सुडेनी

सुडेनी र मिडवाईफ जसलाई नेपालीमा प्रसूतिकर्मी भनिन्छ यी दुई फरक प्रसूति सेवा प्रदायक हुन् | सुडेनी महिला हुन्छ जो संग प्रसव प्रणाली, महिला यौन र प्रजनन स्वास्थ्य, परिवार नियोजन, महिनावरी र नवजात शिशु स्याहार, गर्भावस्था सम्बन्धी विशेष ज्ञान र दक्षता हुन्न, तर व्यवहारिक सिप हुन्छ । मिडवाईफ महिला र पुरुष दुवै हुन्छ र उनीहरुले कम्तिमा पनि ३ वर्षको औपचारिक मिडवाईफ्री विद्यामा शिक्षा हासिल गरेका हुन्छन अन्तर्राष्ट्रिय मिडवाईफहरुको संघद्वारा निर्धारण गरेको मापदण्ड अनुसार [१] | मिडवाईफसंग प्रसव प्रणाली, महिला यौन र प्रजनन स्वास्थ्य, परिवार नियोजन, महिनावरी र नवजात शिशु स्याहार, गर्भावस्था सम्बन्धी विशेष ज्ञान र सिप दुवै हुन्छ | यसको साथै उनीहरूले गर्भधारण, गर्भपतन, पाठेघर खस्ने समस्या,पाठेघर र प्रजननद्वार संक्रमण, एचआईभी, पाठेघर खस्ने समस्या, नवजात शिशुको हेर विचार, किशोर किशोरीहरूको स्वास्थ्य, मातृ स्वास्थ्य, वृद्धवद्धाको हेरचाह जस्ता विषयहरुमा पनि दखल राख्दछन् ।

नेपालमा प्रसूतिकर्मी

गर्भावस्थामा महिलाको स्वास्थ्यमा हुनसक्ने जोखिम र प्रसुतिका समयमा हुनसक्ने मातृ र शिशु मृत्यु रोक्न विशेष योगदान गर्ने सेवा भएकाले प्रसूति सेवा निकै लोकप्रिय छ । १५ वर्षसम्म नेपाल सरकारले सुडेनी कार्यक्रम संचालन गरी हटाईएको छ। सुडेनीहरूले गर्दै आएको कामको जिम्मेवारी पूर्ण रुपमा औपचारिक तालिम तथा शिक्षा हासिल गरेका अनमी र स्टाफ नर्सहरुले प्रदान गर्दै आई रहेका छन् | त्यस्तै गरी स्नातकमा कम्तिमा तीन वर्षे मिडवाईफ्री विद्याको शैक्षिक कार्यक्रम सन् २०१६ देखि शुरवात गरेसंगै सो शैक्षिक कार्यक्रम पूरा गरेका प्रसूतिकर्मीहरूले प्रदान गर्दै आई रहेका छन् ।[२][३]

अन्तर्राष्ट्रिय मिडवाईफ दिवस

मातृ शिशु स्वास्थ्यको क्षेत्रमा क्रियाशील प्रसूतिकर्मीको कामप्रति सम्मान व्यक्त गर्दै उनीहरूको कामको महत्त्वप्रति जनचेतना जगाउन अन्तर्राष्ट्रिय मिडवाईफहरुको संघको आव्हानमा सन् १९९२ देखि हरेक वर्ष मे ५ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड