सलोनी असवानी

सलोनी असवानी एक भारतीय चलचित्र अभिनेत्रीमोडल हुन् । आफ्नो शिक्षा सकेर, सलोनीले मोडलिङ करियर र अनेकौं टेलिभिजन विज्ञापनमा समेत शामिल हुँदै आफ्नो कदम अगाडी बढाएकी थिईन । सन् २००३ मा हिन्दी चलचित्र "दिल परदेशी हो गया" मा डेब्युट गर्दै उनी अभिनयमा आफ्नो करियरको सुरुवात गर्न तिर लागिन् । तत्पश्चात उनले विभिन्न दक्षिण भारतीय चलचित्रहरुमा अभिनय गर्दागर्दै एउटा उल्लेख्य कमर्सियल सफलता[२][३] त प्राप्त गर्न सकिनन् तर उनले एस.एस. राजमौलीको सन् २०१० मा आएको चलचित्र "मर्यादा रमन्ना" बाट ख्याती प्राप्त गरेकी थिइन् । तत्पश्चात विभिन्न तेलुगु उच्च प्रोडक्सनहरुमा मुख्य भूमिकाहरुमा देखिँदै आइरहेकी छन् ।

सलोनी असवानी
Saloni Aswani
जन्मवन्दानी असवानी[१]
(1977-06-01) १ जुन १९७७ (उमेर ४६)
उल्हासनगर, महाराष्ट्र, भारत
अन्य नामसलोनी
पेशाअभिनेत्री, मोडल
कार्यकाल२००३–वर्तमान
मातापितारेशमा असवान, करमचन्द असवानी[१]

प्रारम्भिक जीवन

असवानीको जन्म भारतको महाराष्ट्र राज्यको उल्हासनगरमा सिन्धी भाषा बोल्ने परिवारमा वन्दनाको रुपमा भएको हो । उनको पिता नार्कोटिक्स (भारतमा रहेको लागूऔषध नियन्त्रण कार्यालय) मा सहायक कमिसनर थिए ।[२] जब उनी लगभग ५ वर्षकी थिइन् त्यतिबेला उनको परिवारको सीजिएस क्वार्टरमा बसोबासका लागि मुम्बईको वडाला स्थानान्तरण भएको थियो ।[४] विद्यालयको पढाइ सकेर, मुम्बईमा अवस्थित न्यु मेराइन लाइन्स/चर्चगेटमा रहेको श्रीमती नाथीबाई दामोदर ठाकरे विश्वविद्यालयमा साइकोलोजी विषयमा उनले ग्रयाजुएट भएकी थिईन ।[२] उनी सधैं अभिनयमा आफ्नो रुची राखेकी थिईन र यस कुरामा उनको आमाले पनि उनलाई समर्थन गरिरहेकी थिइन[३][५][६][७][८] जबकी उनको पिताले उनलाई "कुनै राम्रो आदरार्थी जागिर गर्न" अभिप्रेरित गर्दथे[२]। उनले उनको पितालाई पत्तो नदिईकन आफ्नो एउटा पोर्टफोलियो तयार पारी मोडलिङ एजेन्सीहरुमा पठाएकी थिइन[९][१०]। उनी टेलिभिजनमा प्रशारित विभिन्न विज्ञापनहरु जस्तै:- भ्यासलिन, लाइफबोय, पारासुट तेल, मूभ, चिक शयाम्पू, थ्री रोजेज टी र मीरा साबुनमा नजर आएकी छन्[३]। उनले आफ्नो शिक्षा करियरमा हुँदा, उनी जहिले नि ड्रामा, श्रीदेवी जी को मिमिक्री गर्ने गर्दथे । सलोनीले थिएटर ग्रुप काला सांसदमा पनि भाग लिएकी थिइन ।[२] अनि अशोक कुमार ड्रामाटिक एकेडमी जो कि उनको छोरी प्रिती गाङ्गुलीले चलाउने गर्थी त्यहाँबाट सलोनीले अभिनय गर्न सिकेकी पनि थिइन ।[२][११][१२][१३]

फिल्मोग्राफी

साँचो
यसले चलचित्र रिलिज नभएको इङ्गित गर्दछ
वर्षशीर्षकभूमिकाभाषाटिप्पणीसन्दर्भ सामग्री
२००३दिल परदेशी हो गयारुख्सा खानहिन्दीबलिउड पदार्पण
२००५धना ५१लक्ष्मीतेलुगुटलिउड पदार्पण
ओका ओरिलोललितातेलुगु
२००६चुक्कालो चन्द्राडूशालिनीतेलुगु

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड