक्री गरेका कारण अमेरिकी रेकर्डिङ उद्योग सङ्घ द्वरा प्लेटिनम प्रमाणपत्र प्राप्त गरेको थियो।[१२]

गीतले ओसिनियाको आधिकारिक चार्टमा पनि राम्रो प्रगति गरेको थियो। गीत अष्ट्रेलियाले आधिकारिक चार्टमा शीर्ष ६ र न्युजिल्यान्डको आधिकारिक चार्टमा शीर्ष २३ स्थान प्राप्त गरेको थियो। हङ्गेरी आधिकारिक चार्ट हङ्गेरी सिङ्गल १०० मा गीतले १६अौँ स्थान प्राप्त गरेको थियो भयो क्यानडामा गीत १९अौँ स्थान, स्पेनमा २१अौँ, डेनमार्कमा २७अौँ र संयुक्त अधिराज्यमा ३९अौँ स्थानम आएको थियो।

आवरण संस्करण र मिडिया उपयोग

अमेरिकी गायक रायन एडम्सले उनको १५अौँ स्टुडियो एल्बम १९८९का लागि वेलकम टु न्यु योर्कको रक संस्करण रेकर्ड गराएका थिए। वेलकम टु न्यु योर्क गीत हाउ टू बी सिङ्गलडान्स एकेडेमी: द मुभि एण्ड द सिक्रेट पार्ट अफ लाईफ जस्ता चलचित्रहरूमा पनि समावेश भएको छ। यो गीत टिएसजी पिक्टर इन्कारनेसनको मुख्य गीतको रूपमा पनि प्रयोग भएको थियो। [१३]

चार्ट

चार्ट तालिका (२०१४)शीर्ष
स्थान
 अस्ट्रेलिया (एरिया)[१४]२३
 क्यानडा (क्यानडेली हट १००)[१५]१९
डेनमार्क (ट्र्याकलिसन)[१६]२७
 स्पेन (स्पेनी सङ्गीत उत्पादक)[१७]२१
 संयुक्त राज्य अमेरिका (बिलबोर्ड हट १००)[१८]४८
 संयुक्त राज्य अमेरिका (डिजिटल सङ)[१९]
 संयुक्त राज्य अमेरिका (बिलबोर्ड)[२०]
 फ्रान्स (फ्रान्स रेकर्डिङ सङ्घ)[१६]८५
 हङ्गेरी (सिङ्गल टप ४०)[२१]१६
 न्युजिल्यान्ड (रेकर्डिङ म्युजिक एनजेट)[२२]
 संयुक्त अधिराज्य (युके एकल चार्ट)[२३]३९

सार्वजनिक इतिहास

देशमितीढाँचालेबल
 संयुक्त राज्य अमेरिका२० अक्टोबर २०१४डिजिटल डाउनलोडबिग मेसिन

प्रमाणपत्र

देशप्रमाणपत्रकम्पनी
 संयुक्त राज्य अमेरिका (आरआइएए)प्लेटिनम [२४]१,०००,०००

सन्दर्भ सामग्री

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड