२०२१ साफ च्याम्पियनसिप


२०२१ साफ च्याम्पियनसिप (उरिदू माल्दिभ्स प्रायोजक भएकाले उरिदू साफ च्याम्पियनसिप २०२१ नामले समेत परिचित) [१] साफ च्याम्पियनसिप को १३औँ संस्करण हो। साफ च्याम्पियनसिप दक्षिण एसियाली फुटबल सङ्घद्वारा आयोजित दक्षिण एसियाको द्विवार्षिक अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हो। यस संस्करणको प्रतियोगिता सन् २०२० मा पाकिस्तानद्वारा आयोजना गरिने तय गरिएतापनि बङ्गलादेशमा सन् २०२१ को सेप्टेम्बरमा आयोजना गरिने गरी स्थगित गरिएको थियो। यसपछि पनि कोभिड १९ महामारीको कारण प्रतियोगिता पुनः अक्टोबरसम्म स्थगित गरिएको थियो जसकारण माल्दिभ्स आयोजक राष्ट्र बनेको थियो। [२] [३]

२०२१ साफ च्याम्पियनसिप
प्रतियोगिता विवरण
आयोजक राष्ट्रमाल्दिभ्स
सहरमाले
मिति१–१६ अक्टोबर २०२१
टोलीहरू५(१ उप-सङ्घ हरूबाट)
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेता भारत (8औँ उपाधि)
उप-विजेता नेपाल
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू११
गोल सङ्ख्या२२ (२ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)भारत सुनिल क्षेत्री
(५ गोल)
उत्कृष्ट खेलाडी(हरू)भारत सुनिल क्षेत्री
तथ्याङ्कहरू १ अक्टोबर २०२१ सम्म अद्यावधिक गरिएको छ।

सहभागी राष्ट्रहरू

पाकिस्तान फुटबल सङ्घलाई फिफाले सन् २०२१ को अप्रिलमा प्रतिबन्ध लगाएका कारणले पाकिस्तानले प्रतियोगितामा भाग लिनेे अवसर गुमाएको थियो [४] भने भुटान सरकारले राष्ट्रिय फुटबल टोलीलाई विदेश यात्रा गर्न अनुमति दिन अस्वीकार गरेकाले सहभागि हुन पाएको थिएन। [५] [६] भुटानको फिर्ता पुष्टि २०२१ अगस्ट १८ मा भएको थियो। [७]

देशउपस्थितिअघिल्लो सर्वश्रेष्ठ प्रदर्शनफिफा वरीयता
१६ सेप्टेम्बर २०२१ [८]
 बङ्गलादेश१२औँविजेता (सन् २००३)१८९
 भारत१३ औँविजेता

(सन् १९९३, ११९७, ११९९, २००५, २००९, २०११, २०१५)

१०७
 माल्दिभ्स११औँविजेता (, सन् २०१८)१५८
 नेपाल१३औँतेस्रो स्थान (सन् १९९३)१६८
 श्रीलङ्का१३औँविजेता (सन् १९९५)२०५

स्थान

राजधानी मालेको राष्ट्रिय फुटबल रङ्गशालामा सबै खेलहरू आयोजना गरिनेछ।

माले
राष्ट्रिय फुटबल रङ्गशाला (माल्दिभ्स
क्षमता: ११,८५०[९]

समूह चरण

पाकिस्तानको निलम्बन र भुटानको फिर्ता पछि ढाँचा एकल समूह राउन्ड रोबिनमा परिवर्तन भएको थियो र शीर्ष दुई टोली फाइनल खेल्नेछन्। [१०]

तालिका

स्थितिटोलीखेलजितबराबरहारगोल गरेकोगोल खाएकोगोल अन्तरअङ्कयोग्यता
   नेपाल+२फाइनल मा पुग्ने
 बङ्गलादेश-१
 माल्दिभ्स (आ)+१
 भारत
 श्रीलङ्का− २
अद्यावधिक: सन् २०२१ अक्टोबर १। स्रोत: सकरवे
(आ) आयोजक

खेल

प्रसारण अधिकार

देशप्रसारक [११]
 बङ्गलादेशटि स्पोर्ट
 भारतयुरोस्पोर्ट
 माल्दिभ्सएस टिभी
 नेपालएक्सन स्पोर्ट्स [१२]
 श्रीलङ्काफुटबल श्रीलङ्का टिभी

सन्दर्भ सामग्रीहरू