सिराहा नगरपालिका

सिराहा नेपालको मधेश प्रदेशमा पर्ने सिराहा जिल्लाको सदरमुकाम[४] तथा एक नगरपालिका हो। सिराहा जिल्लाका तत्कालिन सिराहा, मखनाहा, मानपुर, बसबिट्टा र ठेगहीलाई वि.सं. २०५३ माघ ११ गते मिलाएर सिराहा नगरपालिका घोषणा गरिएको थियो।

सिराहा
नगरपालिका
सदरमुकाम
सिराहा is located in मधेश प्रदेश
सिराहा
सिराहा
नक्सामा सिराहा नगरपालिकाको अवस्थिति
सिराहा is located in नेपाल
सिराहा
सिराहा
सिराहा (नेपाल)
निर्देशाङ्क: २६°३९′१०″उ॰ ८६°१२′२७″पू॰ / २६.६५२७८°N ८६.२०७५०°E / 26.65278; 86.20750 ८६°१२′२७″पू॰ / २६.६५२७८°N ८६.२०७५०°E / 26.65278; 86.20750
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासिराहा जिल्ला
नगरपालिकावि.सं. २०५३ माघ ११[१]
समावेश (गाविस)सिराहा, मखनाहा, मानपुर, बसबिट्टा र ठेगही
सम्मिलित (मिति)वि.सं. २०५३ माघ ११
समावेश (गाविस)लक्ष्मीनिया, सम्हैठा, लगडी गडीयानी, लगडी गोठहक्पारा
सम्मिलित (मिति)वि.सं. २०७३ फाल्गुन २७[२]
सरकार
 • मेयरअशेश्वर प्रसाद यादव
 • उप मेयरडा. नमिता यादव
क्षेत्रफल
 • जम्मा९४.२० किमी (३६.३७ वर्ग माइल)
उन्नतांश
८० मिटर (२६० फिट)
जनसङ्ख्या
 • जम्मा८२५३१
 • घनत्व८८०/किमी (२३००/वर्ग माइल)
 • धर्मावलम्बी
हिन्दू मुस्लिम बौद्ध
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
हुलाक कोड
५६५००
क्षेत्रीय सङ्केत०३३
वेबसाइटsirahamun.gov.np/en

वि.सं. २०७१ मङ्सिर १६ मा नेपाल सरकारको निर्णय र वि.सं. २०७१ पौष २८ गते नेपाल राजपत्रमा प्रकाशित भएअनुसार हनुमाननगर, सारस्वर, मल्हनिया गम्हरिया, खिरौना, सुखचिनामाडर गाविसहरू समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।[५] यसै प्रकार सङ्घीय शासन व्यवस्था लागू भएपछि देशमा स्थानीय तहको गठन भएसँगै वि.सं. २०७३ फागुन २२ गते नेपाल सरकारको निर्णय तथा वि.सं. २०७३ फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार लक्ष्मीनिया, सम्हैठा, लगडी गडीयानी, लगडी गोठहक्पारा गाउँ विकास समितिहरू समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।[२][६][७][८] कुल २२ वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार ८२,५३१ रहेको छ।

नामकरण

एतिहासिक हिसाबले राजा सलहेश ज्यादै आदर्श व्यक्तित्व र सबैलाई सहयोग तथा आश्रय दिने भएकाले भारतबाट यहाँ व्यापार गर्न आउने व्यापारीहरू जङ्गलै जङ्गल भएको यस ठाँउलाई 'सहारा' भन्दा भन्दै अपभ्रंस भएर सिरहा नामकरण भएको हुनसक्ने एउटा किंवदन्ती रहेको छ। यसै प्रकार अर्को एक किंवदन्ती अनुसार यस ठाँउमा जङ्गल भएको र स्थानीय भाषामा रुखका जरालाई शिर भनिने हुँदा जरै जरा भएको ठाँउलाई 'शिर' (मैथिली भाषामा शिरा) भन्दाभन्दै अपभ्रंश भएर सिरहा नाम रह्न गएको एक भनाई रहेको छ।[९][१०]

जनसङ्ख्या

नेपालको वि.सं. २०६८ को जनगणना अनुसार सिराहा नगरपालिकाको जनसङ्ख्या ८२,५३१ रहेको छ।[३]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड