सिन्धु घाटीको सभ्यता

दक्षिण एसियाको कांस्य युग सभ्यता

सिन्धघाटी सभ्यताको प्रारम्भ ५००० ई. पू. मा भएको थियो । यस सभ्यताको मुख्य केन्द्र हालको पाकिस्तानको हडप्पा र मोहोनजोदडोमा पर्दछ । यी दुवै ठाउँ एकअर्कोबाट ४०० माइल टाढा रहेका छन् ।

सिन्धघाटी सभ्यताको मुख्य विशेषता भवन निर्माण तथा नहर योजना थियो । यहाँ बनेका घर प्रायः पाकेका इँटाले बनेका हुन्थे । घर बनाउँदा ढुंगाको प्रयोग गरेको पाइँदैन । प्रत्येक घरमा सुत्ने कोठा, बैठक कोठा, भान्सा र स्नानगृह छुट्टाछुट्टै बनेका हुन्थे । नगरका सडकहरु फराकिला थिए । सिन्धघाटीको एउटा स्नानगृह १८०×१०८ फिट चौडा थियो । यसैसँग जोडिएको पौडी खेल्ने पोखरी पनि थियो । मोहन्जोदडोमा खाद्य भण्डार र सभागृह पनि बनेको थियो ।

सिन्धघाटीका मानिसहरु फलफूल, माछामासु, तरकारी र दूध खाने गर्दथे । यिनीहरु नाइटोदेखि मुनि मात्र लुगा लगाउँथे । पुरुषहरु कुममा च्यादर राख्थे । महिलाहरू विभिन्न किसिमका श्रृंगारका साधनहरु प्रयोग गर्दथे । धनीहरु आप्mनो सुख सुविधाका निम्ति दासदासी राख्ने गर्दथे ।

सिन्धवासीहरूको व्यवसाय कृषि, व्यापार र उद्योग थियो । यिनीहरु खेतीपातीका साथै पशुपालन पनि गर्दथे । यिनीहरूलाई घोडाको ज्ञान थिएन । सामानहरु वैलगाडामा ढुवानी गर्दथे । यिनीहरूलाई तामा, काँच, टिन र चाँदीको प्रयोग गर्ने तरीका राम्ररी थाहा थियो । यिनीहरु नापतौल गर्न पनि जान्दथे । यिनीहरु निर्यात गरिने वस्तुमा छाप लगाउँथे ।

सिन्धवासीहरु मातृका र शिवको पूजा गर्दथे । यसबाहेक यिनीहरु सर्प, परेवा, बाख्रा, गोरु, गैडा र गोहीको पूजा गर्दथे ।

सन्दर्भ

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड