सअद लिमुजर्रद

सअद लिमुजर्रद (अरबी: سعد لمجرد‎) (जन्म: ७ अप्रिल १९८५), मोरक्कोका गायक, नर्तक, अभिनेता, गीतकार तथा सङ्गीतकार हुन्।[२]उनी मोरक्को पप सङ्गीतका निर्माता पनि हुन्। उनी मोरक्कोका प्रख्यात गायक अल बशिर अबदु र अभिनेत्री र गायिका निजह् अल रुकराकीका सन्तान हुन्। अति लोकप्रिय मोरक्केली भाषी अरबी गीतहरू गायका कारण उनी प्रख्यात बनेका थिए।[३]

सअद लिमुजर्रद (سعد لمجرد)
वास्तविक नामसअद अल-बशीर लिमुजर्रद (سعد البشير لمجرد)[१]
जन्म (1985-04-07) ७ अप्रिल १९८५ (उमेर ३९)
रबात,  मोरक्को,
विधा
  • अरबी पप
  • मोरक्को पप
पेशागायक-गीतकार
वाद्ययन्त्रस्वर, फियानो, ड्रम
सक्रिय वर्षसन् २००७–हाल

लिमुजर्रदको साङ्गीतिक कार्यकाल सन् २००७ मा, अरबी भाषाको गायन प्रतियोगिता सुबर सतारमा भाग लिएको देखि सुरु भएको थियो भने उक्त चौथो संस्करणको प्रतियोगितामा उनी उप विजेता बनेका थिए र प्रतियोगिताको विजेता मरवान अली बनेका थिए।[४] प्रतियोगिता पश्चात् उनी दुई वर्ष सम्म साङ्गीतिक क्षेत्रमा देखा परेका थिएनन् र उनी उनले सन् २००० मा, पहिलो गीत वाअदिनी (واعديني) जारी गरेका थिए जसले गर्दा उनको चर्चा चुलिएको थियो।[५] वाअदिनीको साङ्गीतिक श्रव्य दृश्यमा पनि उनी देखा परेका थिए। सन् २०१२ मा, उनले गीत "सालिनह्" जारी गरेका थिए जसमा उक्त गीतमा मोरक्को भाषी अरबी शब्द रहेको थियो। यो अन्तर्राष्ट्रिय शैलीमा रचिएको थियो भने यसमा खाडी पप सङ्गीतको प्रभाव परेको थियो। त्यसपछि उनले लोकप्रिय मानिएको गीत र गिती सङ्गालो माल हाबिबि मालु जारी गरेका थिए जसले युट्युबमा करोडौँको अवलोकन प्राप्त गरेको थियो।[६]

उनले पछि सन् २०१४ मा, जारी गरेको गीत "इन्ती" (أنتي) विभिन्न अरबी देशहरूमा शीर्ष स्थानमा पुगेको थियो भने जारी गरिएको जम्मा ८ हप्ताम‌ै यसले १.५ करोड अवलोकन प्राप्त गरेको थियो।[७][८] सन् २०१५ मा, उनले जारी गरेको अर्को साङ्गीतिक श्रव्य दृश्य र गीत मआमह् निकै लोकप्रिय बनेको थियो जसले जम्मा ३० दिनमै ३ करोड अवलोकन प्राप्त गरेको थियो र यस गीतले यो सफलता प्राप्त गर्ने पहिलो गीत बनेको थियो।[९] उनले २ मे २०१५ मा, जारी गरेको गीत लम्अल्लिमले किर्तिमानी कायम गर्न सफल भएको छ। यसले सन् २०२० सम्म ८० करोड भन्दा बढी अवलोकन प्राप्त गरेको छ जसले गर्दा यसले युट्युबमा सर्वाधिक हेरिएको गीत बनेको छ। उक्त सफलता प्राप्त गरेको विश्व किर्तिमानको गिनिज पुस्तकमा सूचीकृत छ।[१०] यसका साथ‌ै गीतले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गरिसकेको छ। उनका लगभग सबै गीत लोकप्रिय छन्। उनको गीत "लित घु" (ليث غو)ले पनि किर्तिमानी कायम गर्दै जारी गरिएको १ घण्टा भित्रमा ५० लाख अवलोकन प्राप्त गरेको थियो भने सार्वजनिकको पहिलो हप्तामै २ करोड ४० लाख अवलोकन प्राप्त गरेको थियो।[११]

उनले छोटो वर्षमै सफलता प्राप्त गरेका थिए भने उनले थुप्रै पुरस्कारका लागि मनोनयन भइसकेका छन् र विभिन्न पुरस्कार पनि थापिसकेका छन्।[१२] उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् जसमा मोरक्को सङ्गीत पुरस्कार, दियर घिस्त, अरब सङ्गीत पुरस्कार, अल मुरिक्स दुर आदि समावेश छ।[१३] २१ अगस्ट २०१५ मा, मोरक्कोको राजा महम्मद छैटौँ को जन्मको ५३ औँ वार्षिकोत्सवको अवसरमा उनका बुवालाई राष्ट्रिय पुरस्कारद्वारा सम्मानित गरिएको थियो। उनले जयनको विभिन्न प्रबर्द्धन गीतहरूमा पनि अभिनय गरेका छन्।[१४]

सन् १०१७ मा, अरबी साङ्गीतिक क्षेत्रका गायकको रूपमा उनका प्रस्तुति घालाताना, इन्ति, माल हाबिबि मलु, लित घु, लमअल्लिम (لمعلم) लगायतका गीतहरूबाट उनले श्रव्य दृश्य साझेदारी सेवा युट्युबमा दुई अर्ब भन्दा बढी अवलोकन प्राप्त गरिसेका छन् र सो सफलता प्राप्त गर्ने उनी पहिलो गायक हुन्।[१५] यद्यपि, सअद लिमुजर्रदको व्यक्तिगत जीवनका पक्षहरूले यौन उत्पीडन, बलात्कार, लागूपदार्थ र मदिरा दुरुपयोगको आरोप लगायतका धेरै अफवाह तथा विवादहरू उत्पन्न गरेको छ।[१६][१७]

बाल्यकाल

सअद लिमुजर्रदको जन्म ७ अप्रिल १९८५ मा, राजधानी रबातमा भएको थियो।[१८]، अल बशिर अबदु र अभिनेत्री तथा गायिका निजह् अल रुकराकीका सन्तानको रूपमा उनको जन्म भएको थियो भने उनलाई उनको परिवारले साङ्गीतिक क्षेत्रमा पाइला राख्न सहयोग गरेका थिए।[१९][२०] उनका बुवा कला दृश्यमा सबैभन्दा महत्त्वपूर्ण दोस्रो पुस्ताको गायक मानिन्छन्। उनी दुई वर्ष सम्म पर्यटन क्षेत्रमा काम गर्नका लागि लन्डनमा बसेका थिए। बाल्यकालमै उनले गाउन र पियानो बजाउन सिकेका थिए भने उनकी आमाले उनलाई सहयोग गर्दथिन्।[२१] उनका बुबाले उनलाई पहिलो पटक एक दूरसञ्चार अन्तर्वार्ता कार्यक्रममा लिएर गएका थिए भने सो अन्तर्वार्ता मोरक्कोको पहिलो दूरदरेशन च्यानलबाट प्रस्तुत गरिएको थियो। सो सत्रमा उनलाई गीत गाउन लगाइएको थियो र उनले अमर दयिबका लागि गीत गायका थिए जसले गर्दा उनले उपस्थितिहरूको मन जितेका थिए।[२२] सोही कार्यक्रमबाट उनको बुबाले उनको प्रतिभा बुझ्दै गायन क्षेत्रमा अघि बढ्न हौसला दिएका थिए। उनका बुबाले उनलाई प्रविधिक र लय सम्बन्धित कुराहरू सिकाएका थिए। [२३] उनले पहिलो पटक, रबातको नृत्य र सङ्गीत कला मन्दिरमा प्रस्तुति दिन आफ्ना बुबासँग पुगेका थिए र उनले विभिन्न स्थानीय कार्यक्रमहरूमा प्रस्तुति दिएका थिए।

साङ्गीतिक कार्यकाल

सुरुवात

सअद आफ्नो पढाई पुरा गर्नका लागि संयुक्त राज्य अमेरिका गएका थिए जहाँ उनी न्युयोर्क सहरमा १० वर्ष बसेका थिए।[२४]तथापि, उनको उद्देश तथा सोक भनेको गायक बन्ने थियो र सन् २००७ मा, उनले चौथो संस्करणको सुबर सतारमा सहभागिता जनाएका थिए जसमा उनी उपविजेता बनेका थिए। प्रतियोगिताको अवधिमा उनलाई उत्कृष्ट मानिएको थियो।[१]

प्रतियोगिताका निर्णायकले उनलाई उक्त प्रतियोगिता पश्चात्, उनको साङ्गीतिक कार्यकाल अगाडि बढाउने अभिप्रायका साथ उनलाई भेट्न पुगेका थिए।[२५] उक्त भेट्घाटको दुई वर्ष सम्म उनी निष्क्रिय रूपमा रहेकम थिए र पछि उनले सन् २००९ मा, अन्ततः आफ्नै मौलिक उत्पादन गर्ने निर्णय गरेका थिए र उनको पहिलो श्रव्य दृश्य र गीत वाअदिनी जारी गरेका थिए जसलाई क्यालिफोर्नियामा छायाङ्कन गरिएको थियो।[२६] गीतलाई मोरक्कोमा खुव रूचाइएको थियो र युवा वर्गमा खास गरी यो लोकप्रिय भएको थियो। सन् २०१२ मा, सअदल सलिना नामक गीत जारी गरेका जसलाई जलाल अल हमदावीले लेखेका थिए। गीतको सफलता पश्चात्, उनी सम्पूर्ण खाडी देशहरूमा लोकप्रिय बनेका थिए। [२७]

त्यस पछि, उसले सन् २०१३ मा गिती सङ्गालो (वला अलिक) जारी गरेका थिए जसले ठूलो सफलता हासिल गरेको थियो र यसले नेत्रृत्व एकल गीत माली हाबिबि मालुको उत्पादन गरेको थियो जुन पछि श्रव्य दृश्यको रूपमा सर्वाधिक धेरै अभिभारण गरिएको थियो र यसलाई युट्युबलाई ६ करोड भन्दा बढी पटक अवलोकन गरिएको थियो।[२८]

सुरुवाती लोकप्रियता

एक युवा मोरक्केली गायक सअदले १ जनवरी २०१४ मा, गीत "इन्ती" (أنتي) जारी गर्दै लोकप्रिय बनेका थिए[२९] भने जसले युट्युबमा सार्वजनिक गरिएको ३ दिनमै १० लाख अवलोकन प्राप्त गरेको थियो[३०] भने उक्त सफलता प्राप्त गर्ने उनी पहिलो अरबी गायक पनि हुन्।[३१] उनको उक्त गीतलाई विभिन्न खाडी देशहरूमा छट्टाछुट्टै संस्करणमा जारी गरिएको थियो जसलाई खुब रूचाइएको थियो।[३२][३३] उनले उक्त गीतको विभिन्न थप संस्करण पनि सार्वजनिक गरेका थिए।[३४] केही सामाजिक सञ्जालहरूमा मानिसहरूले विभिन्न मोरक्केली सङ्गीतका किसिमहरू अन्तर्गत यस गीतलाई पुनर्गायन गरेका थिए[३५] भने यसलाई स्पेनी, जर्मनेली, चिनियाँ र यमनी संस्करणमा जारी गरिएको थियो।[३६]गीतलाई इरानी[३७] र अफघानी मानिसहरूले स्वागत गरेका थिए[३८] र यसलाई विभिन्न स्थानीय संस्करणहरूमा पनि जारी गरिएको थियो।[३९] उनले सोही गीतको तर्फबाट प्रतिष्ठित पुरस्कार अल मुरिक्स दुर प्राप्त गरेका थिए।[४०] सन् २०१५ मा, उनले डिजे फानसँग सहकार्य गर्दै यसको अफ्रिकी संस्करण पनि जारी गरेका थिए।[४१]

लम्अल्लिम र थप सफलता

२ मे २०१५ मा, उनले जमाल अल हमदावीको गीत, सङ्गीत र वितरणबाट लम्अल्लिम (لمعلم) नामक गीत सार्वजनिक गरेका थिए[४२] जसलाई र अमिर अल रवानीले निर्देशन गरेका थिए।[४३] गीत अरबी भाषी देशहरूमा लोकप्रिय बन्दै सार्वजनिक गरिएको २४ घण्टा मै १,५९,५२९ भन्दा धेरै पटक अवलोकन गरिएको थियो।[४४] गीत अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सङ्गीत प्रवाह अनुप्रयोगहरूमा जस्त‌ै अनघामी र आइट्युन्समा पनि सबैभन्दा धेरै पटक बजाइएको थियो।[४५]

जारी गरिएको दुई हप्ता भन्दा कम अवधिम‌ै, गीत २ करोड २२ लाख भन्दा धेरै पटक हेरिएको थियो जसले गर्दा सअद विश्व किर्तिमानको गिनीज पुस्तकमा सूचीकृत भएका थिए।[४६] यस भन्दा अगाडि अर्का गायक हुसयन अल जसमीले यो सफलता प्राप्त गर्दै किर्तिमनी कायम गरेका थिए भने उनी उक्त सफलता हासिल गर्ने दोस्रो कलाकार थिए।[४६] जारी गरिएको एक महिनामै गीतले ४ करोड अवलोकन प्राप्त गरेको थियो भने गीतले तीन महिनामै १० करोड दृश्य प्राप्त गरेको थियो।[४६] गीतलाई उक्त वर्षको सबैभन्दा शक्तिशाली गीतहरू मध्ये राखिएको थियो।[४७] सन् २०१७ मा, जारी गरिएको दुई वर्ष पश्चात्, गीतले ५० करोड अवलोकन प्राप्त गरेको थियो र अर्को गीत माल हाबिबि मालुले २० करोड अवलोकन प्राप्त गरेको थियो। [४८][४९][५०] एक अन्तर्वार्तामा उनले १ गीतलाई अर्ब पटक हेरिने र अत्यन्तै दुर्लभ इतिहास कायम गर्ने विश्वास व्यक्त गरेका थिए।[८] गीतले सबैभन्दा किर्तिमानहरू भङ्ग गर्दै हालसम्म ८० करोड भन्दा बढी पटक अवलोकन गरिएको छ।[५१] हाल यो गीत युट्युबमा सर्वाधिक हेरिएको अरबी भाषाको गीत हो।[५२][५३][५४] उनले गीतको सफलतासँगै विभिन्न पुरस्कारहरू प्राप्त गरेका छन् जसमा मोरक्को सङ्गीत पुरस्कार र दियर घिस्त लगायतका पुरस्कारहरू समावेश छ।[५५][५६]

माशी साहल र घलतानह्

८ जुलाई २०१६ मा, लिमुजर्रदले उनको आफ्नो युट्युब च्यानल "माशी साहल" नामक गीत जारी गरेका थिए जसलाई रूचाइएको थियो।[५७] श्रव्य दृश्यमा उनले आफ्ना समर्थक र शुभचिन्तकहरूको दृश्यहरू पनि समावेश गरी निर्माण गरेका थिए। श्रव्य दृश्यमा उनका बुबा, आमा र फ्रान्सेली मोरक्केली हास्यकलाकार जद अल महलिहलाई पनि समेटेका थिए। त्यसको केही महिना पश्चात् वा २५ अगस्ट २०१६ मा, सअदले "घतलानह्" जारी गरेका थिए जसले पनि सफलता प्राप्त गरेको थियो।[५८] श्रव्य दृश्यले पहिलो हप्तामै १ करोड अवलोकन प्राप्त गरेको थियो भने दुई हप्तामै ३ करोड अवलोकन प्राप्त गरेको थियो। नोभेम्बर २०१७ मा, श्रव्य दृश्यलाई उत्तर अफ्रिकामा अफ्रिकी सङ्गीत पुरस्कारको "उत्कृष्ट साङ्गीतिक श्रव्य दृश्य"को विधामा मनोनीत गरिएको थियो।[५९] सअदले मोरक्केली गायक, गीतकार, वितरक र निर्देशकहरूसँग पनि सम्झौता गरेका थिए। ८ अगस्ट २०१७ मा, उनले राजधानी पेरिसबाट नयाँ गीत "लित घु" जारी गरेका थिए जसमा उनकै शब्द र सङ्गीत रहेको थियो।[६०] जारी गरेको एक घण्टा मै यसले ५० लाख अवलोकन प्राप्त गरेको थियो र २४ घण्टामा ५० लाख अवलोकन प्राप्त गरेको थियो।[६१] विश्व सङ्गीत पुरस्कारले गीतलाई सर्वाधिक सुनिएको गीतको रूपमा सूचीकृत गरेको थियो।[६२] विश्वव्यापी रूपमा यसले जारी गरेको ४८ घण्टामै १ करोड अवलोकन प्राप्त गरेको थियो।[६३]

व्यक्तिगत जीवन

उनको पहिलो विवाह संयुक्त राज्य अमेरिकामा थमिनसँग भएको थियो र उनले सन् २००७ मा, सुबर सतारमा सहभागि हुनु पूर्व सम्बन्ध विच्छेद गरेका थिए।[६४][६५][६६] सअदको बारेमा व्यक्तिगत सम्बन्धको बारेमा विभिन्न अफवाहहरू फैलिएको थियो।[६७] उनको र इटालीयाली मोडल लउरा फ्रिसनसँगको सम्बन्धलाई लिएर व्यापक चर्चा भएको थियो र उनीसँग उनले एक श्रव्य दृश्य अबलानामा पनि संयुक्त रूपमा देखा परेका थिए र पछि, उनीहरू मात्रै एक आत्मीय साथी भएको बताएका थिए।[६८][६९] उनी सतार अकादिमीको १०औँ संस्करणमा देखा परेका थिए[७०] र उनको र मोरक्केली गायिका "इब्तिसाम तस्कात"को सम्बन्ध रहेको भनेर विवरणहरू बाहिर आएका थिए[७१][७२] र सअदसँगको अन्तर्वार्तामा उनीसँगको उनको सम्बन्ध लोकप्रिय हुनु भन्दा अगाडि रहेको र अरूसँग सम्बन्ध रहेको सबै अफवाह भनेर दावी गरेका थिए[७३][७४][७५] र मिस मध्य पूर्व नसरिन तरुकसँग पनि उनको सम्बन्ध नरहेको बताएका थिए।[७६][७७][७८]

यौन उत्पीडनको आरोप र अनुसन्धान

अमेरिका

सअद पटक पटक यौन दुर्ववहारको आरोपमा फसिसकेका छन्।[७९] फेब्रुअरी २०१० मा, उनले अमेरिकामा रहँदा एउटी महिला माथि यौन दुर्ववहार गरेका थिए।[८०] महिलाले उनको विरुद्ध मुद्दा ब्रोक्लिन उच्च अदालतमा दायर गरेकी थिइन्। घटना पश्चात्, उनी केही महिनाको लागि थुनामा रहेका थिए भने उनलाई पछि अज्ञात रकमको साथ धरौटीमा रिहा गरिएको थियो।[८१] पछि, उनले उक्त मुद्दा न्युयोर्कको सर्वोच्च अदालतमा पुग्नु भन्दा पूर्व देश छोडेका थिए।[८२] यदी उनी विरुद्धको मुद्दामा उनी दोषी भएको प्रमाणित भएमा उनलाई २५ वर्ष कारागारमा राखिने र १० लाख जरिवाना लगाइने बताइएको थियो।[८३] उक्त घटना पश्चात्, उनी रबातमा गरिएको एक अन्तर्वार्तामा उनको लोकप्रिय देखेर जलन भएका मानिसहरूले उनी विरुद्ध मुद्दा दायर गरी उनलाई नराम्रोसँग फसाउन खोजेको भन्दै यौन दुर्ववहारलाई सहज तरिकाबाट अस्वीकार गरेका थिए।[८४] पछि, केही वर्ष पश्चात्, महिलाले मुद्दा फिर्ता लिएकी थिइन्।[८५][८६][८७]

फ्रान्स

२६ अक्टोबर २०१६ मा, सअद लिमुजर्रदलाई फ्रान्सेली प्रहरीद्वारा फ्रान्सको राजधानी पेरिसबाट बलात्कारको आरोपमा गिरफ्तार गरिएको थियो।[८८] उनलाई फ्रान्सेली युवती " लउरा प्रिओँ" माथि यौन दुर्ववहार गरेको आरोप लगाइएको थियो।[८९] उनलाई उक्त घटनाको छानबिन अवधि भरि ६ महिना हिरासतमा राखिएको थियो।[९०] प्रकरणको अनुसन्धान अघि बढ्दै गर्दा, अर्की फ्रान्सेली महिलाले फेब्रुअरी २०१६ मा, उनी माथि पुन: यौनजन्य क्रियाकलापको आरोप लगाएकी थिइन् र उक्त घटना उनले सन् २०१५ मा घटाएको दावी गरेकी थिइन्।[९१][९२][९३] सोही वर्षको डिसेम्बरमा, पारिवारिक दवावका कारण महिलाले उक्त मुद्दा फिर्ता लिएकी थिइन्।[९४]

१३ अप्रिल २०१७ मा,सउद लिमुजर्रदलाई रिहा गरिएको थियो र उक्त मुद्दाको फैसला हुनु पर्व फ्रान्स नछोड्ने आदेश जारी गरिएको थियो।[९५] अक्टोबर २०१७ मा, उनका वकिलले उनी निर्दोष भएको प्रमाणित गरिएको बताएका थिए।[९६][९७] ७ मार्च २०१८ मा, उनी मोरक्को फर्किएका थिए र उनको गीत घजालीको प्रचारप्रसारमा जुटेका थिए किनभने उनलाई फ्रान्सेली न्यायलयले उक्त गर्नबाट रोकेको थिएन।[९८]२६ अगस्ट २०१८, मा उनलाई पुन: अर्की महिला माथि यौनजन्य क्रियाकलाप गरेको भन्दै पक्राउ गरिएको थियो।[९९][१००][१०१][१०२] उनलाई १९ अगस्ट २०१८ मा, १,५०,००० युरो सहित रिहा गरिएको थियो [१०३] र उनलाई पुन: ठाउँ नछाड्ने आदेश दिइएको थियो।[१०४][१०५] ३० अगस्ट २०१८ मा, उनका वकिलले उनलाई साथ दिन बन्द गरेका थिए।[१०६][१०७] १८ सेप्टेम्बर २०१८ मा, सअदलाई सर्वोच्च अदालतको आदेशमा कारागार चलान गरिने निर्णय भएको थियो।[१०८] ५ डिसेम्बर २०१८ मा, उनी फ्रान्समै बस्ने आदेशका साथ थुना मुक्त भएका थिए।[१०९][११०][१११]

प्राविधिक मुद्दा

सअदले मोरक्केली सङ्गीत वितरक डिजे फानको विरूद्ध उनको गीत इन्तीमा बेइमानी र धात गरेको भन्दै मुद्दा दायर गरेका थिए[११२][११३] जुन उनको अति लोकप्रिय गीतहरू मध्ये एक थियो। गीतबाट आर्जित रकमको हिनामिना गरेको उनले आरोप लगाएका थिए।[११४][११५] १७ जुन २०१५ मा, जोर्डनका एक उत्पादन र वितरण कम्पनीका मालिक नोमान मन्सुरले अम्मान सहरमा साउद लिमुजर्रदको विरुद्ध आफ्नो योजनाबद्ध सम्झौता अन्तर्गत काम नगरेको भन्दै मुद्दा दायर गरेका थिए [११६][११७] र जसले गर्दा इद उल फित्रको दिनमा दुबै पक्षलाई क्षति पुर्‍याउने भन्दै उनले मुद्दा दायर गरेको खुलासा गरेका थिए।[११८]उनको बौद्धिक सम्पत्तिको अधिकार उल्लङ्घन गरेको र इन्ती नामक उनको गीतलाई आफ्नो उत्पादनका लागि उनीसँग अनुमति लिए बिनानै प्रयोग गरेको आरोपमा उनले मिस्री विज्ञापन कम्पनीको विरुद्ध मुद्दा दायर गरेका थिए।[११९]

गीत चोरीको आरोप

अल्जिरियाली गायक नुरी कुफीले उनलाई उनको गीत इन्तीमा स्वर्गीय अल्जिरियाली गायक महमद अल अनकह्को गीतको धुन प्रयोग गरेको आरोप लगाएका थिए जसलाई उनको बुबा बशिर अबदुले अस्वीकार गरेका थिए।[१२०][१२०][१२१][१२२]

सन् २०१५ मा जारी गरिएको उनको सर्वाधिक लोकप्रिय तथा धेरै हेरिएको गीत "लअ्अल्लिम"लाई पनि गीत चोरीको आरोप लागेको थियो।[१२३] उनी विरुद्ध मोरक्केली गायक महमद यासिनले गीत चोरीको आरोप लगाएका थिए जसलाई सअदका व्यापारीक साझेदार रिदा अल बरादीले अस्वीकार गरेका थिए।[१२४] युवा गायक महमद यासिनले शाथा आकाशवाणीसँगको एक अन्तर्वार्तामा गीत हुबहु चोरी नभई सुधार गरी सार्वजनिक गरिएको बताएका थिए।[१२५] केही अल्जिरियाली समर्थक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको गीत "आना माशी साहल"लाई पनि अल्जिरियाली स्वर्गीय गायक चिब होशनीको गीतको केही अंश चोरी गरेको बताएका थिए[१२६] जसलाई उनले एक कार्यक्रम या अरबमा अस्वीकार गरेका थिए।[१२७][१२८]सङ्गीतकार जलाल अल हमदावी सन् २०११ मा जारी गरिएको अस्ट्रेलियाली अमेरिकी चलचित्र म्याड म्याक्स: फ्युरी रोडबाट "घतातनह्" श्रव्य दृश्य प्रतिलिपि गरेको आरोप लगाइएको थियो।[१२९][१३०] सन् २०१५ मा अष्ट्रेलियाली निर्देशक जर्ज मिलर र अङ्ग्रेजी अभिनेता टम हार्डी अल्जिरियाली कलाकार होशनीको गीत "जया निदिमाना"बाट केही शब्दहरू चोरी गरेको आरोप लगाएका थिए। [१३१]

साङ्गीतिक प्रस्तुतिहरू

गिती सङ्गालो

शीर्षक र विवरणटिप्पणी
वाल अलिक (ولا عليك)
  • प्रकार: गिती सङ्गालो
  • जारी: सन् २०१३

गीतहरू

  • सन् २००९: "वाअदिनी" (واعديني)[१३२]
  • सन् २०११: "सलिना सलिना" (سلينا سلينا)
  • सन् १०१४: "इन्ती" (أنتي)
  • सन् २०१५: "लम्अल्लिम" (لمعلم)
  • सन् २०१६: "अना माशी साहल" (أنا ماشي ساهل)[१३३]
  • सन् २०१६: "घालातनह्" (غلطانة)
  • सन् २०१७: "लित घु" (ليث غو)[१३४][१३५][१३६]
  • सन् २०१८: "घजली" (غزالي)
  • सन् २०१८: "या अल्लाह्" (يا الله)
  • सन् २०१८: "काजाब्लनक" (فيديو كليب حصري)
  • सन् २०१८: "बदक एह्" (بدك ايه)[१३७]
  • सन् २०१९: "निजिबेक" (نجيبك)[१३८]
  • सन् २०१९: "याखलिक लिलि" (يخليك للي)
  • सन् २०१९: "सलाम" (سلام)
  • सन् २०१९: "दाबा तजियान" (دابا تزيان)[१३९]

सहयोगीको रूपमा

  • "अजिज व घाली" (عزيز وغالي) – बाशिर अबदुको साथ[१४०]
  • "साअह् सयदह्" (ساعة سعيدة) – सुफिया मुन्ताशिरको साथ
  • "या इनसान" (يا إنسان) – सलाह् अलकुर्दीको साथ
  • "वइना माह्अक्" (وأنا معاك) – इस्माअ् लमनुरको साथ[१४१]
  • "इनसाय" (إنساي) – महमद रमदानको साथ
  • "आसिफ हबिबि" (آسف حبيبي) – फनायरको साथ

पुरस्कार र मनोनयनहरू

वर्षपुरस्कारश्रेष्ठमनोनयन(हरू)नतिजा
सन् २०१४एमटिभी युरोप सङ्गीत पुरस्कारउत्कृष्ट गीत [१४२]इन्तीमनोनित
सन् २०१४ मोरक्को सङ्गीत पुरस्कारउत्कृष्ट गीत[१४३]इन्तीविजयी
सन् २०१५अल मुरिक्स दुरउत्कृष्ट अरबी गीतइन्तीविजयी
सन् २०१५"विश्व किर्तिमानको गिनिज पुरस्कारमा सूचीकृत"युट्युबमा सर्वाधिक हेरिएको अरबी भाषाको गीत[१४४]लम्अल्लिमविजयी
सन् २०१५दियर घिस्त पुरस्कारउत्कृष्ट गीतलम्अलल्लिमविजयी
सन् २०१६अल मुरिक्स दुरउत्कृष्ट पुरुष गायकसअद लिमुजर्रदमनोनित
सन् २०१६बिग एप्पल सङ्गीत पुरस्कारपुरुष गायक[१४५]सअद लिमुजर्रदमनोनित
सन् २०१६एमटिभी अफ्रिका सङ्गीत पुरस्कारश्रोतहरूको छनोटसअद लिमुजर्रदमनोनित
सन् २०१७अनघामी१० करोड भन्दा बढी बजाइएकोसअद लिमुजर्रदविजयी
सन् २०१७अरब राष्ट्र सङ्गीत पुरस्कार उत्कृष्ट मोरक्कोको गीतघालातनह्विजयी
सन् २०१७अरब राष्ट्र सङ्गीत पुरस्कार युट्युबमा उत्कृष्ट श्रव्य दृश्यअना माशी साहलविजयी
सन् २०१७अरब राष्ट्र सङ्गीत पुरस्कार उत्कृष्ट अरबी गीतघालातनह्विजयी
सन् २०१७अरब राष्ट्र सङ्गीत पुरस्कारउत्कृष्ट अरबी गीतघालातनह्विजयी
सन् २०१७अल मुरिक्स दुरद पिपुल च्वाइस पुरस्कारसअद लिमुजर्रदविजयी
सन् २०१७दाफ बामा सङ्गीत पुरस्कारउत्कृष्ट गीतलित घुविजयी}[१४६]
सन् २०१७हापा सङ्गीत पुरस्कारउत्कृष्ट अफ्रिकी कलाकारसअद लिमुजर्रद[१४७]मनोनित
सन् २०१७मोरक्को सङ्गीत पुरस्कारउत्कृष्ट श्रव्य दृश्यलित घुविजयी[१४८]
सन् २०१८अफ्रिका सङ्गीत पुरस्कारउत्कृष्ट पुरुष कलाकारसअद लिमुजर्रद[१४९]मनोनित
सन् २०१८अरब राष्ट्र सङ्गीत पुरस्कारउत्तर अफ्रिकाको सर्वोत्कृष्ट गायक[१५०]लित घुविजयी

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड