सुर्खेत जिल्ला

सुर्खेत नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। यस जिल्ला कर्णाली प्रदेशको प्रादेशिक राजधानी समेत रहने निर्णय कर्णाली प्रदेशको मन्त्रीस्तरीय निर्णयले स्वीकृत गरेको छ। बाह्र बण्डाल १८ खण्डालको नामले परीचित यो क्षेत्रको नाम सुर्खेत हुनु पहिले दोभानचौरका रूपमा परिचित थियो। २०२० को दशकमा यस जिल्लाको सदरमुकाम सुर्खेतको तत्कालिन गोठीकाठाबाट सुर्खेतको वीरेन्द्रनगर कायम भएको थियो।

सुर्खेत जिल्ला
बुलबुले ताल
कर्णाली प्रदेशमा सुर्खेत जिल्लाको (गाढा पहेँलो) स्थान।को अवस्थिति
कर्णाली प्रदेशमा सुर्खेत जिल्लाको (गाढा पहेँलो) स्थान।
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
सदरमुकामवीरेन्द्रनगर
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिल्ला समन्वय समिति, सुर्खेत
क्षेत्रफल
 • जम्मा२,४५१ किमी (९४६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४१७,७७६
 • घनत्व१७०/किमी (४४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
भाषाहरूनेपाली

नामाकरण

  • सुर्खेतको पूर्बी भेगबाट भेरी र पश्चिमबाट कर्णाली नदी बगेर यस क्षेत्रलाई सुरक्षित राखेकाले यसको नाम सुर्खेत रहन गएको भन्ने पाइन्छ।
  • सुर्खेत उपत्यकाको खेतमा सिरु एक प्रकारको झार धेरै पाइने भएकाले सिरु-खेतबाट सुर्खेत नाम रहन गएको भन्ने पाइन्छ।
  • सुर नामका देवताले सुर्खेत उपत्यकाको पानी बाहिर फाली बस्ति बसालेकोले सुर्खेत नाम रहन गएको अनुश्रुति पाइन्छ।

पर्यटकीय क्षेत्र

बराह ताल, चमेरो गुफा, बिजौरा, भेरी नदिकर्णाली नदि, र्याफटीङचौकुखानी, पन्चपुरि: मन्दिर, कोटको थुम्को(सिम्ता [बजेडीचौर]),भोटेचुली(खानीखोला),सिम्ताउपत्यकाकाँक्रेबिहार, बुलबुले ताल आदी।

सहारे को कोट माझखर्क ठाँउ बाइसे चौबिसे राज्य हुँदा राजा बस्ने ठाउँ र त्यही ले गर्दा पन्चायत मा हाल्को गुर्भाकोट र भेरिगङा कोट्माझखर्क पन्चायत नामाकरन गरिएको हो।

देउतिबज्यै सुर्खेतको ऐतिहासिक मन्दिर मध्येको एक हो। बिषेशगरि शिबरात्रीमा यो मन्दिरमा ‍‍‍ठुलो मेला लाग्ने भएपनि दैनिक जसो पुजाआजा गर्नेहरूको निकै घुईचो लाग्ने गर्दछ।

प्रशासनिक विभाजन

जिल्लामा ९ स्थानीय तहहरू छन्, जसमध्ये ५ नगरपालिका र ४ गाउँपालिका छन्।[१]

सुर्खेत जिल्लाका स्थानीय तहहरू
स्थानीय तहवडा सङ्ख्याकेन्द्रजनसङ्ख्या
गुर्भाकोट नगरपालिका१४शुभाघाट४३,७६५
पञ्चपुरी नगरपालिका११बाबियाचौर३२,२३१
भेरीगंगा नगरपालिका१३भेरीगंगा३२,५११
लेकबेसी नगरपालिका१०सातखानी७,११६
वीरेन्द्रनगर नगरपालिका१६वीरेन्द्रनगर१००,४५८
चिङ्गाड गाउँपालिकाअवलचिङ्ग१७,२७५
चौकुने गाउँपालिका१०गुटु२५,२४०
बराहताल गाउँपालिका१०कुनाथरी२६,८०२
सिम्ता गाउँपालिकाराकम२५,८४५

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड