२०३० को नेपाल विमान अपहरण
२०३० को नेपालको विमान अपहरण ( विराटनगर विमान अपहरण समेत भनिन्छ) नेपालको इतिहासको पहिलो विमान अपहरण थियो। यसको मुख्य नाइके नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला थिए , जो पछि नेपालको प्रधानमन्त्री समेत निर्वाचित भएका थिए (पाँच पाँच पटक)। विमान अपहरणको योजना नेपाल राष्ट्र बैङ्कको विराटनगरबाट काठमाडौँमा ल्याएको पैसा लुट्नु थियो।
विमान अपहरण | |
---|---|
मिति | २०३० जेठ २८ |
सारांश | विमान अपहरण |
स्थल | फारबिसगञ्ज बिहार |
विमान | |
विमानको प्रकार | ट्विन अटर |
सञ्चालक | नेपाल वायुसेवा निगम |
दर्ता नम्बर | 9N-ABB |
विमान उडान | बिराटनगर विमानस्थल, विराटनगर, नेपाल |
गन्तव्य | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँ, नेपाल |
यात्रुहरू | १९ |
मृत्यु | ० |
घाइतेहरू | ० |
जोगिन सफल | १९ |
विमान अपहरणको उद्देश्य नेपालमा प्रजातन्त्रको पुनर्स्थापनाको लागि शसस्त्र क्रान्ति गर्न पैसा सङ्कलन गर्नु थियो। यो शसस्त्र क्रान्ति राजा महेन्द्रको प्रत्यक्ष शासनको निर्दलीय पञ्चायती व्यवस्था विरुद्ध थियो।
विमान
विमान डिएचसी -६ ट्विन अटर विमान (दर्ता: 9N –ABB) थियो। जुन २०२८ मा शाही नेपाल वायुसेवा निगमले खरिद गरेको थियो।[१]
अपहरणकारी
गिरिजाप्रसाद कोइराला यो विमान अपहरणको मुख्य नाइके थिए। उनी नेपालमा प्रजातन्त्र पुनर्स्थापनाको लागि शसस्त्र क्रान्ति गर्न चाहन्थे तर यसको लागि पर्याप्त पैसा थिएन। उनको भेट दुर्गा सुवेदी, अर्का प्रजातन्त्र सेनानीसँग भएको थियो जो भर्खर जेलबाट रिहा भएका थिए। उनले जेलमा जापान एयरलाइन्स फ्लाइट ३५१को अपहरणको बारेमा पढेका थिए जसबाट उनी यसै अनुसारको पैसा सङ्कलनको उपाय थाहा पाएका थिए। [२][३] उनीहरूले विराटनगरको नेपाल राष्ट्र बैङ्कमा काम गर्ने मदन अर्यालबाट बैङ्कले विमानमार्फत विराटनगरबाट पैसा ओसार्दै गरेको सूचना पाएका थिई। नरेन्द्र ढुङ्गेल र बसन्त भट्टराई विमान अपहरणको यो टोलीमा सम्मिलित भएका थिए।[४]
चालक दल र यात्री
विमानमा चालक दलका तीन सदस्य र अभिनेत्री माला सिन्हा सिहित १९ यात्री सवार थिए।[२]
अपहरण
२०३० जेठ २८ मा नेपाल राष्ट्र बैङ्क भारत अररियाबाट विराटनगर हुदै काठमाडौँबाट भारतीय रूपैयाँ ओसार्दै थियो। ८:३० मा नेपाल वायुसेवा निगमको विमान काठमाडौँको लागि उडेको थियो।[५] उडेको तीन मिनेटमा नै अपहरणकरिले विमान आफ्नो नियन्त्रणमा लिएका थिए। उनीहरूले विमानलाई फारबिसगञ्ज, बिहारमा उतार्न लगाएका थिए।[६] मुख्य अपहरणकारीहरू बसन्त भट्टराई, दुर्गा सुबेदी र नगेन्द्र प्रसाद ढुङ्गेल थिए । गिरिजाप्रसाद कोइराला र चक्र बास्तोला पैसा दार्जिलिङ पुर्याउन सक्रिय थिए।[७] भारतीय नागरिक गणेश शर्माले गाडी हाकेका थिए। फारबिसगञ्जमा खटिएका अन्य व्यक्तिहरूमा विनोद अर्याल सुशील कोइराला, मनहरी बराल , राजेन्द्र दाहाल र बिरु लामा थिए।[६] फारबिसगञ्जबाट पैसा दार्जिलिङ पुर्याउन तीन भिन्न भिन्न गाडी प्रयोग भएका थिए।[६]
हतियार
अपहरणमा एउटा इजाजत नभएको अबैध पेस्तोल, दुई ३२-रिभल्बर र एक ३६-ग्रिनेड बम प्रयोग गरिएको थियो।
घटना पश्चात्
अपहरणकारी दार्जिलिङ, बनारस हुदै मुम्बई पुगेका थिए। एक वर्ष भित्रमा नगेन्द्र ढुङ्गेल बाहेक सबै अपहरणकारी भारतमा पक्राउ परेका थिए। सन् १९७५ भारतीय सङ्कटकाल पछि सबै छुटेका थिए।
विवाद
प्रजातन्त्रको लागि खर्चे गर्ने भनिएको पैसा दुरुपयोग भएको जनाइन्छ। विश्वेश्वरप्रसाद कोइरालले समेत पैसा दुरुपयोग भएको शङ्का गरेका थिए।