व्यवस्थापिका

व्यवस्थापिका (Legislature) भनेको देश, राष्ट्र वा सहर जस्ता राजनीतिक निकायका लागि कानून बनाउने अधिकार भएको सभा हो। व्यवस्थापिका प्रायः सरकारको कार्यपालिकान्यायपालिका जस्ता अंग भन्दा फरक र भिन्न हुन्छ।

संयुक्त राज्य अमेरिकाको व्यवस्थापिका क्यापिटोल भवन वासिंटन डिसी

व्यवस्थापिकाले बनाएका कानुनहरूलाई सामान्यतया प्राथमिक कानून भनिन्छ। थप रूपमा, व्यवस्थापिकाले बजेटमा संशोधन गर्ने अधिकारसहित, शासनको कार्य अवलोकन र नियन्त्रण गर्ने अधिकार राख्छ।

व्यवस्थापिकाका सदस्यहरूलाई विधायक वा सांसद वा सभासद भनिन्छ। प्रजातन्त्रमा, विधायकहरू प्रायः लोकप्रिय रूपमा निर्वाचित हुन्छन्, यद्यपि अप्रत्यक्ष निर्वाचन र कार्यपालिकाद्वारा नियुक्ति पनि प्रयोग गरिन्छ। विशेष गरी माथिल्लो सदन रहेको द्विसदनीय व्यवस्थापिकाको लागि अप्रत्यक्ष निर्वाचन र कार्यपालिकाद्वारा नियुक्ति बाट सांसदहरू छानिन्छन्।

नाम

केही प्रचलित नामहरू:

नामभाषामूल शब्दनेपाली रुपान्तरण
एसेम्ब्लीफ्रेन्चasembleeजम्मा हुनु
कंग्रेसफ्रेन्चcongressum
पार्लियामेन्टफ्रेन्चparlementबोल्नु
काउन्सिलल्याटिनconcilium
सोभियत
निसेटהַכְּנֶסֶתबैठक
डाइटdíaitaछलफल निर्णय
संसदसंकृत
मज्लिसअरबीالمجلسबैठक कोठा
डुमारुसीдумаबिचार

कार्य

प्रजातान्त्रिक व्यवस्थापिकाका छ वटा प्रमुख कार्यहरू हुन्छन्: प्रतिनिधित्व, विचार विमर्श, कानून निर्माण, खर्चलाई अधिकार दिने, सरकार बनाउने, र निरीक्षण गर्ने।[१]

प्रतिनिधित्व

विचार विमर्श

कानून निर्माण

व्यवस्थापिका भनेको देश, राष्ट्र वा सहर जस्ता राजनीतिक निकायका लागि कानून बनाउने अधिकार भएको सभा हो।

खर्चलाई अधिकार दिने,

खर्चलाई अधिकार दिने शक्तिको उत्पत्ति विधायिकाहरूसँग सामान्यतया सरकारी बजेटहरू पारित वा अस्वीकार गर्नेमा हुन्छ।[२] यो शक्ति वास्तवमा प्रभावकारी हुनको लागि, विधायिकाले बजेट परिमार्जन गर्न सक्षम हुनुपर्दछ, प्रभावकारी समिति प्रणाली, विचारको लागि पर्याप्त समय, साथै प्रासंगिक पृष्ठभूमि जानकारीमा पहुँच हुनुपर्दछ।[२]

सरकार निर्माण

सरकारको निरीक्षण

आकार

चीनको व्यवस्थापिका राष्ट्रिय जन कांग्रेस

देश अनुसार व्यवस्थापिकाहरू तिनीहरूको आकारमा व्यापक रूपमा भिन्न हुन्छन्। राष्ट्रिय विधायिकाहरू मध्ये, चीनको राष्ट्रिय जन कांग्रेस २,९८० सदस्यहरू सहित सबैभन्दा ठूलो छ,[३] जबकि भ्याटिकन सिटीको पोन्टिफिकल कमिसन ७ सहित सबैभन्दा सानो व्यवस्थापिका हो ।[४] यी दुवै व्यवस्थापिकामा लोकतान्त्रिक रूपमा निर्वाचित हुँदैन: पोन्टिफिकल कमिसनका सदस्यहरू पोपद्वारा नियुक्त हुन्छन् र राष्ट्रिय जन कांग्रेस एक दलीय राज्यको सन्दर्भ मा अप्रत्यक्ष रूपमा निर्वाचित हुन्छन्। ।[३][५]

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड