षडानन्द नगरपालिका

षडानन्द नगरपालिका नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलमा पर्ने भोजपुर जिल्लामा अवस्थित एक नगरपालिका हो जुन नेपालका प्रसिद्ध समाजसेवी, आबाल ब्रह्मचारी साधु र शिक्षाप्रेमी व्यक्ति बाला गुरु षडानन्दको नामबाट नगरपालिकाको नामाकरण गरिएको छ।[२][३]

षडानन्द नगरपालिका
देश नेपाल
विकास क्षेत्रपूर्वाञ्चल
अञ्चलकोशी अञ्चल
जिल्लाभोजपुर जिल्ला
स्थापनामंसिर २०७१
सरकार
 • मेयरवीरवल राई
 • उप मेयरमेरिका राई
क्षेत्रफल
 • जम्मा१०१.५ किमी (३९.२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१३,२७२
 • घनत्व१३०/किमी (३४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२९
वेबसाइटwww.shadanandamun.gov.np

जनसङ्ख्या

षडानन्द नगरपालिका मुलपानी, केउरेनीपानी, तुंगेछा, किमालुङखार्तम्छा गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार मुलपानी, केउरेनीपानी, तुंगेछा, किमालुङखार्तम्छा गाविसहरूको जनसङ्ख्यालाई जोड्दा षडानन्द नगरपालिकाको कूल जनसङ्ख्या १३,२७२ हुन्छ।[१]

परिचय

स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा भोजपुर जिल्लामा मुलपानी गाविससहित आसपासका केउरेनीपानी, तुंगेछा, किमालुङखार्तम्छा गाउँ विकास समितिहरू लाई समेटेर षडानन्द नगरपालिका घोषणा गरिएको हो।[३][४][५] षडानन्द नगरपालिकाको केन्द्रभने दिङ्ला बजार रहको छ।[२][६] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[५]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस


🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड